काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले मुलुकको समृद्धिका लागि स्थिरता र स्थायित्व हुनुपर्ने बताएका छन् ।
पर्वत उद्योग वाणिज्य सङ्घको २८ औँ साधारण सभा तथा १७ औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले मुलुकमा स्थिर सरकार, राजनीतिक स्थिरता र स्थायित्व काम भएमा मात्र समृद्धिको वातावरण बन्ने बताए ।
अध्यक्ष गोल्छाले मुलुकमा आर्थिक विकासका थुप्रै सूचकको प्रचुर सम्भावना रहे पनि लगानीको अभाव रहेको बताउँदै अस्थिरताका कारण जोखिम बढ्दै गएको बताए । “जबसम्म मुलुकले राजनीतिले स्थायित्वको मार्ग पक्डदैन, मुलुकको समृद्धिका लागि राजनीतिक दलहरु एकजुट हुन सक्दैनन्, तबसम्म उद्योग, कलकारखानामा लगानी गर्न कोही पनि तयार हुँदैन”, उनले भने, “व्यवसायीको सुरक्षाका लागि राज्य गम्भीर बन्नुपर्दछ ।” अध्यक्ष गोल्छाले राज्यले लगानीको सुनिश्चितता गर्ने, लगानीकर्तालाई प्रवद्र्धन गर्ने र उनीहरुको सुरक्षाको ग्यारेण्टी लिनुपर्नेमा जोड दिए ।
उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकका उद्योगी, व्यवसायीको सुरक्षाका लागि महासङ्घ निरन्तर सक्रिय रहेको बताउँदै निजी क्षेत्रनै मुलुकको समृद्धिको प्रमुख साझेदार रहेको उल्लेख गरे । राज्यले जिम्मेवारी लिने हो भने लगानीको अभाव नहुने उललेख गर्दै उहाँले उद्योग, पर्यटन, कृषि क्षेत्रको लगानीबाट नै मुलुक समृद्ध बन्न सक्ने बताए ।
जिल्ला समन्वय समिति पर्वतका अध्यक्ष मनोहर बी पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि तीन खम्बे अर्थनीतिलाई अबलम्वन गर्नुपर्ने बताउँदै सरकार र निजी क्षेत्रको साझेदारीमा सञ्चालित आयोजना नै दिगो हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेलगायतले मुलुकको विकास र समृद्धिका लागि सबै दलले एकतावद्ध भएर आगाडि बढ्नुपर्ने बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: