Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

कैलाश गाउँपालिकामा अस्थायी परिवार नियोजन शिविर

वाग्मती । दुईभन्दा बढी बालबालिका जन्माउने परिपाटीको अन्त्यका लागि मकवानपुरको उत्तरी क्षेत्र कैलाश गाउँपालिकामा एकदिने अस्थायी परिवार नियोजन शिविर आयोजना गरिएको छ । सो शिविरको एक दिनमा ४४ महिलाले सेवा लिएको गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिए ।

अस्थायी परिवार नियोजनका लागि महिलाको पाखुरामा राखिने नरप्लान्ट लगाएर गाउँपालिकाको गोगले स्वास्थ्यचौकीमा सेवा दिएको र आवश्यक चेतनामूलक जानकारीसमेत दिइएको बताइएको छ । सन्तानको रहर पुगेका महिलाले गाउँमा आएको शिविरमा पुगेर अस्थायी परिवार नियोजन सेवा लिएको अध्यक्ष मोक्तानले बताए । साथै शिविरमा पुरुष बन्ध्याकरण सेवासमेत प्रदान गरिएको बताइएको छ ।

यसैबीच मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले विभिन्न पाँच वडामा छुट्टाछुट्टै पाँचदिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । गाउँका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जाँच गराउन र स्वास्थ्य सेवा दिनका लागि सो शिविर आयोजना गरिएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाको संयुक्त आयोजनामा भएको उक्त शिविरमा ३८० ज्येष्ठ नागरिकले स्वास्थ्यसेवा लिएको र अर्थावस्था कमजोर भएकालाई न्यानो कपडाको रूपमा ८८० फाइवरको सिरक वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आवमा त्यहाँका ६० देखि ७० वर्षसम्मका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा शुल्क बेहोर्ने गरी गाउँसभाबाट पारित गरिसकेको जानकारी दिइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: