मान्म । दैलेखको भैरवी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिका सडक सञ्जालमा जोडिएका छन् ।
दैलेखको माथिल्लो डङ्गेश्वर, दुल्लु, डाँडमाडी, ब्याउली हुँदै कालीकोटको सेरी पान्तडी सडकअन्तर्गत यी दुई जिल्ला सडक सञ्जालले जोडिएको हो । सुर्खेतको वीरेन्द्रनगर, दैलेखको माथिल्लो डुङ्गेश्वर, बैंकमालिका, दुल्लु कुसापानी ब्याउली हुँदै कालीकोटको शुभकालिका–६ को मेहेले लेक, सेरी पान्तडीकाट जुम्ला, मुगु हुँदै नेपालको उत्तरी नाका चीनसम्म यो सडक निर्माण गर्ने लक्ष्य राखिएको छ । सो सडकखण्डको पहिलो चरणअन्तर्गत कालीकोट सीमासम्म सडक निर्माण भएको दैलेख भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए ।
“दैलेखको तल्लो डुङ्गेश्वरबाट कालीकोटको सेरी पान्तडीको कर्णाली राजमार्गमा गएर यो सडक जोडिने छ”, उनले भने, “५६ किलोमिटर लम्वाइ रहेको यो सडक निर्माण भए नेपालको उत्तरी सीमा चीन जोडिनका लागि छोटो सडक सञ्जाल हुनेछ ।”
दैलेख सडकखण्डको काम पूरा भएर कालीकोटको सीमासम्म सडक सञ्जाल छोइसकेको कालीकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागार्इंले बताए । “कालीकोट सडकखण्डको निर्माणका लागि ठेक्का भइसकेको छ”, उनले भने, “वैशाखसम्म यो सडकखण्डको पूर्ण ट्र्याक खुल्नेछ ।” सडक निर्माणले सुर्खेत वीरेन्द्रनगरबाट मुगुको रारा ताल, जुम्ला पुग्नका लागि उत्तरी छिमेकी चीन जोड्ने छोटो मार्ग हुने दैलेख भैरवी गाउँपालिकाका अध्यक्ष बुढाले जानकारी दिए । “यो पुरानो बाटो हिँड्ने मार्ग पनि हो”, उनले भने, “यही बाटो भएर दैलेख, कालीकोट, जुम्ला, मुगु र हुम्लाका बासिन्दाले सुर्खेत वीरेन्द्रनगर र बाँकेको नेपालगञ्जसम्म जाने गरेका थिए ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: