काठमाडौं । हरेकजसो कार्यक्रममा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई काम गर्न नदिइएको भन्दै गुनासो पोख्छन्। काम गर्न नदिइएकै कारण प्रतिनिधिसभा विघटन गर्न बाध्य हुनुपरेको तर्क उनी गर्छन्। तर प्रधानमन्त्रीको यस भनाइलाई विपक्षी दलका नेताहरू भने ठाडै अस्वीकार गर्छन्। प्रधानमन्त्रीले आफ्नो असक्षमता, अलोकप्रियता र अकर्मण्यता लुकाउन प्रतिपक्षीलाई दोष दिने गरेको उनीहरूको भनाइ छ।
ओलीले प्रधानमन्त्री पदमा शपथ ग्रहण गर्दा सरकारको पक्षमा संसद्मा करिबकरिब दुई तिहाइ मत थियो। त्यसमा पनि तत्कालीन दुई प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले सरकारलाई समर्थन गरेका थिए। उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन समाजवादी दल करिब १८ महिना सरकारमा सहभागी भयो। तर सरकारको कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि सो दल सरकारबाट बाहिरियो। तत्कालीन राजपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लियो।
करिब तीन वर्षको यो अवधिमा प्रधानमन्त्रीसँग संसद्मा बहुमत मात्र भएन, संसद्का समितिहरू तथा राज्यका अन्य निकाय तथा संरचनाहरूमा समेत सरकारको प्रभाव प्रस्ट देखियो। अख्तियार, न्यायालय, महालेखा तथा राज्यका शक्तिशाली निकायमा पनि सत्ताको प्रभाव परेको गुनासो विपक्षी दलका नेताहरूको रहँदै आयो। तर विपक्षी दलहरूले सुरुदेखि नै सरकारप्रति कुनै आक्रामक नीति अपनाएनन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध हडताल, आन्दोलनलगायत केही पनि कार्यक्रम गरेन। आफ्नै पार्टीभित्र पनि प्रधानमन्त्री बहुमतमा रहिरहे।
‘प्रधानमन्त्रीलाई काम गर्न नदिइएको हो कि प्रधानमन्त्रीले काम गर्न नसकेको हो भन्ने प्रस्ट छ, समग्रमा प्रधानमन्त्रीले काम गर्न नसकेका हुन्,’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्, ‘काम गर्न खोजेका र चाहेका भए प्रधानमन्त्रीका लागि यो धेरै अनुकूल समय थियो।’ अस्थिरता, अध्यादेश, संसद् विघटन, महँगी, कालोबजारीजस्ता विषयमा सरकारको अलोकप्रियतामा प्रतिपक्षी जोडिन नसक्ने धारणा पौडेलको छ। ‘प्रधानमन्त्री काम गर्न दिएनन् मात्र भन्नुहुन्छ, कुन विषयमा काम गर्न पाउनुभएन भनेर एउटा उदाहरण पनि उहाँले देखाउन सक्नुहुन्न,’ पौडेलले भने, ‘बरु प्रतिपक्षी दलहरूले चाहिँ सुनिनेगरी सरकारको कमी कमजोरी औंल्याउन सकेनन् भन्ने आरोप खेप्ने गरेका छन्।’
कोभिडको रोकथाम र नियन्त्रणमा पनि सरकारले राम्रोसँग काम गर्न नसकेको विषयलाई पनि प्रधानमन्त्रीले विपक्षी दलमाथि नै दोष थोपर्ने गरेको पौडेलले चर्चा गरे।
यस अवधिमा प्रधानमन्त्रीले कहाँकहाँबाट अवरोध बेहोरे रु यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केही टिप्पणी गर्न चाहेनन्। जनता समाजवादी पार्टीका डा सुरेन्द्र झाले प्रधानमन्त्रीले जनतालाई सेवा दिन खोज्दा प्रतिपक्षी दलले कहिले अवरोध नगरेको स्पष्ट पारे। नागरिक दैनिकमा खबर छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: