Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

दिप्रुङ चुइचुम्माका विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दिवा खाजा कार्यक्रम शुरु गरेको छ । सात वडा रहेको उक्त गाउँपालिकाभित्र पर्ने सबै (४८ वटा विद्यालय)का बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ५४ विद्यार्थीलाई खाजा उपलब्ध गराउने गरी सो कार्यक्रम शुरु गरिएको हो ।

खाजा अभावकै कारण विद्यालय छाड्न बाध्य विद्यार्थीलाई लक्ष्य गरेर शिक्षा तथा प्रविधि मन्त्रालयबाट प्राप्त भएको सःशर्त अनुदानबाट विद्यालयमा सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । “दिवा खाजाको व्यवस्थापनका लागि शिक्षा तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष गाउँपालिकालाई रु ८४ लाख २४ हजार बजेट उपलब्ध गराएको छ”, उनले भने, “प्राप्त बजेटबाट वर्षमा १८० दिन खाजा खर्चबापत दैनिक जनही रु १५ का दरले विद्यार्थीलाई रकम उपलब्ध गराउने गरी कार्यक्रम शुरु गरिएको हो ।”

चार वर्षदेखि ९ वर्ष उमेर समूहका विद्यार्थीलाई विश्व खाद्य सङ्गठनले निर्धारण गरेको मापदण्डका आधारमा दैनिक आवश्यक क्यालोरी, भिटामिन, प्रोटिन, आयोडिन, आइरनजस्ता पोषकतत्वको मात्रा उपलब्ध गराउने गरी खाजाको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । दिवा खाजामा बिस्कुट, चाउचाउजस्ता जङ्कफुडजन्य खाद्य पदार्थ भने प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाइएको छ ।

सुक्ष्म पोषकतत्वतर्फ दैनिक १२० आयोडिन आवश्यक पर्नेमा दिवा खाजाबाट ३६ आपूर्ति गराउने, दैनिक १७.८ आइरन आवश्यक पर्नेमा दिवा खाजाबाट ५.४ आपूर्ति गराउने, दैनिक ११.२ जिङ्क आवश्यकपर्नेमा दिवा खाजाबाट ३.४ आपूर्ति गराउने, दैनिक ३३ भिटामिन ‘ए’ आवश्यक पर्नेमा दिवा खाजाबाट ११ र दैनिक १२ भिटामिन ‘बी’ आवश्यक पर्नेमा दिवा खाजाबाट ४.१ पोषकतत्वको मात्रा पूरा हुने किसिमका खाजा उपलब्ध गराउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिव्यक्ति दैनिक रु १५ का दरले नगद पाउने विद्यार्थीले बिदाको दिनको भने दिवा खाजाबापतको रकम पाउने छैनन् ।

यसअघि रावाबेँसी गाउँपालिकाले पनि आफ्नो क्षेत्रभित्र पर्ने सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको थियो । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि दिवा खाजा कार्यक्रमलाई लागू गर्ने तयारी गरिरहेका छन् । जिल्लाका कतिपय स्थानीय तहले भने टिफिन क्यारी (खाजा बोक्ने भाँडा) मात्र उपलब्ध गराएका छन् । स्थानीय तहले उपलब्ध गराएको खाजा तथा खाजा बोक्ने भाँडासमेत निःशुल्क पाएपछि विद्यार्थी हर्षित छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: