Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

रासायनिक मलले भरियो गोदाम

बाँके । अन्नको भण्डारका रुपमा रहेका बाँके र बर्दियाका किसानले यस वर्ष पनि धान र गहुँको मौसममा रासायिक मल नपाए पनि अहिले मलले गोदाम भरिएको छ ।

धानखेतीका लागि असार साउन र गहँु तथा तोरीखेतीका लागि कात्तिक महीनामा किसानलाई रासायनिक मल आवश्यक पर्छ । यस वर्ष धान र गहुँको मौसममा मलको हाहाकार नै भयो । मागकोे करीब ५० प्रतिशत मात्रै मल किसानले बडो मुिस्कलले पाए । मौसमका बेला कृषि सामग्री कम्पनीका गोदाम खाली हुन्थे । त्यही खाली गोदाम हेरेर किसान निराश भएर फर्कन्थे तर हिजोआज कृषि सामाग्री कम्पनी कर्मचारी मात्रै नभएर कार्यालयमा पुगेका किसान निक्कै उत्साहित र मख्ख छन् ।

प्रायः सधैँ खाली हुने गोदाम रासायनिक मलले भरिएका छन् । आफ्नो गोदाम भरिएपछि कृषि सामग्री कम्पनीले भाडामा गोदाम लिएर मल राखेको छ । अहिले गोदाममा करीब १३ सय टन रासायनिक मल मौज्दात छ ।

रासायनिक मल पर्याप्त भएपछि कम्पनीले सहकारी संस्थालाई मागेजति दिइरहेको कान्ति पोखरी सहकारी संस्थाका व्यवस्थापक रमजान अलि इद्रिसीले बताए । पछिल्ला दिनमा किसानले पशुपालन गर्न छाड्दै गएका कारण कम्पोष्ट मलको प्रयोग घट्दै गएकाले रासायनिक मलप्रतिको निर्भरता बढ्दै गएको छ ।

रासायनिक मलको अभावका कारण कृषिउपजको उत्पादनसमेत प्रभावित हुँदै आएको छ । अहिले किसानलाई हिँउदे मकैका लागि मल आवश्यक छ । धान गहुँको मौसममा मलको हाहाकार भए पनि पछिल्ला दिनमा युरिया र डिएपी मल पर्याप्तमात्रामा आइरहेकाले कम्पनीले कृषि सहकारीले मागेअनुसार नै मल वितरण गरिरहेको कृषि सामग्री कम्पनी नेपालगञ्जका प्रबन्धक रमेश पौडेलले बताए ।

अहिले आएको मल आगामी वर्षको धानको याममा वितरण गर्ने तयारी कम्पनीको छ । बाँकेका ३६ हजार ५०० हेक्टरमा धानखेती हुन्छ । बाँकेमा धानखेतीका लागि तीन हजार ५०० मेट्रिकटन युरिया, एक हजार ५०० मेट्रिकटन डिएपी र ५० मेट्रिकटन पोटास मल आवश्यक पर्छ । त्यसैगरी बाँकेमा करिब १८ हजार हेक्टरमा गहँुखेती हुन्छ । गहुँखेतीका लागि दुई हजार ५०० मेट्रिकटन युरिया एक हजार ५०० मेट्रिकटन डिएपी र ५० टन पोटास मल आवश्यक पर्छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: