Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

अदालती बहसलाई तमासा भनेकोमा प्रधानमन्त्रीलाई उपस्थित हुन आदेश

काठमाडौं । कारबाहीमा अवरोध गरेमा वा जारी भएको आदेश अवज्ञा गरेमा अवहेलनाको मुद्दा लाग्न सक्छ । तर, प्रतिनिधिसभा विघटन विरोधमा अभिव्यक्ति दिएका पूर्व प्रधान्यायाधीशलाई लिखित जवाफसहित सर्वोच्चले एक साताभित्र उपस्थित हुन भनेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - २४ पुसमा चारजना पूूर्व प्रधानन्यायाधीशले संयुक्त विज्ञप्ति जारी गर्दै विघटन संविधान विपरीत भएको भन्दै विरोध गरेका थिए । उनीहरूले ‘देशको प्रजातन्त्र, कानुनी राज्य र विकासका लागि यस्तो कार्य फेरि कहिल्यै नदोहोरिने गर्न र वर्तमान गतिरोधको अवस्था सुधार गर्न सम्बन्धित सवैको ध्यानाकर्षण’ गराएका थिए । तर, उनीहरूले अदालती प्रक्रियाका विषयमा भने सो विज्ञप्तिमा केही पनि उल्लेख छैन ।

निवेदकद्वय लोचन भट्टराई र धनजित बस्नेतले पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध हालेको अवहेलनाका दुवै निवेदनलाई सर्वोच्चले एकसाथ राखेर हेर्ने भएको छ । ‘सात दिनभित्र सबै व्यहोरा खुलाई आफैँ लिखित जवाफ पेस गर्नुहोला,’ न्यायाधीश डा. शर्माको आदेश छ ।

सर्वोच्चका पूर्व न्यायाधीशहरूका अनुसार अदालतको अवहेलनाका विषयमा लिखित जवाफ दर्ता गराउनू भन्ने आदेश सामान्य हो । ‘प्रजातन्त्रमा अदालत उदार हुन्छ, नागरिकलाई अभिव्यक्तिको स्वतन्त्रता दिइन्छ । त्यसैले सबै केसमा कारण देखाऊ आदेश जारी गर्न अदालतले आवश्यक ठान्दैन । प्रायः दुई किसिमका घटनामा अवहेलना हालिन्छ । पहिलो, अदालती काम–कारबाहीमा बाधा पुर्‍याएमा । दोस्रो, अदालतको आदेश नमानेमा । झट्ट हेर्दा अहिलेको अवस्था दुवैमध्ये कुनै एक हो जस्तो देखिएको छैन,’ सर्वोच्चका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले भने ।

उनको कुरामा सही थप्छन् अर्का पूर्वन्यायाधीश गौरीबहादुर कार्की । उनको भनाइमा अवहेलनाको मुद्दा हतपत चलाइँदैन र चलेमा आफै लिखित जवाफ माग्नु सामान्य हो । ‘हतपत यो मुद्दामा सजाय गरिन्न । तर, यसअघि प्रधानन्यायाधीशमाथि नै अवहेलनामा कारण देखाऊ आदेश भएको मेरो जानकारीमा छैन,’ कार्कीले थपे ।

प्रजातान्त्रिक व्यवस्था भएको मुलुकमा मर्यादित अभिव्यक्तिकै कारण अवहेलनामा सजाय हुने गरेको छैन । ‘अदालत भनेको नागरिकको अभिभावक मानिन्छ । कसैले कुनै फैसलामा न्यायाधीशले घुस खाएर गर्‍यो भन्दिन्छ, कसैले के भन्देला । त्यस्तोमा हतपत सजाय गरिन्न । तर, सजाय भएछ भने त्यो निकै नराम्रो कुरा हो,’ पूर्वन्यायाधीश कार्कीले भने ।

यसैबीच, सर्वोच्च अदालतमा परेको मानहानिको मुद्दामा प्रधानमन्त्री केपी ओलीलाई पनि सात दिनभित्र उपस्थित भएर जवाफ दिन सर्वाेच्च अदालतले आदेश दिएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा भइरहेको बहसलाई तमासा भनेर टिप्पणी गरेपछि प्रधानमन्त्रीविरुद्ध उजुरी परेको थियो ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्रीलाई कारबाही गर्न सर्वोच्चमा उजुरी दिएका थिए । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले प्रधानमन्त्रीलाई अदालतमा आफै उपस्थित भएर लिखित जवाफ दर्ता गराउन भनेको छ । ‘माग बमोजिम अवहेलनामा कारबाही किन हुनु नपर्ने हो ? बाटोका म्यादबाहेक सात दिनभित्र सबै व्यहोरा खुलाई आफै लिखित जवाफ पेस गर्नुहोला,’ आदेशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले गत शुक्रबार पार्टीका बुद्धिजीवीहरूको कार्यक्रमलाई सम्बोधन गदै सर्वोच्चमा भइरहेको बहसका विषयमा भनेका थिए, ‘म साथीहरूलाई भन्न चाहन्छु, कुनै अन्यौल राख्नु पर्दैन । संविधानमा प्रतिनिधि सभा पुर्नस्थापना गर्ने कुनै ठाउँ छैन । केही वकिलहरूले कुरा फिट्याफिट्यै छन् । एक जना बाजे वकिललाई पनि त्यहाँ(सर्वोच्च अदालत) लिएर गएछन् तमासा देखाउन ।’

नेपालको न्याय जगत्ले गुरु मान्ने ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रधानमन्त्रीले ‘बाजे वकिल’ भनेका थिए । त्यसयता विभिन्न कानुन व्यवसायी संगठन र कानुनी क्षेत्रले नै यसको आलोचना गर्दै आएको छ ।

पूर्वसभामुख ढुंगानाविरुद्धको निवेदनमा पनि यही व्यहोराको आदेश आएको छ । पूर्वसभामुख ढुंगानाले पुस २७ मा संविधानसभा सदस्य मञ्चद्वारा आयोजित कार्यक्रममा भनेको थिए, ‘संविधान हेरेर निर्णय गर्ने हो भने संसद् शतप्रतिशत ब्युँझिन्छ । प्रधानमन्त्रीको सिफारिस बदर हुँदैन भनेर सर्वाेच्च अदालतले भन्दियो भने संविधानसभाका सदस्य र म जस्तो नागरिकले भन्नुपर्छ, ‘हे, श्रीमान ज्यूहरू तपाईंहरूको फैसलालाई हामी अन्यथा भन्न सक्दैनौँ, शिरोपर गर्छौँ, संसद् विघटन गरेको मात्रै सदर गर्ने होइन, संविधान पनि सँगसँगै बदर गरिदिनुस्’ भनेर दुईवटा फैसला खोज्नुपर्छ ।’

प्रधानमन्त्रीविरुद्ध परेका दुई निवेदनमाथि वरिष्ठ अधिवक्ताहरू हरि उप्रेती, हरिहर दाहाल, अधिवक्ताहरू टीकाराम भट्टराई, ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए । यसका साथै टीकाबहादुर कुँवर र भूपाल बस्नेतले पनि चार पूर्व प्रधानन्यायाधीश र पूूर्वसभामुखलाई अवहेलनामा कारबाही हुनुपर्ने भन्दै बहस गरेका थिए ।

यसैबीच पूर्वप्रधानन्यायाधीशहरू र ढुंगानाविरुद्ध कारबाहीको माग गर्दै परेका तीन वटै निवेदनमाथि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हस्तक्षेपकारी निवेदन दिएका छन् । कसैमाथि पनि अमर्यादित टिप्पणी नगरी संविधानमा भएको व्यवस्थाको विषयमा टिप्पणी गर्ने स्वतन्त्रता हरेक नेपालीलाई भएको भन्दै प्राज्ञिक अभिव्यक्तिका आधारमा अवहेलनामा कारबाही गर्नु नहुने उनको तर्क थियो ।

अभिव्यक्तिका कारण गिरिजा र प्रचण्डमाथि पनि परेको थियो अवहेलनाको निवेदन

यसअघि पत्रकार, बौद्धिक वर्ग र प्रधानमन्त्रीमाथि समेत अवहेलनामा मुद्दा चलिसकेका छन् । गत कात्तिक मध्यमा प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चको अदेश नमानेको भन्दै अवहेलनाको निवेदन परेको थियो । निःशुल्क पिसिआर परीक्षण गर्न तथा लकडाउनले अलपत्र परेका मजदुरलाई घरसम्म जाने व्यवस्था मिलाउन सर्वोच्चले दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलनाको मुद्दा दर्ता भएको छ । यद्यपि, यस मुद्दामा अहिलेसम्म फैसला आएको छैन ।

यसअघि ०६१ असोजमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि ‘सर्वोच्च अदालतलाई नारायणहिटीमा लगे उचित हुन्छ’ भन्ने अभिव्यक्ति दिएका कारण अदालतले जवाफ मागेको थियो । उनलाई पनि सात दिनको म्याद दिई सर्वोच्चले आफैँ उपस्थित हुन भनेको थियो । जसमा उनलाई कुनै सजाय भएन ।

०६७ मा गिरीशचन्द्र लाल र प्रकाश वस्तीको इजलासमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत तत्कालीन माओवादीका नेतालाई विपक्षी बनाउँदै निवेदन दर्ता भएको थियो । तत्कालीन सरकारले गरेको निर्णय सर्वोच्चले उल्ट्याइदिएपछि सो दलका नेताले सार्वजनिक आलोचना गरेका थिए । दुई न्यायाधीशको फैसलामा भनिएको थियो, ‘लोकतन्त्रलाई बलियो बनाउने एवं न्यायपालिकाद्वारा जनताको अधिकारलाई सुरक्षित गराउने दृृष्टिकोणले कसैबाट भएका समालोचनाहरूलाई अदालतले सकारात्मक रूपमा नै लिनुपर्दछ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy