बनेपा । महाशिवरात्रिका अवसरमा काभ्रेपलाञ्चोकको बनेपास्थित चण्डेश्वरी र पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर प्राङ्गणमा विविध कार्यक्रम गरी महाशिवरात्रि पर्व मनाइएको छ । बनेपास्थित चण्डेश्वरी मन्दिर परिसरमा पतञ्जली योग समिति बनेपाले ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र तथा मृत्युञ्जय जप तथा यज्ञ’ गरेको छ भने पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा महारुद्राभिषेक गरिएको हो ।
पतञ्जली योग समिति वाग्मती प्रदेशका अध्यक्ष ग्रुवेन तौजलेले शान्ति, समाज र वातावरण शुद्धीका लागि ‘२४ घण्टा अखण्ड गायत्री मन्त्र तथा मृत्युञ्जय जप तथा यज्ञ आयोजना गरिएको बताए । महाशिवरात्रिको अवसरमा गायत्री मन्त्र जप गर्दा परिवारमा शान्ति, स्वस्थ हुनुका साथै दिवङ्गत आत्माको शान्तिका लागि यज्ञ आयोजना गरेको उनको भनाइ छ । शिवरात्रिको दिन गरिएको महामृत्युञ्जय मन्त्र र गायत्री मन्त्रको जपमा इच्छुक सबै महानुभावले सहभागिता जनाउन सक्ने तौजलेले बताए । शुत्रबारसम्म सञ्चालन हुने यज्ञमा मनलाई शान्त पार्न हरेक व्यक्तिले होम गर्न सक्ने उनले जानकारी दिए ।
त्यस्तै पनौतीमा भएको कार्यक्रममा भागवत धर्म संरक्षण समितिले महारुद्री पाठ कार्यक्रम आयोजना गरेको छ । आयोजक समितिका अध्यक्ष अच्युत वाग्लेले इन्द्रेश्वर महादेव र सिङ्गो पनौतीको प्रचारप्रसार गर्ने उद्देश्यले महारुद्री पाठको आयोजना गरेको बताए । ऐतिहासिक एवं धार्मिकस्थल पनौतीको महत्वबारे गर्नुपर्ने प्रचारप्रसारमा कमी आएका कारण पनि थप प्रचार गर्ने र आध्यामिक प्रचार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको उनले बताए । आज भएको कार्यक्रममा १३० ब्राम्हणद्वारा इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा महारुद्री पाठ गर्ने काम सम्पन्न भएको छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...
प्रतिकृया लेख्नुहोस्: