Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

पितृसत्तात्मक सोच हटाउन सक्दा मात्र महिला दिवसले सार्थकता पाउँछ: मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पितृसत्तात्मक सोच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउने बताएका छन् । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको उल्लेख गरे ।

“प्रत्येक वर्ष मार्च ८ गते विश्वभर लैङ्गिक समानता, महिला हकहित र अधिकारमा जोड दिँदै मनाउने गरिएको अन्तरराष्ट्रिय महिला दिवसको सम्पूर्ण दिदीबहिनीमा हार्दिक शुभकामना ब्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलले सन्देशमा भनेका छन् । यस वर्ष १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नारा तय गरिएको छ । महिला हकहित र अधिकारका सन्दर्भमा नेपालले संवैधानिक तथा कानूनीरुपमा विविध सकारात्मक प्रबन्ध गरेको छ । यसैका कारण राष्ट्रपतिको गरिमामय जिम्मेवारीदेखि सङ्घ, प्रदेश एवं स्थानीय सरकारसम्म महिलाको उल्लेखनीय प्रतिनिधित्व सम्भव भएको शुभकामना सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देशमा भनिएको छ “आधा हिस्सा जनसङ्ख्या आगटेका महिलाको नीति निर्माणको तहमा बलियो उपस्थिति भए तापनि संविधान र कानूनमा उल्लेखित प्रबन्धको व्यावहारिक कार्यान्वयनका लागि थप पहलकदमीको आवश्यकता छ । विगतदेखि नै जरा गाढेर बसेको पितृसत्तात्मक सोंच र चिन्तनलाई हटाउन सक्दा मात्र महिला दिवसको नाराले सार्थकता पाउन सक्दछ । यसका लागि प्रदेश सरकार ठोस नीति र कार्यक्रमसहित अघि बढेको छ । अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा सरकारको यस अभियानमा सम्पूर्ण महिला दिदीबहिनी एवं सरोकारवाला निकायको साथ र सहयोगको अपेक्षासहित पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु”,

लैङ्गिक समानताका विषयमा अझै समस्या व्याप्त

वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङले महिला अधिकार र लैङ्गिक समानताका विषयमा अझै समस्या ब्याप्त रहेकामा चिन्ता व्यक्त गरेका छन् ।

अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले लैङ्गिक विभेद, बलात्कार र बेचबिखन जस्ता मानव सभ्यताकै कलङ्कबाट मुक्त हुन नसक्नु दुःखद् कुरा भएको उल्लेख गरे । सोही अवसरमा हेटौँडामा र्यालीसहित चेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: