Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

मस्जिद धार्मिक सहिष्णुता र सद्भावको नमूना : मन्त्री भट्टराई

काठामाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मस्जिद धार्मिक सहिष्णुता र सद्भावको नमूना भएको बताएका छन् । आज घण्टाघरस्थित पञ्च काश्मिरी तकिया निरीक्षण गर्दै उनले धर्मसंस्कृति संरक्षण र संर्वद्धन गर्ने दायित्व सरकारको भएको उल्लेख गरे ।

मन्त्री भट्टराईले मस्जिदका लागि बजेट विनियोजन गरेको जानकारी दिँदै इतिहाससँग अनोन्यास्रित ५०० वर्ष पुरानो पञ्च काश्मिरी तकिया संरक्षण संवद्र्धन गर्ने काम सरकारको भएको बताए ।

मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले मुस्लिम समुदायको उत्थान र विकासका लागि सरकारले रकम विनियोजन गरेपछि मुस्लिम समुदायमा खुशियाली छाएको बताए ।

पुरातत्व विभागमा महानिर्देशक दामोदर गौतमले १५आँै शताब्दीमा निर्माण भएको सो मस्जिद नेपालको पुरानो मस्जिद भएको उल्लेख गर्दै तत्कालीन राजा रत्न मल्लले व्यापारको सिलसिलामा भारतको काश्मिरी मुसलमान नेपाल भित्रिएको र पछि प्रताप मल्लको पालादेखि सो मस्जिद अस्तित्वमा आएको उल्लेख गरे ।

काश्मिरी मस्जिदका अध्यक्ष महमद फाजिलले कसैको पनि सहयोग हालसम्म नलिएको उल्लेख गर्दैै मल्लकालपछि सरकारले दिएको सहयोग पहिलोपटक लिएको बताए । विनियोजित रकमले स्टिलको ढोका हटाएर परम्परागत ढोका निर्माण, रङरोगन र २०६१ सालमा क्षत्बिक्षत भएको संरचना निर्माण गर्ने कार्यक्रम रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: