Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

स्तरीय खाजा नपाए उजुरी गर्न आग्रह

काठमाडौं । सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरिरहेका आफ्ना बालबालिकाले दैनिक कस्तो खाजा पाइरहेका छन् भनेर कहिल्यै चासो लिनु भएको छ ? गुणस्तरीय खाजा पाइरहेका छैनन् वा खाजामा समस्या छ भन्ने लाग्छ भने विद्यालयमा भएको उजुरी पेटिकामा गुनासो खसाल्न नहिच्किचाउनु होला ।

आजको गोरखापत्र दैनिकमा खबर छ - आफै विद्यालयमा गई गुनासो खसाल्न सक्नुभएन भने त्यसका लागि आफ्ना बालबालिकालाई नै प्रेरित गर्नुहोस् । उजुरी दिँदा सम्बन्धित विद्यार्थी वा अभिभावकलाई नियतवश कारबाही गर्न नपाइने व्यवस्था छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरिका सबै विद्यालयले अनिवार्य रूपमा गुनासो पेटिका राख्न कानुनी व्यवस्था गरेको छ । कतिपय विद्यालयले यस्तो पेटिका राखेका छैनन् भने कतिपयमा यसको प्रयोग भइरहेको छ ।

केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले प्रत्येक विद्यालयलाई अनिवार्य रूपमा पेटिका राख्न र एक जना शिक्षकलाई सम्पर्क व्यक्ति तोक्ने व्यवस्था कार्यान्वयनका लागि हालै परिपत्रमार्फत निर्देशन दिइएको जानकारी दिँदै भने, ‘खाजा खान पाएनन् वा खाजामा समस्या देखियो भने त्यस्ता विषयलाई पनि गुनासाका रूपमा पेटिकामा खसाल्न अभिभावकलाई समेत अनुरोध गरिएको छ । विद्यालयमा कुनै पनि समस्या नहोस् भनेर गुनासो खसाल्ने र त्यसको तत्काल सम्बोधन गर्ने व्यवस्था गरिएको हो ।’

खाजाका बारेमा परेको उजुरीलाई प्रधानाध्यापक एक्लैले चाहेर पनि लुकाउन सक्दैनन् । विद्यालयमा गुनासो सुनुवाइ संयन्त्र नै गठन गर्नुपर्ने हुन्छ र त्यसका लागि केन्द्रले गुनासो सुनुवाइ कार्यविधि कार्यान्वयनमा ल्याएको छ । ‘खाजामा समस्या भयो भनेर परेको उजुरीलाई विद्यालयले सम्बोधन गर्न नसक्ने भएमा व्यवस्थापन समिति वा त्योभन्दा माथिल्लो निकायमा जान सकिने छ’, उनले भने ।

यसै महिनादेखि सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म हरेक विद्यार्थीलाई दैनिक निःशुल्क खाजाको व्यवस्था गरिएको छ । खाजाका ६० वटा तालिका (मेनु) केन्द्रले सार्वजनिक गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies