Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

चिनियाँ राष्ट्रपति चिनिफिङद्धारा फ्रान्सेली राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना

पेरिस । चिनियाँ राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको समाचारमा जनाइएको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई हालैमात्र कोरोना भाइरस पोजेटिभ देखिएको समाचारमा आएको थियो । बिहीबार मात्र म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । हाल उनी आइसोलेसनमा बसेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई एक सन्देश पठाएर शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । राष्ट्रपति सि चिनफिङले सान्त्वना दिँदै फ्रान्सेली राष्ट्रपतिलाई शुक्रबार नै सो सन्देश पाठाएका बताएको

उनलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि उनी आइसोलेसनमा बस्नुहुने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले बिहीबार जानकारी गराएको थियो । सोही बमोजिम उनी हाल आइसोलेसनमा छन् ।

राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति कोरोना भाइरस पोजेटिभ देखिएको भन्ने समाचारले आफूलाई र चिनियाँ नागरिकलाई नराम्रो लागेको भन्दै चाँडै नै स्वास्थ्यलाभ गर्न कामना गरेको सो सन्देशमा जनाइएको छ ।

साथै राष्ट्रपति चिनफिङले फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र सबै फ्रान्सेली जनतालाई अहिले त्यहाँ बढ्दो मात्रामा देखिएको महामारीका विरुद्धमाा लड्न सक्ने शक्ति प्राप्त होस् भनेर पनि कामना गरेका छन् ।

राष्ट्रपति म्याक्रोँ आगामी मंगलबार र बुधबार लेबनान जाने कार्यक्रम रहेकोमा अब उनी कोरोना पोजेटिभ देखिएपछि सो भ्रमण पनि अहिलेका लागि स्थगित भएको बताइएको छ । राष्ट्रपति म्याक्रोँलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ । तर फ्रान्सका प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको छ ।

यसैबीच राष्ट्रपति म्याक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका फ्रान्सका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बसेका बताइएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि राष्ट्रपति म्याक्रोँको सम्पर्कमा रहेकाले उनलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ ।

यसका साथै केही मन्त्रीहरु र अरु केही उच्च सरकारी अधिकारीहरु पनि राष्ट्रपति म्याक्रोँको निरन्तर सम्पर्कमा रहेकोले उनीहरुलाई पनि आगामी केही दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: