Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

वैदेशिक रोजगारीमा ठगी : म्यानपावर सञ्चालक जेल, पीडितको तीन करोड डुब्यो

काठमाडौंं। बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ । १५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो ।

आजको नागरिक दैनिकमा खबर छ - वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अहिलेसम्म एक सय ५० जनाले उक्त म्यानपावरले ठगी गरेको रकम फिर्ताको माग राखी निवेदन दिएका छन् । ‘उजुरीका आधारमा तीन करोड रूपैयाँ असुल गर्नुपर्ने देखिएको छ,’ उनले भने ।

यसरी ठगिनेमा धेरैजसो नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा कार्यरत तथा जागिर छाडेका छन् । उक्त म्यानपावरले पोर्चुगल, रोमानियालगायत युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै एक जनाबाट दुईदेखि १५ लाख रूपैयाँसम्म असुल गरेको थियो । अफगानिस्तान जान भन्दै उक्त म्यानपावरलाई तीन लाख रूपैयाँ बुझाएका सशस्त्र प्रहरीका पूर्व वरिष्ठ हबल्दार मधुकुमार ठकुरीले धेरैजसोलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक पाइने भन्दै म्यानपावर सञ्चालक र कर्मचारीले प्रलोभनमा पारेका थिए ।

ठकुरीलाई उक्त म्यानपावरले कुल पाँच लाख रूपैयाँ तिर्नुपर्ने सर्त राखेको थियो । ‘चिनेजानेका धेरैजसो साथी सोही म्यानपावरलाई पैसा तिरेर वैदेशिक रोजगारीमा जान तयार भएका रहेछन्,’ उनले भने, ‘मैले पनि सशस्त्र प्रहरीमा काम गरेको १६ वर्ष पूरा भइसकेको थियो। अनि जागिर छाडेर विदेश जाने निर्णय गरें ।’

उक्त म्यानपावरले ठकुरीसँग सुरुमा तीन लाख र अफगानिस्तान पुगेपछि थप दुई लाख रूपैयाँ बुझाउने सर्त राखेको थियो । ‘तीन लाख रूपैयाँ लिएपछि म्यानपावरले अफगानिस्तान जान भन्दै भारतको दिल्ली पुर्‍यायो,’ उनले भने, ‘एक सातासम्म दिल्लीमा राखेर फर्र्काएपछि बल्ल बदमासी गर्दैछ भन्ने आशंका लाग्यो।’ युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने नाममा ठूलो रकम असुल गरिरहेकै बेला म्यानपावर सञ्चालक रामेश्वर सिंह वैदेशिक रोजगारी ठगीको अभियोगमा पक्राउ परे ।

उनी सोही ठगीसँग नभई वैदेशिक रोजगारीकै अन्य कसूरमा पक्राउ परेको विभागले जनाएको छ । सिंह पक्राउ परेपछि उक्त म्यानपावर नवीकरण नभएको विभागले जनाएको छ । ‘म्यानपावर नवीकरण नभएका कारण यतिखेर पीडितको रकम कसरी फिर्ता गराउने भन्ने समस्या देखिएको छ,’ विभागका महानिर्देशक दाहालले भने, ‘उक्त म्यानपावरको नाममा रकम असुल गरिए पनि लिने व्यक्तिहरू अरू नै रहेछन् ।’

पीडितहरूका अनुसार उक्त म्यानपावरले २०७४ सालदेखि नै युवालाई ठगी गर्न थालेको थियो । सञ्चालक पक्राउ परेपछि २०७६ पछि म्यानपावर नवीकरण गरिएको छैन । दाहालले म्यानपावरको ३० लाख धरौटी भने रहेको बताए । ‘तीन करोड रूपैयाँ ठगीमा ३० लाख धरौटीले पुग्ने देखिँदैन,’ उनले भने ।

विभागका अधिकारीहरू उक्त म्यानपावरले गलत मनसाय राखी योजनाबद्ध तरिकाले युवालाई ठगेको बताउँछन् । ‘तीन करोड रूपैयाँ ठगी गरेपछि सञ्चालक जेलमा जानु र अर्कोतर्फ म्यानपावर नवीकरण नहुनुले सुरुदेखि नै ठगी गर्ने मनसाय राखेको देखिन्छ,’ विभागका एक अधिकृतले भने, ‘नियत नै खराब भएपछि सर्वसाधारणले दुःख पाउँछन् भन्ने पुष्टि यो घटनाबाट हुन्छ ।’ ती अधिकारी म्यानपावर व्यवसायीले पेसा र व्यावसायिक आचारसंहिता पालना नगरेसम्म वैदेशिक रोजगारीका नाममा हुने ठगी कम नहुने बताउँछन् ।

वैदेशिक रोजगार ऐनले म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका नाममा ठगी गरेको प्रमाणित भए बिगोको डेढ गुणासम्म जरिवाना र कैद सजाय भोग्नुपर्ने व्यवस्था गरेको छ । जरिवाना तिराउने रकम म्यानपावरले राखेको धरौटीबाट विभागले कटौती गर्नसक्छ ।

तर यतिखेर तीन करोड रूपैयाँ ठगेको भेरी ओभरसिज म्यानपावरको विभागमा ३० लाख रूपैयाँ मात्र धरौटी छ । २०७६ पछि भने म्यानपावरको धरौटी साढे एक करोड रूपैयाँदेखि ६ करोड रूपैयाँसम्म बनाइएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले एउटै म्यानपावरले तीन करोड रूपैयाँ ठगी गर्दासम्म विभागले थाहा नपाउनु लाजमर्दो भएको बताए । ‘म्यानपावरले तीन करोड रूपैयाँ ठगी गर्दा कार्यालयमा ठूलै जमघट भए होला,’ उनले भने, ‘राम्रो काम गर्ने म्यानपावरलाई छापा मारेर हैरानी पार्ने विभाग त्यति ठूलो ठगी हुँदा कहाँ थियो ?’

पीडितले चाँडोभन्दा चाँडो डुबेको रकम पाउनुपर्ने व्यवस्था मिलाइदिन विभागसँग आग्रह गरेका छन् । विभागका महानिर्देशक दाहालले म्यानपावर सञ्चालक जेल परेपछि अन्य आरोपीसँग बयान गराउन नसकिएको बताए । ‘अब चाँडै रकम असुल गर्नेसँग पनि बयान गराउँदैछौं,’ दाहालले भने, ‘बयान गराएपछि मात्र पीडितले डुबेको रकम फिर्ता पाउने वा नपाउने भन्नेबारे यकिन हुन्छ ।’ ठगी गर्नेको नाममा सम्पत्ति देखिएपछि असुलउपर गर्न सकिने उनको भनाइ छ ।

पीडितहरूले विभिन्न स्रोतबाट बुझ्दा म्यानपावर सञ्चालक र रकम असुल गर्ने कर्मचारीका नाममा निजी सम्पत्ति नदेखिएको बताएका छन् । युवासँग रकम असुल गर्ने काठमाडौं, काँडाघारीका एक व्यक्तिले सम्बन्ध बिच्छेद गरेर सम्पत्तिविहीन भएको पाइएको छ । ‘म्यानपावरले विभागमा धरौटीबापत राखेको रकम सबै पीडितलाई दिन पुग्दैन,’ पीडित ठकुरीले भने, ‘ठग्नेमध्ये केहीले ठगीको रकम पत्नीलाई दिएर सम्बन्ध बिच्छेदको नाटक गरेका छन् । केहीसँग सम्पत्ति नै देखिँदैन ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy