Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गुटबन्दीले थिलथिलो कांग्रेस : देउवाको भागमा अपजस मात्र

काठमाडौं । १३ औं महाधिवेशनअन्तर्गत २०७२ फागुन २५ गते भएको दोस्रो निर्वाचनबाट शेरबहादुर देउवा नेपाली कांग्रेसको मूल नेतृत्वमा पुगे । सभापतिमा निर्वाचित भएपछि देउवाले भनेका थिए, ‘पार्टीभित्र बृहत् एकता कायम गर्दै विधान अक्षरशः कार्यान्वयनसहित नेता, कार्यकर्ता, शुभेच्छुकको ऊर्जा एवं क्षमतालाई सुदृढ र गतिशील कांग्रेस निर्माणमा लगाउने छु ।’

आजको नागरिक दैनिकमा खबर छ - गुटबन्दीले थिलथिलो कांग्रेसमा देउवाको भनाइले ऊर्जा दिएको थियो तर विधानले दिएको चार वर्षसहित पाँच वर्षे कार्यकाल सकिँदा पनि पार्टीभित्र बृहत् एकता होइन, आन्तरिक किचलो झन् बढेको छ ।

पार्टीभित्र मौलाएको गुटबन्दी अन्त्य गर्नुको साटो देउवा त्यसकै दलदलमा फसेका छन् । विभिन्न स्वार्थ समूह हावी हुँदा विधिविधानअनुसार कार्यसम्पादन गर्न असफल देउवाले सहमतिबाट पनि पार्टी चलाउन सकेनन् । सहमतिबाट अघि बढ्न खोजे विधिविधान, विधिविधानअनुसार चल्न खोजे सहमतिको उल्झन देउवाले कार्यकालको सुरुदेखि नै खेप्दै आएका छन् । विगतमा देउवाले नै पार्टी नेतृत्वबाहिर छँदा नेतृत्वलाई अप्ठेरो पार्न र आफ्नो स्वार्थ पूरा गर्न केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए । अहिले असन्तुष्ट पक्षले देउवाको त्यही नीति अख्तियार गरेको छ । जसले कांग्रेस गतिहीन मात्र बन्न पुगेको छैन, देउवाको भागमा अपजसमात्र आइलागेको छ ।

कांग्रेस नेतृत्वमा जारी भएको संविधानप्रति असन्तुष्ट मधेसकेन्द्रित दललाई मूल प्रवाहमा ल्याउँदै देउवा नेतृत्वको सरकारले संविधान कार्यान्वयनअन्तर्गत तीन तहको निर्वाचन गर्नेलगायत केही सकारात्मक काम ग¥यो । तर कांग्रेसले त्यसको स्वामित्व नै लिन सकेन । संविधान कार्यान्वयनको पहल त कांग्रेसले लियो तर निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भयो ।

निर्वाचनमा भएको पराजयले कांग्रेस आन्तरिक कलहमा फस्नु अस्वाभाविक थिएन । योसँगै अर्को महत्वपूर्ण कुरा भयो, सभापतिमा निर्वाचित भएर पनि देउवालाई पार्टीभित्रै त्यस भूमिकामा अस्वीकार गर्नु । २० वर्षसम्म कोइराला परिवारको वरिपरि घुमेको कांग्रेस नेतृत्वमा देउवा प्राविधिक रूपमा त पुगे तर विद्रोही (पार्टी विभाजन गरेर फेरि आएका) नेताकै रूपमा उनलाई हेरिँदा इतर पक्षले न काम गर्न सहयोग गर्‍यो न त भएका सकारात्मक कामको स्वामित्व लियो ।

झन्डै एक वर्ष निर्वाचनमा पराजयको जिम्मेवारी कसले लिने भन्नेमै रुमलिएको कांग्रेसले संगठन सुदृढीकरणका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गरे पनि विवादले बीचमै रोकियो । संगठन सुदृढीकरणतिर सभापति देउवाले मात्र होइन, पार्टीभित्र प्रतिपक्षी भूमिकामा रहेका नेता रामचन्द्र पौडेल पक्षले पनि ध्यान दिएन । गनगनमै पाँच वर्ष गुजारेका देउवा इतर पक्षमा पनि एकता र विश्वास कायम हुन सकेन ।

देउवाविरुद्ध एकैठाउँमा उभिए पनि आआफ्ना स्वार्थले इतर पक्षमा अनेकता बढ्दो छ । १३ औं महाधिवेशनपछि पार्टीभित्र तेस्रो धारका रूपमा उभिएका नेता कृष्णप्रसाद सिटौला नेतृत्वको समूह पनि गुटगत स्वार्थ पूरा गर्न संस्थापन र इतर समूहलाई उपयोगको रणनीतिमै केन्द्रित रह्यो । आफूलाई युवा भन्ने कांग्रेस नेताहरू पनि संगठन निर्माणमा होइन, तत्कालको चर्चामा रमाइरहे । उनीहरूले पार्टीमा आफ्नो ठाउँ सुरक्षित गर्न निरन्तर गुटउपगुट र नेताको पछि कुदेर नै पाँच वर्ष बिताए ।

पार्टी नेतृत्वमा पुगेपछि भ्रातृ तथा शुभेच्छुक संगठनहरूको महाधिवेशन गराउन सुरु गरेका देउवाले त्यसलाई निरन्तरता दिन सकेनन् । नेतृत्व समालेको पाँच वर्षमा आइपुग्दा भ्रातृ तथा शुभेच्छुक संगठनहरू भताभुंग अवस्थामा छन् । भ्रातृ संगठनको एउटा पदाधिकारीका लागि एक महिनासम्म वार्तामा बसेका कांग्रेस संस्थापन र इतर पक्षका नेताहरूले पार्टीका १३ मध्ये ११ भ्रातृ संगठनले कार्यकाल गुजारिसक्दा पनि महाधिवेशन गराउनेतर्फ कुनै चासो र पहल गरेका छैनन्, बरु गुट चलाउन पार्टीका नेताका नाममा एनजिओ स्थापना गरेर त्यसको सहारा लिइरहेका छन् ।

स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा गठन भएका कार्यसम्पादन र संसदीय समिति विधानविपरीत भएको भन्ने संस्थापन इतरको माग सम्बोधन गर्दै सभापति देउवाले विघटन गरिदिए । तर विघटनपछि ती निकाय गठनका लागि इतरपक्षले कुनै चासो दिएन । चार वर्षे कार्यकाल सकिन लाग्दा सभापति देउवाले विभागहरूको संख्या थप गर्दै केही गठन गरे । तर इतरपक्षले अस्वीकार गर्दै आएको छ । महाधिवेशन हुने वर्ष बाहेक प्रत्येक वर्ष गर्नुपर्ने महासमिति बैठक एकपटकमै सीमित भयो भने नयाँ संविधानअनुसार पार्टी संरचना बनाउन संस्थापन पक्षले मात्र होइन, इतर पक्षले पनि कुनै चासो देखाएन ।

तेह्रौं महाधिवेशनको परिणामसँगै १४औं महाधिवेशनको अंक गणितले नेतृत्वको आलोचना गरेर नेतृत्वमा पुग्ने र थप शक्ति आर्जन गरेर नेतृत्वमा टिकिराख्ने मनोवृत्ति केन्द्रदेखि गाउँ तहसम्म देखिएको छ । नेता र नेतृत्व स्वार्थले ठीक समयमा ठीक निर्णय लिन नसक्ने र निर्णयमा पुग्दा पनि गुटगत स्वार्थले पक्ष वा विपक्षमा उभिने प्रवृति कांग्रेसमा हावी हुँदै गएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम होस् वा अदालतले विघटनलाई बदर गरिदिएपछि सरकारमा सहभागी हुने वा नहुने भन्नेमा पनि नेताहरूको विरोधाभाषपूर्ण धारणा आइरहे । एमाले र माओवादी केन्द्रबीचको एकीकरण बदरपछि उत्पन्न परिस्थितिमा पनि कांग्रेस मूकदर्शक छ ।

भाग्यवादमा विश्वास राख्ने देउवा डडेलधुराका मध्यमवर्गीय परिवारमा जन्मेका हुन् । दोस्रो पटक पार्टी नेतृत्व र पाँचौ पटक मुलुकको कार्यकारी प्रमुखको सम्मुखमा रहे पनि देउवाको भागमा अपजस मात्र परेको छ । देउवाले तत्कालीन विद्रोही माओवादीविरुद्ध मुलुकमा संघटकाल लगाउने वा नलगाउने विवादमा पार्टी नै विभाजन गरेर नेपाली कांग्रेस प्रजातन्त्र स्थापना गरेका थिए । त्यति मात्र होइन, विगतमा प्रजातन्त्र नै राजालाई बुझाएको आरोप पनि उनले खेप्दै आएका छन् ।

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि सत्ता राजनीतिबाट बाहिर पुगेको कांग्रेसलाई तत्कालीन माओवादी केन्द्र र एमालेबीचको सहकार्य तोडेर नयाँ गठबन्धन निर्माण गरेका थिए देउवाले । तर सत्ताका लागि मरिहत्ते गरेर माओवादीसँग सहकार्य गरेको आरोप पार्टीभित्रैबाट उनले खेपे । स्थानीय तह निर्वाचनमा माओवादीसँग चुनावी तालमेल गरेकोमा पनि देउवाको निकै आलोचना भयो ।

तर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उक्त गठबन्धनलाई निरन्तरता दिन नसकेको भन्दै देउवा फेरि आलोचित भए पार्टीभित्रबाटै । राजनीतिक जीवनको उत्तरार्धमा आफू नेतृत्वको पार्टी संसदीय अंक गणितमा निकै कमजोर भएपछि देउवाको आलोचना हुनु अस्वाभाविक होइन । झन्डै दुई तिहाइ बहुमतसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले र माओवादी केन्द्र) नेतृत्वको सरकारले गरेका आर्थिक अनियमितामा खरोरूपले संसद्मा प्रस्तुत हुन नसकेको आरोप संसदीय दलका नेता समेत रहेका देउवामाथि लाग्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यो कदमलाई असवैधानिक र अलोकतान्त्रिक भएको ठहर कांग्रेसले गर्‍यो । तर प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा सडकमा उत्रिन देउवाले अस्वीकार गरे । विघटन प्रकरणमा अदालतको फैसला स्वीकार गर्ने देउवाको अभिव्यक्तिलाई प्रधानमन्त्री ओलीसँगको सेटिङका रूपमा पार्टीभित्र र बाहिरबाट व्याख्या गरियो ।

पार्टीकै शीर्ष नेताहरूले खेत रहे न बाली लगाउने पाइने भन्दै निर्वाचनमा कांग्रेस जित्छ भनेर संविधानवादलाई अस्वीकार गर्न नसकिने भन्दै देउवाको आलोचना गरे । तर अहिले एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विघटन भएपछि प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा वकालत गर्दै आएका नेताहरू अहिले मध्यावधि निर्वाचनको पक्षमा देखिएका छन् ।

पार्टी विधानअनुसार पाँच वर्षे कार्यकाल गुजारेका देउवाले विगतमा जस्तै महाधिवेशनका लागि संवैधानिक व्यवस्थाको सहारा लिएका छन् । आगामी भदौमा तोकिएको १४औं महाधिवेशनबाट फेरि पार्टी नेतृत्वमा पुग्ने रणनीतिमा रहेका देउवालाई इतरपक्षका नेताहरू कुनै पनि हालतमा रोक्ने रणनीतिमा छन् । नेतृत्वमा पुगिछाड्ने देउवा दाउ र उनलाई रोकिछाड्ने इतरपक्षको रणनीतिले १४औं महाधिवेशनसम्म कांग्रेस अन्योल र अलमलमै रहने देखिन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies