Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

पश्चिम चितवन रोज्दै पर्यटक

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो ।

झण्डै तीन दशकदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आउनुभएका ईश्वर जोशी देशको तेस्रो पर्यटकीय गन्तव्य पहिले–पहिले सौराहा भन्ने गरिए पनि अहिले चितवन बनेको बताए । उनको भनाइमा सौराहा जत्तिकै उपयुक्त गन्तव्य पश्चिम चितवनका राप्ती र नारायणी किनार बन्दै गएका छन् । देशको जङ्गल सफारी गर्ने पर्यटकका लागि चितवन पहिलो रोजाइ हो ।

सौराहा निकुञ्ज छिर्ने प्रवेशद्वार पनि हो । यहाँबाट राप्ती किनार हुँदै निकुञ्ज छिर्ने गरिन्छ । त्यसैगरी पश्चिम चितवनको पटिहानी, जगतपुर, मेघौलीलगायतका ठाउँबाट पनि राप्ती र नारायणी नदी हुँदै निकुञ्ज प्रवेश गरिन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अहिले निकुञ्जका ६० प्रतिशतभन्दा बढी गैँडा कसराको पश्चिमतर्फ छन् । सो क्षेत्रमा मानवीय चाप कम भएकाले गैँडासहित अन्य वन्यजन्तुको वासस्थान राम्रो छ । सौराहा क्षेत्रमा जङ्गल सफारीसहित अन्य गतिविधिमा रमाउने पर्यटकको रोजाइ हुने गरेको छ भने विशुद्ध जङ्गल सफारीमा रमाउनेहरु भने पश्चिम चितवनतर्फ आकर्षित हुने गरेको बरालको बुझाइ छ ।

पर्यटनविज्ञ विश्व सुवेदी विगत वर्षको तुलनामा जिल्लामा भित्रिने पर्यटक पश्चिमतर्फ लाग्ने प्रतिशत बढ्दै गएको बताए । उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष जिल्ला भित्रिएकामध्ये ९० प्रतिशत सौराहा र १० प्रतिशत पश्चिमतर्फ बसेको तथ्याङ्क छ । गत वर्षमा पश्चिम चितवन जाने पर्यटकको सङ्ख्या १५ प्रतिशत पुगेको छ । बर्सेनि यो सङ्ख्या थपिँदै जाने उनको आकलन छ ।

जिल्लामा बर्सेनि दुई लाखभन्दा बढी पर्यटक भित्रिने गरेका छन् । सुवेदी जिल्ला भित्रिने पर्यटकको ३८ प्रतिशत हाराहारी दोहोरिने गरेको र उनीहरुले सधैँ एउटै ठाउँभन्दा फरक ठाउँ रुचाउने गरेको बताए । जिल्लामा पर्यटकीय होटलको सङ्ख्या २१५ छ । एक सय १० सौराहामा छन् भने अन्य जिल्लाका विभिन्न ठाउँमा छन् । सौराहाबाट दैनिक ३२ वटा जीप पर्यटक लिएर निकुञ्ज छिर्छन् भने पश्चिम चितवनबाट आठवटा जीप निकुञ्ज छिर्ने गर्दछन् ।

सौराहा क्षेत्रमा झैँ पश्चिम चितवनमा पनि सामुदायिक वनमा हात्ती सफारी गर्ने गरिन्छ । जङ्गल सफारीमा उपयुक्त भएसँगै पश्चिम चितवनमा पर्यटकको सङ्ख्या बढ्दै गएको सुवेदीको भनाइ छ । ठूला होटल पटिहानी, जगतपुर र मेघौलीमा छन् । यस वर्ष घुम्नका लागि विदेश जान नपाएका नेपालीहरू पश्चिम चितवन आउन थालेको सुवेदीको भनाइ छ । निकुञ्ज स्थापना भएसँगै विसं २०३० पछि सौराहा क्षेत्रमा होटल शुरु भएका हुन् । क्रमशः निकुञ्जका आसपासका अन्य क्षेत्रमा पनि पर्यटकीय होटल खुल्ने क्रम शुरु भएको हो । निकुञ्जभित्र रहेका सातवटा होटल भने बन्द भएका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया सौराहाको महत्व कहिल्यै नघट्ने भए पनि चुनौती भने थपिँदै गएको बताए । थप पर्यटकीय गतिविधि सञ्चालन गरेर पर्यटकको बसाइ लम्ब्याउने, आगमन बढाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ । उनले भने, “हिजोको हिसाबले चलेर पुग्दैन भन्नेमा हामी सचेत छौँ ।”

सौराहा आउने पर्यटकले खानाको गुणस्तर र मूल्यमा विगतमा झैँ गुनासोसमेत गर्ने गरेका छन् । अघिल्ला वर्षहरूमा विदेशीलाई मात्रै पर्यटकका रूपमा लिने गरेको भए पनि विदेशी पर्यटक रोकिएपछि भने स्वदेशी पर्यटकबाट पर्यटकीय गतिविधि शुरु गरिएका छन् ।

पर्यटन प्रवद्र्धनमा सक्रिय पटिहानीका अपिल घिमिरे हिजोआज पटिहानी क्षेत्रमा स्थानीय र बाहिरबाट समेत ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेको बताए । उनका अनुसार त्यहाँ रहेको अम्रेलास्ट्रिटमा रमाउन बढी पर्यटक आएका छन् । यसका अतिरिक्त रात बसेर जङ्गल सफारी गर्न आउनेहरुको सङ्ख्यासमेत दिनहुँ बढ्दै गएको छ । यसकै कारण पश्चिम चितवनको राप्ती र नारायणी किनारमा होटल खुल्ने क्रम बढ्दै गएको छ ।

प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यका रूपमा मेघौलीलाई पारेर पर्यटकीय क्षेत्रको विकासमा काम गरिरहेको छ । मेघौलीमा मात्रै रु तीन करोड ५० लाख खर्च गरेर राइनो पार्क बन्दैछ । देशकै १०० पर्यटकीय गन्तव्यभित्र पटिहानी सूचीकृत भएसँगै पर्यटकीय पूर्वाधार विकासको काम भइरहेको छ । भरतपुर महानगरभित्र पर्ने पश्चिम चितवनका पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणमा महानगर पनि केन्द्रित भएको छ । निकुञ्जको मुख्य कार्यालय कसरा पश्चिम चितवनको जगतपुर हुँदै जानु पर्छ भने माडी पनि सोही सडक हुँदै जाने गरिन्छ । निकुञ्जको मुख्य कार्यालयमा घडियाल र गिद्ध प्रजनन केन्द्र रहेको छ । यहाँ पनि ठूलो सङ्ख्यामा पर्यटक जाने गरेका छन् ।

निकुञ्जमा पर्यटक दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीजस्ता जनावरसँगै चराचुरुङ्गी हेर्न आउने गर्दछन् । यसका अतिरिक्त विभिन्न जातजातिका सांस्कृतिक रहनसहन र खानामा पर्यटक रमाउने गर्दछन् । पश्चिम चितवनमा सांस्कृतिक विविधताका कारणले पर्यटकको मागअनुसारका खानासँगै संस्कृति हेर्न पाइन्छ । यससँगै घरवासमा रमाउन चाहनेका लागि पनि पश्चिम चितवनमा सुविधा रहेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy