Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग

खबरडबली संवाददाता

कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग गरेका छन् । यसको लागि स्थानीयले दुई दिनदेखि सडकमा सवारी साधन गुडाउन अवरोध समेत गरेका छन् । 

निर्माण व्यवसायीले सडक कालोपत्रको काम लामो समयदेखि अगाडि नबढाएपछि सवारीका कारण उड्ने धुलो स्थानीय बासिन्दा समस्यामा परेका छन् । “सडक कालोपत्र अगाडि बढाउनुपर्‍यो, त्यो तत्काल हुन नसके सडकमा उड्ने धुलो रोक्नुपर्‍यो”।

स्थानीय दिनेश कुँवरले भने, “सडकमा उड्ने धुलो घरभित्र पस्छ, बस्नै नसकिने अवस्था आएको छ ।” धुलो माटोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी परेको उनले बताए । उनीहरूलाई बिरामी हुनबाट जोगाइदिन आग्रह पनि गरेका छन् । विद्यालय जान बस कुर्दा सडकमा उड्ने धुलोले बालबालिका पूरै धुलाम्मे हुने गरेका स्थानीय नरबहादुर ऐरले बताए ।

सडक कालोपत्र अगाडि बढाउन पूर्वाधार विकास कार्यालय र शुक्लाफाँटा नगरपालिकासम्म आग्रह  गर्दै आए पनि सुनवाइ नभएको उनले बताए । धुलोले समस्या सृजना गरी बिरामी पर्न थाले पनि जनप्रतिनिधि हालचाल बुझ्न नआएको स्थानीय बासिन्दाले गुनासो पोखे । सडकको धुलोको जबसम्म व्यवस्थापन हुँदैन, तबसम्म सडकमा सवारी साधन गुडन नदिने स्थानीय बासिन्दाले बताएका छन् । कलुवापुर–बेलौरी सडक सुदूरपश्चिमको गौरवको योजनामा समावेश गरिएको छ ।

सडकको कलुवापुरबाट बन्साह खण्डसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण लामो समयदेखि कालोपत्र हुन सकेको छैन । सोही सडकको ढक्का चाँनदेउबाट कालागौंडीसम्मको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तीन किलोमिटर सडक कालोपत्र गर्ने कार्य पनि अलपत्र छ । 

“निर्माण व्यवसायीलाई पटक पटक ताकेता गर्दै आएका छौँ”, पूर्वाधार विकास कार्यालय महेन्द्रनगरका प्रमुख योगेन्द्रबहादुुर अधिकारीले भने, “निर्माण व्यवसायीले काम अगाडि बढाउने आश्वासन दिन्छन्, काम अगाडि बढाउँदैनन् ।” कलुवापुरबाट दक्षिणको चार लेन सडक कालोपत्रको कार्य मङ्सिर मसान्तसम्म पूरा गर्न पत्राचार गरिएको उनले बताए । 

 बन्साहबाट कलुवापुर सडक कालोपत्र गर्न रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । बहुवर्षीय ठेक्का सम्झौताअनुसार सो कामका लागि निर्माण व्यवसायी छनौट गरिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन वितरण, स्वदेशी वस्तु प्रवर्द्धनमा सरकारको जोड

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending