Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

कोरोनाले अस्त व्यस्त उद्योग धन्दा लयमा फर्किदै

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एउटा प्रतिवेदनले कोरोना महामारीपछि गरिबभन्दा धनीहरू चाँडै महाव्याधीको संकटबाट बाहिर निस्कने देखाएको छ । उक्त प्रतिवेदनले लकडाउन खुलेसँगै ठूला पुँजी भएका उद्योग एवं व्यवसायको पुनरुत्थान छिटो भएको देखाएको हो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - कोभिड महामारीका कारण सानो पुँजी र स्थानीय प्रविधिमा आधारित घरेलु व्यवसाय भने सबैभन्दा बढी प्रभावित देखिएको छ । कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी पुनरावृत्ति सर्वेक्षणले यस्तो देखाएको हो । उक्त सर्वेक्षण प्रतिवेदनअनुसार गत असारमा घरेलु उद्योगहरू सबैभन्दा ज्यादा प्रभावित भएका थिए । १५ करोडभन्दा कम स्थिर पुँजी भएका साना व्यवसायको अवस्था पनि त्यस्तै नाजुक थियो ।

गत मंसिरमा पनि झण्डै १७ प्रतिशत घरेलु उद्योग र करिब १४ प्रतिशत साना व्यवसाय सञ्चालनमा आउनै नसकेको सर्वेक्षणमा पाइएको छ । जबकि ५० करोडभन्दा माथिका ठूला उद्योग व्यवसायमध्ये केवल ८ प्रतिशतजति सञ्चालन हुन नसकेको देखिन्छ । त्यसमा पनि होटेल तथा रेस्टुरेन्ट व्यवसायको बाहुल्य छ ।

‘हामीले पुनर्कर्जा र आपत्कालीन थप कर्जा सहायताजस्ता सुविधा त दियौं’, राष्ट्र बैंकका एक अधिकारी भन्छन्, ‘धनीमानी अर्थात् ठूलो पुँजीमा सुव्यवस्थित व्यवसाय सञ्चालन गर्नेले मात्रै यस्ता सुविधाबाट लाभ लिन सके ।’ साना तथा घरेलु व्यवसाय भने अहिले पनि कोभिडको असरबाट माथि उठ्न कठिन भएको ती अधिकारी बताउँछन् । राष्ट्र बैंकले कोभिडको असरबाट बच्न ब्याज सहुलियत दिने, १० प्रतिशत ऋण थपिदिने र पुनर्कर्जा जस्ता सुविधाबाट संरक्षित गर्ने योजना अघि सारेको थियो ।

लकडाउनका बेला ठूला व्यवसायले ठूलै आकारमा क्षति व्यहोर्न परेको भन्दै व्यावसायिक संस्थाहरूले बृहद् राहत कार्यक्रम ल्याउन सरकारसमक्ष माग गरेका थिए । तर पछिल्लो सर्वेक्षणले उनीहरू धेरै हदसम्म कोभिड–१९ को असरबाट बाहिर निस्किसकेको देखाएको छ । बरु साना र खुद्रा व्यवसाय एवं घरेलु उद्योगहरू भने अझै समस्यामा देखिएका छन् । बैंक वा फाइनान्स कम्पनीजस्ता औपचारिक वित्तीय बजारमा सहज पहुँच नपुगेका गरिब उद्यमीलाई उकास्न अझै नवीनतम् कदम चाल्नुपर्ने आवश्यकता देखिएको विज्ञले बताएका छन् ।

प्रतिवेदनले मंसिरसम्म पनि नेपालमा भएका होटेल तथा रेस्टुरेन्टमध्ये १८ प्रतिशत मात्र सञ्चालन भएको देखाएको छ। यसले पर्यटन उद्योगमा ठूलो असर पार्ने देखिन्छ । विद्युत्, ग्यास र पानीको व्यवसाय भने लगभग पुरानै लयमा फर्किसकेको सर्वेक्षणमा देखिएको छ ।

कोरोना महामारीपछि श्रमिकको आम्दानीमा पनि बिस्तारै सुधार भएको देखिएको छ । राष्ट्र बैंकका अनुसार चैतअघि एक सय रुपैयाँ ज्याला वा पारिश्रमिकमा खर्चने कम्पनीले असारमा ६३ रुपैयाँ मात्रै तिरेका थिए । मंसिरमा यस्तो रकम बढेर ७० रुपैयाँभन्दा बढी भएको छ । अर्थात् कम्पनी तथा फर्महरूले तलब र ज्यालाका लागि चैतअघिको तुलनामा गत मंसिरमा ७०.३९ प्रतिशत रकम खर्च गरेका छन् । तर सञ्चार क्षेत्रमा भने तलब तथा ज्याला भारी मात्रामा घटेको प्रतिवेदनमा देखिन्छ ।

चैतअघि सञ्चार क्षेत्रमा १०० रुपैयाँ तलबमा खर्चने कम्पनीले मंसिरमा ५९ रुपैयाँ मात्रै खर्चेको पाइएको छ । बरु असारमा झन्डै ६० रुपैयाँ खर्चिइएको थियो । यसले सञ्चार क्षेत्रका श्रमिकलाई कोरोनाले सबैभन्दा बढी असर पारेको देखाएको छ । खानीजन्य उद्योग र शिक्षा क्षेत्रका मजदुरको आम्दानी पनि असारयता घटेको देखिएको छ।

राष्ट्र बैंकले असोजपछि उद्योग व्यवसायको सञ्चालन, कारोबार, उत्पादन र रोजगारी बढे पनि कोभिडअघिकै अवस्थामा फर्कन भने नसकेको बताएको छ। सर्वेक्षणमा समष्टिगत माग नै घटेका कारण पुनरुत्थानमा समय लाग्ने उल्लेख छ । प्रतिवेदनका अनुसार उद्यमी व्यवसायीले सञ्चालन खर्च धान्न गाह्रो परेको र थप ऋण लिन पनि कठिनाइ झेल्नु परेको बताएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy