Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

कोटा अनुसारको हवाई टिकट नपाएको गुनासो

रुकुमपूर्व । राज्य पुनःसंरचना अन्तर्गत साविकको रुकुम जिल्ला अहिले पूर्व र पश्चिममा विभाजन भएको छ । जिल्ला मात्र दुई वटा होइन अहिले दुई जिल्लाको प्रदेश पनि फरक छ । रुकुम(पूर्व)लुम्बिनी प्रदेशमा पर्छ भने रुकुम(पश्चिम) कर्णाली प्रदेशमा पर्छ । नयाँ बनेको रुकुम –पूर्वमा हालसम्म विमानस्थल छैन ।

रुकुम पूर्वका नागरिकलाई हवाई सेवाका लागि रुकुम–पश्चिम पुग्नुपर्ने बाध्यता छ । रुकुम पश्चिममा रहेको एक मात्र विमानस्थलबाट रुकम पूर्वका सर्वसाधारणले मात्र होइन, सरकारी कर्मचारीलगायत सार्वजनिक पदाधिकारीले सहज रुपमा हवाईसेवा पाउन सकेका छैनन् ।

आपतकालीन अवस्थामा सम्बन्धित कार्यालयको निवेदन लिएर गएमा सरकारी कर्मचारीको कोटाअनुसारको टिकट पाउनुपर्ने व्यवस्था भए पनि रुकुम–पूर्वका सार्वजनिक पदाधिकारीले उक्त सुविधा सहज रुपमा सरकारी कोटाको टिकट नपाएको गुनासो गरेका छन् । मङ्सिर अन्तिमसाता मात्रै पनि डिभिजन वन कार्यालय रुकुम–पूर्वमा कार्यरत सहायक वन अधिकृत रामनारायण साह बिरामी परेका थिए । अस्पाताल जान भन्दै प्रशासनबाट पत्र लिएर हवाई टिकटका लागि सल्ले विमानस्थल पुगेपनि हवाई टिकट पाउन सकेनन् । त्यसपछि गाडीको व्यवस्था गरी अस्पताल लैजादँै गर्दा उनको बाटोमै मृृत्यु भयो । “समयमै अस्पतालमा पु¥याउन सकेको भए उहाँको ज्यान बच्थ्यो होला”, डाक्टरको भनाई उधृत गर्दै रुकुम–पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी अन्जु पोखरेलले भने ।

यस्तै केही समय पहिले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका संयोजक लीलामणि गौतम पनि काठमाडौँ जान भन्दै प्रशासनको सिफारिस लिएर टिकट लिन गए । उनले जसोतसो टिकट पाउनुभयो तर, टिकट हातमा परेको केही समयमै रुकुम पश्चिमकै अर्कै व्यक्तिलाई टिकट आवश्यक परेकाले फिर्ता गर्न जिल्ला प्रशासन कार्यालय रुकुम–पश्चिमबाट दबाब आएपछि जानकारी लिन खोज्दा उनी कुनै कर्मचारी नभएको उनको भनाइ छ । त्यही कुरामा विवाद देखिएपछि नेपाल वायुसेवा निगममा फोन गरेर बुझ्दा सार्वजनिक पदाधिकारी कोटाको टिकट जिल्ला विशेष नभइ आवश्यक परेको खण्डमा जुनसुकै जिल्लाको कर्मचारी र जनप्रतिनीधिले प्रयोग गर्न पाउने भन्ने कुरा आएपछि मात्र टिकट पाएको गौतमले बताए ।

यस्तै जिल्ला निर्वाचन कार्यालय रुकुम–पूर्वका प्रमुख सरोज कोइरालाले पनि धेरै मेहनतपछि मात्रै टिकट पाएको बताए । सरकारी कर्मचारी कोटाको टिकटका लागि अहिलेसम्म रुकुम–पूर्वबाट जति सिफारीस भएर गएका कर्मचारी छन् कसैले पनि सरकारी कर्मचारी कोटाको टिकट नपाएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

नेपाल वायुसेवा निगम रुकुम–पश्चिमका कार्यालय प्रमुख गोविन्द गिरीले भने सार्वजनिक पदाधिकारी कोटाको टिकट पदियताको आधारमा जुनसुकै जिल्लाका कर्मचारीले प्राप्त गर्न सक्ने प्रावधान रहेको बताए । अहिले रुकुम–पश्चिम प्रशासनकै सिफारिसको आधारमा पश्चिमकै कर्मचारीलाई सरकारी कोटाको टिकट उपलब्ध गराउँदै आएको उनको भनाइ छ । “दुई जिल्लाको समन्वय भई सोही अनुसारको सिफारिस आएमा दुबै जिल्लाका कर्मचारीलाई सरकारी कोटाको टिकट उपलब्ध गराउछु”, प्रमुख गिरीले भने, “यहाँका निर्णय र समन्वय गर्ने नेतृत्वको कारण हामी कर्मचारीले सबैबाट गाली खानुपरेको छ ।”

रुकुम–पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले भने रुकुम पश्चिममै विमानस्थल भएकाले पहिलो प्राथमिकता पश्चिमकैलाई दिने गरेको बताए । अहिलेसम्म कसैले पनि समयमै टिकटको लागि सम्पर्क नगरेको र रुकुम–पश्चिमबाट नभइ अन्य जिल्लाबाट सिफरिस भएर आएको कारण पनि टिकट दिन नसकेको उनले बताए । सल्ले विमानस्थलमा सरकारी कर्मचारी कोटाको टिकटका लागि रुकुम–पश्चिमबाटै सिफारिस हुनुपर्ने भनाइ उनको छ । यहाँबाट सरकारी कर्मचारीका लागि कोटाको टिकट दुई वटा मात्र रहेको छ । “दुई वटा टिकट रुकुम –पश्चिमकालाई पर्याप्त छैन”, प्रजिअ गैरेले भने, “माथिबाटै कोटा थप गरेर पनि रुकुम–पूर्वलाई टिकट उपलब्ध गराउन सकिन्छ ।” रुकुम–पूर्वका प्रमुख जिल्ला अधिकारी राईले यहाँका कर्मचारीले अपतकालीन अवस्थामा सहज रुपमा हवाईसेवा पाउन नसकेको बताए ।

यसै क्रममा रुकुम–पूर्वले सल्ले एअरपोर्टबाट जिल्लाका कर्मचारीलाई पनि सरकारी टिकट कोटा उपलब्ध गराउनका लागि सम्बन्धित निकायमा माग गरी पठाउने निर्णय गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy