Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

काठमाडौं महानगरले भन्यो - जोखिम कायमै छ, विद्यालय पुनःसञ्चालन नगर्नुस्

काठमाडौं । कोभिड–१९ महामारीको जोखिम अझै कम नभएको भन्दै कामपाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ । केही दिनअघि विज्ञसँगको छलफलमा कामपाले कम्तीमा पनि यही पुस एक महिना विद्यालय नखोल्न र वैकल्पिक अध्ययन अध्यापनको माध्यमलाई निरन्तरता दिन भनेको छ । काठमाडौँ उपत्यकामा भाइरसको सङ्क्रमण कुन अवस्थामा छ, यकिन छैन अहिले जाडो मौसम छ सामान्य अवस्थामा अहिले विद्यालय बन्द नै रहन्थे । यो मौसम भाइरस फैलिन उपयुक्त भएकाले पनि विद्यालय खोल्न हत्तारिनु हुँदैन छलफलमा विज्ञले सुझाव दिए ।

पछिल्लो समय पाँच हजारको परीक्षण गर्दा कम्तीमा पनि एक हजारमा भाइरस पोजेटिभ देखिएको भन्दै कामपाले तत्काल भौतिक सहभागितामा विद्यालय पुनःसञ्चालन नगरी वैकल्पिक माध्यमलाई नै निरन्तरता दिन सुझाएको हो । महामारी नियन्त्रण आइनसकेको अवस्थामा विद्यालयको शैक्षिक गतिविधि अगाडि बढाउन गत कात्तिक २० गते मन्त्रिस्तरीय निर्णयले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ स्वीकृत गरी स्थानीय तहलाई जिम्मा दिएको थियो ।

यही निर्णयलाई आधार मान्दै सञ्चालनमा आएका केही विद्यालय पनि सङ्क्रमण देखिएपछि पुनः बन्द रहेको भन्दै कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले अहिले कोभिडको डर कम भए पनि सङ्क्रमणको खतरा कम नभएको बताउछन्। काठमाडौँ र ललितपुर र भक्तपुरका केही स्थानमा घनाबस्ती भएकाले जोखिम पनि बढी नै छ । यहाँ सङ्क्रमण हरेक दिन देखिएकै छ, विद्यालय सञ्चालन गरेपछि छात्राबास खोल्ने कुरा आउँछ । विद्यालयका सवारी चलाउने कुरा आउँछ । त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, विद्यालय खोल्न हतार गरेर भोलि थेग्न नसक्ने समस्या निम्त्याउनु हुँदैन । बरु वैकल्पिक शिक्षालाई नै मजबुद बनाउने ढकालले भने । हाल कामपामा ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय रहेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending