बेइजिङ । चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उनीहरुबिच शनिबार फोन वार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री याङ जियची र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच शनिबार फोनमा कुराकानी भएको बताइएको हो । सो फोनका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धका साथै दुई देशको आपसी हितका बारेमा विभिन्न कुराकानी भएको बताइएको छ । यतिखेर चीनको अमेरिकासँगको सम्बन्ध एक महत्वपूर्ण स्थानमा उभिएको छ र आगामी दिनमा पनि यी दुई देशबीचमा महत्वपूर्ण सम्बन्ध अघि बढ्ने चिनियाँ विदेशमन्त्रीले बताएका थिए ।
चीनले चीन र अमेरिकाबीचको सम्बन्ध पारस्पिारिक हित र सम्मानका साथ हुनुपर्ने भन्दै आगामी दिनमा पनि यस्तै सम्बन्ध चाहेको जानकारी गराएको चिनियाँ विदेशमन्त्री जियचीले जानकारी दिए । उनले चीन अमेरिकासँगको सम्बन्ध सधैँ एकनासको र आपसी सम्मानका आधारमा कायम गर्न चाहेको भन्दै आगामी दिनमा पनि यस्तै एकनासको सम्बन्धका पक्षमा चीन रहेको जानकारी पनि उनले दिएका थिए ।
चीनले अमेरिकालाई उसले विगतका गल्तीहरु सच्याओस र आगामी दिनमा पनि विना कुनै तनाव असल र सुमधुर सम्बन्धको विकास गरोस् भन्ने चाहेको पनि आफूले सो वार्ताका क्रममा अमेरिकासँग आग्रह गरेको पनि चिनियाँ विदेशमन्त्री जियचीले बताएको समाचारमा जनाइएको छ । चीनले अमेरिकालाई आफ्ना दुई देशका बीचको हित र आवश्यकताको महत्वका साथै आ–आफ्नो राजनीतिक प्रणालीको छनोटको अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएको पनि त्यस अवसरमा उनले जानकारी दिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस वार्ताका क्रममा उता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले पनि अमेरिका र चीनबीचको कूटनीतिक सम्बन्ध यी दुई दशेका लागि मात्र होइन कि विश्वका अरु पनि कैयौँ देश एवं विश्वका लागि नै महत्वपूर्ण रहेको धारणा राखेका थिए । उनले अमेरिका चीनसँग स्थायी र रचनात्मक रुपमा सम्बन्ध राख्न चाहेको र आगामी दिनहरुमा पनि अमेरिकाले चीनसँग कैयौँ मुद्दामा सँगै मिलेर अघि बढ्ने पनि बताएको पनि सो समाचारमा उल्लेख गरिएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: