Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

सत्तासमीकरणको दौडधुपले संसद् बैठक प्रभावित

बुधबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित, अर्को बैठक ३ चैतमा

काठमाडौं । सत्तासमीकरणको दौडधुपले प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । बुधबारको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ भने आगामी बैठक चैत ३ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रतिनिधिसभा पुनर्स्थापनापछिका लगातार दुई बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएका छन् । बुधबार र गत आइतबार पनि उनी संसद् भवन बानेश्वर पुगे, तर बैठकमा सहभागी भएनन् । काम गर्न नपाएको भन्दै प्रधानमन्त्री ओलीले ५ पुसमा गरेको संसद् विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक बन्दै उल्टाइदिएपछि उनी नैतिक दबाबमा छन् ।

बुधबार १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो । प्रधानमन्त्री ओली १२ः५० मा संसद् भवन पुगेका थिए । तर, बैठक सुरु नहुँदै उनी बाहिरिए । १० मिनेटजति संसद् भवनमा बसेका उनी बैठक सुरु हुने समयमा चाहिँ बाहिरिएका थिए । बैठक नै नबसी प्रधानमन्त्री हिँडेपछि पत्रकारले बैठकमा नबस्नुको कारणबारे सोध्दा उनले जवाफ दिन मानेनन् । बरु, ‘यति भए भैगो नि !’ भन्दै निस्किए । बुधबारको बैठकमा बहालवाला सांसद र पूर्व सांसदहरूको शोकप्रस्ताव मात्रै पारित गर्ने कार्यसूची थियो ।

संसद्को आइतबारको पहिलो बैठकमा पनि प्रधानमन्त्री ओली संसद् भवन पुगेका थिए । ४ बजे बोलाइएको बैठकमा उनी ४० मिनेट अगावै बानेश्वरस्थित संसद् भवन पुगेका थिए । समयभन्दा अगावै पुगेका उनी बैठक सुरु हुने समयमा चाहिँ निस्किएका थिए । अधिवेशनको पहिलो बैठकमा नै उनको सहभागिता रहेन ।

त्यस दिन मिडियासँग संक्षिप्त कुराकानी गरेर उनी बाहिरिएका थिए । सर्वाेच्च अदालतले साबिकको एमाले र माओवादीलाई कायम गरिदिएपछि ओली ‘हामी सर्वाेच्चको अदालतलाई मान्छौँ’ भन्दै संसद् भवनबाट निस्किएका थिए । अन्य विषयमा उनले केही बोलेनन् ।

संसद्का लगातार दुई बैठकमा सहभागी हुन बैठकस्थल पुगे पनि उनी सहभागी भएका छैनन् । कार्यव्यस्तताले प्रधानमन्त्री बैठकमा नबसेको ओलीनिकट सांसद विशाल भट्टराईले बताए । सभामुखले समयमै संसद् बैठक सञ्चालन नगरेपछि कार्यव्यस्तताका कारण बैठकमा सहभागी हुन नसकेको भन्दै उनले प्रधानमन्त्रीको बचाउ गरे ।

उनले भने, ‘संसद्को सातौँ अधिवेशनमा अहिलेसम्म दुईवटा बैठक भए, प्रधानमन्त्री ज्यू दुई वटै बैठकमा उपस्थित हुनुभएको छ । अस्तिको पटक सभामुखले झन्डै १ घण्टा ढिलो गरी बैठक सुरु गर्नुभयो । प्रधानमन्त्रीज्यू ४५ मिनेट बसेर निस्किनुभयो । बुधबार पनि प्रधानमन्त्री ज्यू बस्नुभयो । तर, बैठक विलम्ब सुरु हुने भयो, त्यसकारण उहाँ कार्यव्यस्तताका कारणले निस्किनुभएको हो । अरू कुनै पनि कारण छैन ।’

आफैले विघटन गरेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको उपस्थितिलाई नैतिकतासँग पनि जोड्ने गरिएको छ । समयभन्दा छिटो पुग्ने र तत्काल बाहिरिने गरेका प्रधानमन्त्रीलाई बैठकमा बस्न असहज भएको कतिपयको बुझाइ छ । तर, प्रधानमन्त्रीको उपस्थितिमा सहजता–असहजता हेर्न नमिल्ने भट्टराईले बताए । उनले भने, ‘संसद् भवनमा आइसकेपछि त्यो बैठकमै आएको भइहाल्यो नि ! उहाँलाई कुनै असहजता भएको होइन, बिल्कुलै त्यस्तो होइन, उहाँलाई असहज लाग्दैन । सर्वाेच्च अदालतको आदेश म मान्छु भनिसकेपछि सक्किगो नि !’

विघटन गरेपछि प्रधानमन्त्री ओलीले लगातार प्रतिनिधिसभा पुनस्र्थापना हुन नसक्ने बताएका थिए । सार्वजनिक कार्यक्रममै उनले संविधानअनुसार नै प्रतिनिधिसभा विघटन भएको वक्तव्य दिएका थिए । त्यति मात्रै होइन, संसद्ले सरकारको काममा बाधा पुर्‍याएको समेत टिप्पणी गरेका थिए । राष्ट्रिय सभाको गत पुस २६ गतेको बैठकमा समेत प्रधानमन्त्री ओलीले संसद्बाट असहयोग भएको टिप्पणी गरेका थिए । संसदीय समितिहरूले विकासका काममा सरकारलाई असहयोग गरेको, विधेयकहरू रोकिदिएको बताएका थिए ।

सर्वाेच्च अदालतले संसद् पुनस्र्थापना गरिदिएपछि प्रधानमन्त्री ओली संसद्को सामना गर्ने बताइरहेका छन् । कतिपय नेता तथा कानुन व्यवसायीले समेत संसद् पुनस्र्थापनापछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने कुरा उठाइरहेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy