लमजुङ । यहाँका स्थानीयले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन् । स्यागेका समाजसेवी नरबहादुर गुरुङको विेशष सक्रियतामा पुल निर्माण भएको हो ।
नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व।मुक्तबहादुर गुरुङका श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले आइतबार संयूक्त रुपमा पुलको उद्घाटन गर्दै गाउँगाउँमा उत्पादित तरकारी बजारसम्म लैजानका लागि सहज हुनुका साथै गाउँगाउँमा समेत आम्दानी भित्र््याउन सकिने बताए ।
गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्स समेत सहज रुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उनीहरुको भनाइ छ । त्यस्तै समाजसेवी नरबहादुर गुरुङले भने, “हामीलाई वारपार गर्न कठिन भएकाले स्थानीय सबै मिलेर पुल निर्माण गर्न सक्यौँ । यो स्थायी नभएकाले वर्षातमा बाढीले लैजाने खतरा भने रहेकोछ ।” केही समयका लागि भएपनि यस पुलले ती दुई वडाका स्थानीय सजिलैसँग वारपार गर्नुका साथै सवारी साधनमा यात्रा गर्न सहज भएको उनको भनाइ छ ।
पुल बनाउन कूल रु ४ लाख ६६ हजार १६ मा सङ्कलन भएको स्थानीयको भनाइ छ । पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले सङ्कलित सो रकम मध्ये रु २ लाख ७८ हजार १५ पुल निर्माणमा खर्च भएको बताए । घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: