डोटी । जिल्लाका ग्रामीण क्षेत्र तथा सदरमुकाम आसपासका क्षेत्रमा जङ्गली बँदेलेको समूहले पाक्ने लागेको गहुँबाली खाएर नोक्सान गर्न थालेको छ । राति तथा दिउँसोको समयमा झुण्डमा आउने बँदेलको समूहले पाकेर भित्र्याउने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
दैनिक गहुँ, मटर, मसुरो, तोरी तथा साग तरकारी बँदेलले नोक्सान गर्न थालेपछि उनीहरुबाट जोगाउनका लागि यहाँका किसान राति जाग्राम बस्न बाध्य भएको जोरायल गाउँपालिका–५ का पदमसिंह खडायतले बताए । उनले भने, “हुलका हुल आउने बँदेलले गहुँलगायत अन्यबाली सखाप गर्न थालेको छ, बाली जोगाउन हामी रातभरि जाग्राम बस्न बाध्य छौँ ।”
खप्तड राष्ट्रिय निकुञ्ज तथा यहाँका महाभारतको लेक तेले क्षेत्रबाट आउने बँदेलको समूहले बालीनाली नोक्सान गर्न थालेको हो । जिल्लाको शिखर नगरपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल, बडिकेदार, बोगटान फुड्सिल, सायल, आदर्श तथा पूर्वीचौँकी गाउँपालिकाका विभिन्न वडामा अहिले जङ्गली बँदेलेको समूहले गहुँलगायतका अन्य बाली खाएर हैरान बनाएको किसान बताउँछन् ।
शिखर–१ का किसान रामसिंह ऐरका अनुसार कम्तीमा पनि सात÷आठ वटाको समूह बनाएर आउने जङ्गली बँदेलेको समूहले एकैरातमा कम्तीमा पनि तीनदेखि चार रोपनी जमीनमा लगाएको बाली खाएर नोक्सान गर्ने तथा खेतनै खनेर जाने गरेका छन् ।
जङ्गली बँदेलको समूहले अहिले जिल्लाका विभिन्न स्थानमा लगाइएका बालीनालीमा नोक्सानी पु¥याउन थालेको खबर सबै निकायमा जानकारी हुँदासमेत नियन्त्रणका लागि कुनै क्षेत्रबाट पनि प्रयास नभएको किसानको गुनासो छ । उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भु तिवारीले जङ्गली बँदेलले किसानका खेतीबाली तथा तरकारी नोक्सान गरे सबै मूल्याङ्कनका आधारामा रु १० हजारसम्म रकम दिने नियम रहेको बताए ।
उनले भने, “जङ्गली बँदेलले किसानको बालीनाली नोक्सान गरे कृषि कार्यालय, प्रहरी तथा सम्बन्धित स्थानीय तहको सिफारिसमा हामीले राष्ट्रिय निकुञ्जलाई क्षतिपूर्ति दिनका लागि सिफारिस गर्ने नियम छ, निकुञ्जले अधिकतम रु १० हजारसम्म क्षतिपूर्ति दिन्छ ।”
यसैगरी वन तथा वातावरण मन्त्रालयले गएको वर्ष असारसम्म जङ्गली बँदेलले किसानको बालीनाली नोक्सानी गरे धपाउने, लखेट्ने तथा मार्नेसम्मको आदेश दिएको भए पनि यो वर्षदेखि उक्त नियम नवीकरण नभएकाले पनि खेतीबाली नोक्सान गर्ने बँदेललाई किसानले लखेट्न, मार्न तथा धपाउन नपाएका कारण पनि समस्या हुँदै आएको केआइसिंह गाउँपालिका–५ का अर्का किसान चेतराज भट्टले बताए ।
उनले भने, “किसानले वर्षभरि खानका लागि लगाएको खेती नोक्सान गर्ने बँदेल मार्न, धपाउन नपाइने, क्षति गरेको रकम पनि नदिने भएपछि किसानले के गरी खाने, किसानका मर्का कसले बुझ्ने ?” अन्न फलाउनका लागि पर्याप्त जग्गा भए पनि जनावरका कारण अन्न खरीद गरेर परिवार पाल्नुपरेको किसानको गुनासो छ ।
जङ्गली बँदेलले किसानको सयौँ बिघा जमीनमा लगाएको बालीनाली नोक्सान पुर्याउँदै आएको भए पनि अहिलेसम्म एक जनाले मात्रै क्षतिपूर्ति पाएको डिभिजन वन कार्यालयले जनाएको छ । निकुञ्ज कार्यालयले जङ्गली जनावरले पुर्याएको क्षतिको मूल्याङ्कनका आधारमा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने यहाँका किसानको माग छ ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...




प्रतिकृया लेख्नुहोस्: