बाङ्गुई । मध्य अफ्रिकी गणतन्त्रमा आइतबार सम्पन्न राष्ट्रपति र संसदको आम निर्वाचनमा व्यापक हिंसात्मक घटना भएको छ । लामो समयदेखि जारी गृहयुद्धको चपेटामा परेको मध्य अफ्रिकामा हिंसात्मक भिडन्तहरुबाट त्रसित ठूलो संख्याका मानिसले मतदान समेत गर्न पाएनन् ।
हालका राष्ट्रपति फस्टिन आचेन्ज टुडेरा अहिलेको निर्वाचनमा समेत अग्रपंक्तिमा रहेका छन् । तर चुनाव हुन एक साता अघिदेखि सत्ता विद्रोह हुने हल्ला चलेको थियो भने चुनावमा परस्पर धाँधलीका आरोप लागेका थिए । यसैबीच, विद्रोहीहरुले देशको चौथो ठूलो शहर केही समय कब्जामा पनि लिएका थिए ।
हिंसात्मक घटना बढ्दै गएपछि संकटमा परेको सरकारलाई मद्दत गर्न रसिया र रुवान्डाले थप सैनिक पठाएका थिए ।
राष्ट्रसंघीय शान्तिसेना र स्थानीय एवं रुवान्डाका सेनाले राजधानीका सडकमा गस्ती गरिरहेका थिए । उनीहरुले मतदान स्थलको सुरक्षाका लागि बख्तरबन्द गाडीको समेत प्रयोग गरेका थिए ।
बाङ्गुईमा मतदान सामग्रीको कमी भएपछि मतदान स्थलहरु ढिला गरी खुलेको एक जना चुनाव अधिकृतले बताए ।
यहाँ राष्ट्रपतिका लागि १६ जना चुनावी मैदानमा छन् । टुडेराका मुख्य प्रतिस्पर्धीका रुपमा पूर्व प्रधानमन्त्री एनिसेट जर्ज डोलोगिले रहनु भएको छ ।
चुनावको परिणाम आगामी जनवरी ४ बाट आंशिक रुपमा प्राप्त हुन थाल्ने र जनवरी १९ मा सम्पूर्ण नतिजा सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ ।
मतदान सम्पन्न भएलगत्तै सरकारका प्रवक्ता आङ्गे माक्सिमे काजागुईले सशस्त्र समूहको धम्कीलाई समेत बेवास्ता गर्दै मतदानमा भाग लिएकामा आम मतदाताप्रति आभार प्रकट गरेका छन् ।
राष्ट्रिय निर्वाचन आयोगका अधिकारी मोमोकोमा थियोफाइलले केही स्थानमा छिटपुट घटना हुनुबाहेक देशैभर चुनावमा मतदाताको उल्लेख्य सहभागिता रहेको जानकारी दिए ।
पहिलो चरणमा कुनै उम्मेदवार बहुमत ल्याउन नसके आगामी फेब्रुअरी १४ मा दोस्रो चरणको मतदान हुनेछ ।
बाङ्गुई बाहेक देशका विभिन्न भागमा विद्रोहीसँग भिडन्तहरु भएका खबर प्राप्त भएका छन् । कतिपय स्थानमा विद्रोहीहरुले स्थानीय मतदातालाई चुनावमा सहभागी नहुन धम्की दिएका थिए ।
चुनाव हुनुअघि १४० स्थानको राष्ट्रिय सभाका लागि उम्मेदवारी दिएका झण्डै १ हजार ५०० उम्मेदवारले सुरक्षा व्यवस्था कमजोर रहेका कारण चुनावी प्रचार गर्न समेत पाएका थिएनन् ।
पूर्व राष्ट्रपति फ्रान्को बोजिजेलाई भने न्यायाधीशले चुनावमा उठ्नबाट रोकेका थिए । फ्रान्कोमाथि राष्ट्रसंघीय प्रतिबन्धहरु रहेका छन् । चुनावमा उठ्न नपाएपछि फ्रान्कोले विद्रोहीको गठबन्धनलाई मद्दत गरेका थिए ।
सरकारले फ्रान्कोको इशारामा सत्ता विद्रोह हुन लागेको भन्दै डिसेम्बरमा एक विज्ञप्ति प्रकाशन गरेको थियो । तर सरकारको उक्त आरोप फ्रान्कोले अस्वीकार गरे पनि ठूलो संख्यामा विद्रोहीहरु राजधानीतर्फ अगाडि बढेका खबर प्राप्त भएका छन् ।
मध्य अफ्रिकी गणतन्त्र खनिज पदार्थका लागि निकै धनी राष्ट्र हो तर स्वतन्त्र भएयता ६० वर्षदेखि यहाँ जारी सशस्त्र विद्रोह र अस्थिरताका कारण गरिबी चरम स्थितिमा छ ।
सन् २०१३ यता भडकिएको गृहयुद्धबाट हजारौं मानिसको ज्यान गइसकेको छ भने करिब ४९ लाख जनसंख्या रहेको यस मुलुकबाट एक चौथाई मानिस अन्यत्र पलायन भएका छन् । झण्डै ६ लाख ७५ हजार मानिस झिमेकी मुलुकहरुमा शरणार्थीका रुपमा बस्न बाध्य छन् र उनीहरु मतदानका लागि योग्य छैनन् ।
पछिल्ला दुई वर्षदेखि रक्तपातमा केही कमी आएको छ तर हिंसात्मक घटना जारी छ । विद्रोही समूहहरुले देशको कूल भूभागको दुई तिहाई भन्दा बढी जमिन कब्जा गरेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: