Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

गोरखा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

आकस्मिकबाहेक सबै सेवा बन्द, स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारबाही गर्न माग

गोरखा । स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार गरिएपछि गोरखा अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले आकस्मिकबाहेक अन्य सेवा बन्द गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अस्पतालमा उपचाररत सुत्केरीको सेवालाई लिएर विवाद उत्पन्न हुँदा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको थियो । विवादमा स्वास्थ्यकर्मीमाथि हातपातसमेत भएको अस्पताल विकास समिति कर्मचारी यूनियन एकाइ कार्यसमितिका अध्यक्ष चिजकुमार श्रेष्ठले बताए ।

त्यही विषयलाई लिएर स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले स्वास्थ्यकर्मीमाथि हातपात तथा दुव्र्यवहार गर्नेलाई कानुनी कारबाही नभएसम्म आकस्मिक बाहेकका अन्य सेवा बहिष्कार गर्ने जनाएका छन् । उनीहरूले आइतबार बिहान काम छोडेर अस्पताल परिसरमा भेला भएर विरोध जनाएका छन् ।

‘अस्पतालको कार्यस्थलमै स्वास्थ्यकर्मीमाथि हातपात र दुव्र्यवहार हुनुले सुरक्षाको चुनौती थपिएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘हातपात तथा दुव्र्यवहार गर्नेलाई कानुनी दायरामा ल्याई दोषीउपर अविलम्ब कारबाही गर्न प्रशासनसँग माग गर्दछौँ ।’

डा. सन्दीप श्रेष्ठले आफूमाथि दुर्व्यवहार भएको बताए । उनले आफूमाथि दुर्व्यवहार भएको भन्दै छानबिनका लागि अस्पताल प्रशासनसँग निवेदन दिएका छन् । भीडभाडमा स्वास्थ्यकर्मीमाथि केही व्यक्तिले हात छाडेको र कसले हो भन्ने यकिन नभएको उनले बताए ।

शनिबार बिहान गोरखा नगरपालिका–३ घलाङकी सुत्केरीलाई भेट्न उनका पति देवेन्द्रजंग कुँवर आएका थिए । उनी पटक–पटक प्रसूति वार्डमा आएपछि त्यसो नगर्न चिकित्सकले सुझाएका थिए । त्यही क्रममा विवाद हुँदा चिकित्सकमाथि हातपात भएको समितिका अध्यक्ष श्रेष्ठले बताए । विवादपछि उनका आफन्तले बाहिरबाट मान्छे बोलाएर कार्यकक्षमै चिकित्सकमाथि हातपात र दुर्व्यवहार भएको उनले बताए ।

देवेन्द्रले भने आफूमाथि अभद्र व्यवहार गरेपछि विवाद भएको बताए । ‘म ढोकाबाहिरबाट हेरिरहेको थिएँ, डाक्टरसाबले घरिघरि यताउता गरेर डिस्टर्ब गर्ने कस्ता–कस्ता किसिमको मानिसहरू आउँछन् छ्या भन्नुभयो,’ देवेन्द्रले भने, ‘मैले सर भित्र जान पाइँदैन भने म जान्नँ, तर हजुरले यसरी भन्ने होइन नि मात्र के भनेको थिएँ, तुरुन्त बिरामी लैजा भनेर डिस्चार्ज पेपर लेख्नुभयो ।’ त्यसपछि विवाद भएको उनको भनाइ छ ।

घटनाको छानबिन गर्नका लागि समिति गठन गरिएको छ । अस्पताल व्यवस्थापन समितिको आइतबार बसेको बैठकले भाइचन्द्र श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending