भजनी । गत साउन १४ गतेको बाढीका कारण लगाएको धानबाली नष्ट भएका कैलालीको भजनीका किसान सामुदायिक छाडा पशु चौपायाले हिउँदेबाली पनि नष्ट गर्न थालेपछि चिन्तामा देखिएका छन् ।
खेतमा लगाएको हिउँदेबाली सामुदायिक छाडा पशु चौपायाले नष्ट गर्न थालेपछि किसान आजित बनेका हुन् । ऋण कर्जा गरेर लगाएका अन्नबाली पशुले खाइदिएपछि आफूहरुको लगानी व्यर्थ गएको किसान रुपेश साउदले बताए । “वर्षात्मा बाढीले धानबाली नष्ट गर्यो । अहिले छाडा पशु चौपायाले”, रुपेशले भने, “कसरी परिवार पाल्ने ? घर खर्च कहाँबाट जोहो गर्ने ?” उनले भजनीमा रहेका छाडा चौपायालाई नगरपालिकाले व्यवस्थापन गर्न नक्दा आफूहरुले धेरै सास्ती खेप्नुपरेको बताउँदै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि लाखौँ रकम वर्षेनी खर्च गर्ने भएपनि किसानलाई भने त्यसको प्रभाव नपरेको बताएका छन् ।
भजनी नगरपालिका किसान प्रभुनाथ पाण्डेले चौपायाले लगाएको अन्नबाली पाक्दासम्म पूरै नष्ट गर्ने गरेको बताएका छन् ।
“हाम्रो समस्यालाई नगरपालिकाले ध्यान दिएको छैन । हामीहरुले बालीनाली उत्पादन गर्न पैसा खर्च गरी खाद मलको व्यवस्थापन गरेका हुन्छौँ”, पाण्डेले भने, “तर चौपायाले सबै लगाएको अन्न तथा तरकारी बाली नष्ट गरिरहेको छन् । हाम्रो समस्याको समाधान जसरी पनि तत्काल नगरपालिकाले गर्नुपर्छ ।” किसान नीरमाया डगौराले आफूहरुले लगाएको बालिनालीको फाइदा त के लगानी पनि नउठ्ने गरी चौपायाले नष्ट गरेको बताएका छन् ।
“हामीे वर्षभरी श्रम खर्च गरी खेतबारीमा मेहेनत गरी उत्पादन गर्छौं । तर चौपायाले गर्दा हामीले गरेको श्रम खेर जाने गरेको छ”, निरमायाले भने, “नगरपालिका छिटोभन्दा छिटो हामी किसानको समस्यालाई समाधान गर्नुपर्छ ।”
उनले किसानकै कारण सामुदायिक छाडा पशु चौपाया बढ्दै गएको बताएका छन् । कृषिमा भएको आधुनिकीकरणले किसान आफैँले पालेका चौपाया छाडा छाड्ने गरेका छन् ।” निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने, “नगरपालिकाको अहिलेसम्म सामुदायिक छाडा पशुचौपाया व्यवस्थापनमै ५० लाखभन्दा बढी खर्च भइसकेको छ । यो समस्या नगरपालिका एक्लैले समाधान गर्न सम्भव देखिएको छैन ।”
गौशालाको दीर्घकालीन व्यवस्थापन गर्नसके त्यसले किसानलाई धेरै राहत पुग्ने सामुदायिक पशु चौपाया व्यवस्थापन समिति जानकी गाउँपालिकाका सचिव अविलाल सलामीमगरले बताए । उनले सामुदायिक वनभित्र अहिले पनि दुई हजारभन्दा बढी सामुदायिक छाडा पशु चौपाया रहेको बताउँदै गौशालामा करीब ३०० चौपाया व्यवस्थापन गरिएको बताए । “स्थानीय गाउँमा देखिने छाडा चौपाया गौशालामा लिएर आउँछन् । त्यसलाई हामीले यहाँ व्यवस्थापन गर्ने गरेका छौँ”, सचिव सलामीमगरले भने, “गाउँपालिकाले चौपाया व्यवस्थापनका लागि राम्रो सहयोग गरेको छ जसका कारण अहिले किसानले चौपायाको सास्तीबाट केही छुटकारा पाएका छन् ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: