चरिकाेट। कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ ।
वार्षिक लाखौं पर्यटकले भ्रमण गर्ने जिल्लाको मुख्य गन्तव्य स्थल कालिञ्चोकमा ठूलो सङ्ख्यामा पर्यटकको चहलपहल भएपछि यहाँका व्यवसायीहरुमा उत्साह थपिएको हो । अङ्गे्रजी नयाँ वर्ष २०२१ का अवसरमा रमाउन धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोकमा हजारौँको सङ्ख्यामा पर्यटकको आगमन भएको छ । दश महिनादेखि सुनसान बनेको कालिञ्चोकको होटल अङ्गे्रजी नयाँ वर्षका अवसरमा शुक्रबार र शनिबार पूरै भरिभराउ भएका थिए ।
दुई दिनको अवधिमा कालिञ्चोक क्षेत्रमा करीब आठ हजार पर्यटक भित्रिएको कालिञ्चोकका होटल व्यवसायी चन्द्र लामाले बताए । दुई दिनमा करीब सात हजार मानिसले टिकट काटेर केबुलकारमार्फत कालिञ्चोक मन्दिरको दर्शन गर्न गएको कालिञ्चोक केबुलकार प्रालिले जनाएको छ । चरिकोटदेखि १७ किलोमिटरको दूरीमा यातायातमार्फत सहज तरिकाले कुरी बजारसम्म पुग्न सकिने र कुरीदेखि कालिञ्चोक मन्दिरसम्म केबुलकारमार्फत सजिलै पुग्न सकिने भएको हुँदा ज्येष्ठ नागरिक तथा बालबालिकालाई समेत सहज भएको छ ।
हिमाली जिल्ला दोलखा तराईका जिल्लासँग छोटो दूरीको सडक सञ्जालमार्फत सहज तरिकाले जोडिएसँगै कालिञ्चोक क्षेत्रमा तराई मूलका पर्यटकको सङ्ख्या बढ्दै गएको पाइन्छ । राजधानी काठमाडौँ तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएका कारण कालिञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको चरिकोटका पर्यटन व्यवसायी दावा लामाले बताए ।
पर्यटनलाई लक्षित गरी करोडौंको लगानीमा कालिञ्चोकको कुरी क्षेत्रमा सञ्चालनमा आएका सयौँ होटल लामो समयदेखि बन्द हुँदा व्यवसायी चिन्तित बनेका थिए । पर्यटकको चहलपहल शुरु भएसँगै व्यापार व्यवसायसमेत सञ्चालन हुने भएको हुँदा आफूहरु उत्साहित भएको त्रिपुरा रिसोर्टका सञ्चालक चन्द्र लामाले बताए । कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न करीब १०० होटल सञ्चालनमा रहेका छन् । पर्यटकको माग सम्बोधन गर्ने गरी कालिञ्चोक क्षेत्रमा मात्र तीन हजार ५०० देखि चार हजारसम्म पर्यटक सहजै व्यवस्थापन गर्न सकिने गरी होटल सञ्चालनमा रहेको होटल सुनपातीका सञ्चालक व्यवसायी हरि ओलीले बताए।
समुन्द्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्न तथा हिउँमा रमाउनका लागि पर्यटक कालिञ्चोक पुग्ने गर्दछन् । हिउँदका समयमा अधिकांश समय हिउँ पर्ने भए पनि यस वर्ष जिल्लको अधिकांश क्षेत्रमा हिमपात भएको छैन । हिउँदका समयमा प्राय हिँउ पर्ने हुँदा हिउँमा खेलिने साहसिक खेल स्की खेलनका लागिसमेत पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गर्दछन् । यस क्षेत्रबाट हिउँको रमाइलोसँगै गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमश्रृङ्खलालगायत विभिन्न क्षेत्रको अवलोकन पनि गर्न सकिन्छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: