Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

मोटरसाइकल चोरीको आरोपमा दुई १४ वर्षीय किशोरसहित ४ जना पक्राउ

भादगाउँ । मोटरसाइकल चोरीको आरोपमा प्रहरीले दुई १४ वर्षीय किशोरसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–८, घ्यापेडाँडा बस्ने १८ वर्षीय कृष्ण थिङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–८ बस्ने १८ वर्षीय अनिश श्रेष्ठ छन् । प्रहरीले पक्राउ परेका १४ वर्षीय दुई किशोरको परिचय भने सार्वजनिक गरेको छैन ।

प्रहरीका अनुसार भक्तपुर नगरपालिका–४ स्थित राममन्दिरमा पार्किङ गरी राखेको बा ३२ प ७९५३ नं को २०० सिसिको रातो रङको पल्सर मोटरसाइकल बिहीवार चोरी भएको घटनाको अनुसन्धानको क्रममा थिङसहितका चार जनालाई सुडालबाट पक्राउ गरिएको हो ।

सूर्यविनायक नगरपालिका–८ थापा पार्टी प्यालेस बस्ने राजन पोतामाहाले रामन्दिरबाट मोटरसाइकल चोरी भएको जानकारी प्रहरीको १०० नंको कन्ट्रोलमा दिएको र सो घटनाको अनुसन्धानका क्रममा सवारी जाँच गर्दा थिङलगायतलाई सुडालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

“सुडालको रानीबारीमा प्रहरी प्रभाग सुडालका प्रहरी सहायक निरीक्षक पुष्कर थापा नेतृत्वको टोलीले सवारी जाँच गर्नेक्रममा ती चार जनालाई मोटरसाइकल डो¥याउँदैं ल्याइरहेको अवस्थामा पक्राउ गरिएको हो,” उनले भने ।

पक्राउ गररेकालाई चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी कारवाही भइरहेको र १४ वर्षीय दुई किशोरलाई भक्तपुर कै बाल सुधारगृहमा राखी कारवाही भइरहेको प्रनाउ गिरीले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: