कास्की । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठनपछि देशमा विकासको लहर छाएको बताएका छन्।
पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ जोड्ने गरी पोखरा सिक्लेस सडकखण्डको विजयपुर खोलामाथि नवर्निमित पक्की मोटरेबल पुलको आज उद्घाटन गर्दै उनले पुल, सडकलगायत ठूला पूर्वाधार विकासका माध्यमबाट जनतालाई सुविधा दिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बनाउने अभियानभित्रको महत्वपूर्ण पक्ष भौतिक पूर्वाधारलाई सरकारले प्राथमिकता दिएको बताउँदै उहाँले विगतमा वर्षौंसम्म बन्न नसकेका विकास आयोजना वर्तमान सरकार आएपछि तीव्र गतिमा अघि बढेको उल्लेख गरे।
राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी राजमार्ग १०/१२ वर्षअघि शुरुआत भए पनि अहिले आएर धमाधम काम भइरहेको भन्दै मन्त्री नेम्वाङले आगामी विसं २०८० भित्रमा निर्माण गरिसक्ने गरी काम अघि बढाइएको स्पष्ट पारे । उनले भने, “विकास आयोजनामा अधिकतम चासो र बजेट लगानी गरेर समयमै सम्पन्न गर्न सरकारले ध्यान दिएको छ । पोखरा खण्डमा देखिएको राजमार्गको विवादसमेत काठमाडौँ गएर छिटो निराकरण गर्छौं ।”
मध्यपहाडी राजमार्गसहित, मदन भण्डारी राजमार्र्ग, हुलाकी, राजमार्ग, सुरुङमार्गलगायत ठूला पूर्वाधार र पूर्व पश्चिम राजमार्गलाई स्तरोन्नति गरी काँकडभिट्टादेखि गड्डाचौकीसम्म नै फराकिलो बनाउने योजना शुरु भएको मन्त्री नेम्वाङले जानकारी दिए।
यसअघि एक वर्षमा ३० देखि ३५ मोटरेबल पुल बन्ने गरेकामा वर्तमान सरकार बनेपछि एकै वर्षमा ५५३ मोटरेवल पुल निर्माण गरिएको उल्लेख गर्दै उहाँले डेढ दिनमा एउटा पुल बन्ने गरेको जिकिर गरे ।
मुलुकको कायापलट गर्दै जनताको सर्वाङ्गीण विकासका लागि कम्युनिष्ट पार्टीको निर्माण भएको भन्दै उनले गत निर्वाचनमा जनताको अभिमत स्थिरता र स्थायित्वका लागि रहे पनि पार्टीभित्रबाट सरकारलाई समस्यामा पार्ने काम गरिएको बताए ।
पूर्वमन्त्री एवं विघटित प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले जनतालाई विवादको भारी बोकाउन छाडेर सबै पक्ष सुन्दर नेपाल निर्माणमा अघि बढ्नुपर्ने बताए । नेकपाका अध्यक्ष ओलीको नेतृत्वमा पूर्वाधार विकासमा फड्को मार्दै देश सुरुङ युगमा प्रवेश गर्न लागेको उल्लेख गरे ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले विजयपुर खोलामाथि पुल बनेपछि पोखरा र मादी गाउँपालिकाको उत्तरी भेगलाई जोड्ने काम गरेकाले विकासका दृष्टिले कोशेढुङ्गा साबित भएको बताए ।
मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जनताको वर्षौंअघि देखिको पुलको माग पूरा भएको र मादीको विकासको ढोका खुलेको बताए। सडक डिभिजन कार्यालय पोखराको रु पाँच करोड ७५ लाख २९ हजार १२४ लागतमा निर्माण गरिएको सो पुल ५४ दशमलव १७ मिटर लामो र ११ मिटर चौडाइको छ ।
डबल स्पान सुपर स्ट्रक्चर डिजाइनको सो पुल ‘ओपन फाउन्डेशन’मा आधारित छ । पुल निर्माणका लागि विसं २०७५ असार २१ गते रायमाझी/द क्याराभान जेभी काठमाडौँसँग ठेक्का सम्झौता गरिएकामा निर्माण कम्पनीले विसं २०७७ असोज ८ गते तोकिएको म्यादभित्र पुल निर्माण सम्पन्न गरेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: