Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठकः नेपालको संयोजकत्वमा समिति गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले साङ्गठनिकलगायत विषयलाई अन्तिम रुप दिन कार्यदलको प्रस्ताव गरेको छ । कार्यदल अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठन हुनेछ । सो कार्यदलले बढीमा पाँच दिनभित्र प्रस्ताव तयार पार्नेछ ।

कार्यदलमा रहने सदस्यलगायत अन्य विषयमा भने सोमबार बस्ने बैठकले आवश्यक निर्णय गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले साङ्गठनिक विषय, नेताहरुको कार्यविभाजन तथा सङ्घर्षका कार्यक्रम तय गर्नका लागि कार्यदल प्रस्ताव गरिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सम्पूर्ण तहको कार्यविभाजन तथा जिम्मेवारीलगायत विषयलाई अन्तिम रुप दिन कार्यदल प्रस्ताव गरिएको जानकारी दिए। बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध सञ्चालित पहिलो चरणको आन्दोलनको समीक्षा गरेको थियो । त्यसका अलावा शनिबार घोषित दोस्रो चरणको आन्दोलनको तयारी र त्यसलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सबै राजनीतिक दलसँग कार्यसूचीका आधारमा संयुक्त गतिविधि सञ्चालन गर्ने विषयमा समेत बैठकमा विचारविमर्श भएको थियो ।

नेकपा दाहाल–नेपाल समूहले आन्दोलनलगायत जनपरिचालनका लागि प्रवक्ता श्रेष्ठका संयोजकत्वमा एक समिति बनाएको छ । यस्तै बैठकमा विभिन्न क्षेत्रमा समन्वयका लागि नेताहरुलाई जिम्मा दिइएको छ । आजको बैठकमा समग्र राजनीतिक विषयमा छलफल भएको र सोमबार बस्ने बैठकले थप ठोस निर्णय गर्ने बताइएको छ । बैठक सोमबार मध्याह्न १२ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यसैबीच पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा हुम्लाका इञ्चार्ज विजय भण्डारी, अध्यक्ष लालकेश जैसी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामालगायत हुम्लाबाट पार्टीका विभिन्न कमिटीमा प्रतिनिधित्व गर्ने ३० नेता तथा कार्यकर्ताले आफूहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल नेतृत्वको नेकपामा नै रहेको जानकारी दिए । पार्टीको शीर्ष नेतृत्वसँगको छलफलपछि आयोजित पत्रकार भेटमा उनीहरुले आफूहरु कर्णाली प्रदेश, हुम्ला जिल्लाको विकास र समृृद्धिका लागि पार्टीको एकता र प्रदेश सरकारको स्थायित्व नै प्रमुख मुद्दा भएको बताए । उनीहरुले पार्टीको मूलधार नै आफूहरु भएको जिकिर गर्दै यसैमा समाहित हुनसमेत आग्रह गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending