काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वपाले शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
मंगलबार सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
रास्वपाले कुनै पनि समस्या, असहमति वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, सामाजिक एकता र धार्मिक सहिष्णुताको संरक्षण गर्न सबै पक्षलाई अपिल गरेको छ। उत्तेजनात्मक अभिव्यक्ति वा गतिविधिबाट टाढा रहँदै संयमता अपनाउनुपर्ने अहिलेको आवश्यकता भएको पार्टीको भनाइ छ।
विज्ञप्तिमा सरकारले तत्काल शान्ति–सुरक्षा कायम गर्न, आमनागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न तथा परिस्थितिलाई सामान्य बनाउन प्रभावकारी भूमिका खेल्नुपर्ने उल्लेख गरिएको छ। साथै घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई न्याय, राहत र आवश्यक उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ।
रास्वपाले शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा आफू सधैं उभिने प्रतिबद्धता दोहोर्याउँदै संवाद र सहमतिमार्फत समस्या समाधान खोज्न सबै पक्षलाई आग्रह गरेको छ।
साथै, पार्टीले यस संवेदनशील घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल तथा सरोकारवालालाई अपिल गर्दै आफ्ना स्थानीय समिति र कार्यकर्तालाई पनि शान्ति तथा सद्भाव कायम राख्न सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १३ गते, २०८३ - १७:५२
कालीकोट। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको चौखोला क्षेत्रमा ठूलो ढुङ्गासहित पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान सडकमाथिबाट ठ...
श्रावण १३ गते, २०८३ - १७:३९
काठमाडौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत मन...
श्रावण १३ गते, २०८३ - १७:३०
काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्...
श्रावण १३ गते, २०८३ - १७:२१
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट घटनापछि जारी चिकित्सक आन्दोलन अन्त्य हुने संकेत देखिएको छ। सरकार र नेपाल चिकित्सक स...
श्रावण १३ गते, २०८३ - १६:४६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
श्रावण १३ गते, २०८३ - १५:५९
काठमाडौँ। चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको ...
श्रावण १३ गते, २०८३ - १५:५३
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले प्रदेश प्रमु...
श्रावण १३ गते, २०८३ - १५:४३
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तका लागि सिफारिस भएका गुरु वाग्ले र डा...
श्रावण १३ गते, २०८३ - १५:२९
काठमाडौं । सर्वोच्च अदालतले आवश्यक नीति, निर्देशिका र मापदण्ड तयार नभएसम्म चार प्रकारका मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आफ्नै प्रशासनका नाममा अन्तरिम...
श्रावण १३ गते, २०८३ - १४:५७
काठमाडौँ । नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको चौथो तथा अन्तिम खेलमा अहिले नेपाल घरेलु टोली नेदरल्यान्...



प्रतिकृया लेख्नुहोस्: