बाँके । कोहलपुर नगरपालिका–६ बस्ने लीलबहादुर राणाका बाबुछोरा आजकाल मौरी चराउन बर्दियामा रहेको भोलागौडीको जङ्गलको छेउमा आधार चाका दिन व्यस्त हुनुहुन्छ । कोहलपुर नगरपालिका–६ निवासी राणा र उनका कान्छा छोरा घनश्याम १७५ घर मौरीलाई गाडीमा ल्याएर बढैयाताल गाउँपालिका, भोलागौडी गाउँको जङ्गल छेउमा दिनभर चराउन हुन्छ । मौरीहरुको आधार चाका हेरचाह गर्दै उनीहरुको दिनचर्या बित्छ ।
मौरीलाई आधार चाका दिँदा वर्षमा रु एक लाखको दुई क्विन्टल दिने गरेको लीलबहादुरले बताए । त्यसैगरी वर्षमा चिनी रु दुई लाखको दिने गरिएको छ । गाडीमा राखी ठाउँठाउँमा चराउँदा ढुवानी खर्च वर्षमा रु पाँच लाखसमेत लागेको राणाले बताए ।
तराईको गर्मीमा हुने मेली फेरा नामक मौरी तराईको ४० डिग्री गर्मीमा समेत बाँच्न सक्छ । आजकाल प्रतिकेजी रु ६०० मा बिक्री हुन्छ । कोहलपुर र नेपालगञ्जमा मह उत्पादन गरी बिक्री गर्नेमा सफल नाम राणाको परिवारको छ । नौजनाको परिवार मह बेचेर चलाएको राणाले बताए । त्यही मौरीले दिएको मह वर्षमा ४० क्विन्टल उत्पादन गरी रु २० लाख आम्दानी हुने गरेको छ । उनी मौरीपालनमा लागेको १० वर्ष भयो । आफूहरुको मेहनत देखेर आफूहरुलाई नेपाल सरकारले गत वर्ष रु १४ लाख अनुदान कृषि ज्ञान केन्द्र बाँकेमार्फत मौरीपालन गर्न दिएको राणाले बताए । यस वर्ष पनि रु १० लाख अनुदान मौरी पकेट कार्यक्रम कोहलपुर नगरपालिकाले र कृषि ज्ञान केन्द्र बाँकेले दिएका छन् ।
विसं २०७१ मा जिआई जेटले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य हुँदा आफूहरुलाई मह प्रशोधनका लागि घर निर्माण गर्न र यन्त्रका लागि रु १० दश लाख अनुदान रकम दिएकाले साहस बढेको राणाले बताए । मौरी पकेट कार्यक्रम कृषि ज्ञान केन्द्र बाँकेले तीनवर्षे मौरी पकेट अनुदानसमेत दिएको छ ।
राणा सञ्जीवनी मौरी फार्मको सञ्चालकसमेत बनेका छन् । “गरे के हुँदैन, अहिले रुदिलो, सिसौको फूलहरु भएको ठाउँमा मौरी लिएर चराउँदै व्यस्त हुन्छौँ”, बाबुछोराले हाँस्दै भने, “विदेश किन जाने, विदेशभन्दा नेपालमै पनि पैसा कमाउन सकिन्छ । हामी त मौरीमा रमाउँछौँ । कात्तिकदेखि माघमा तोरीको फूलको रस खान्छन् मौरीले, माघफागुनदेखि वैशाखसम्म रुदिलो झारीको फूलको रस र सिसौको फूलको रस अनि वैशाखजेठसम्म जामुनको फूलको रस खान्छन् ।”
उनीहरु कहिले राजापुर कहिले ठाकुरद्वारा र कहिले बाँसगढी दुई महिना दुई महिनामा ठाउँ सार्नुहुन्छ । जेठदेखि असोजसम्म चिनी दिएर मौरी बचाउनुपर्छ । उनीहरु त्यस समयमा घरमा लगेर मौरी राख्नुहुन्छ । राणाले भने, “४० डिग्री तापक्रम सहन सक्ने क्षमता हुन्छ मेली फेरा मौरीको । मौरी रहेको धर्तीमा खेती राम्रो सप्रने उनले बताए ।
मौरी प्रकृतिमैत्री जीव हो जसले प्रकृतिको रक्षा गर्छ र अन्न उत्पादनमा सुधार हुन्छ । अहिले महको बजारीकरण सजिलो भएको र प्राङ्गारिक मह भनेर धेरैले घरैमा लिन आउने गरेको राणाले बताए । राणा भन्छन्, “चितवन, दाङ र सुर्खेतदेखि मौरीपालन व्यवसायीहरु मौरी चराउन बर्दिया आउँछन् ।”
बर्दिया मेली फेरा मौरीका लागि अति उत्तम ठाउँ हो । अरू किसानलाई पनि सरकारले अनुदान दिएर सहयोग गरेमा मौरीपालनमा घाटा नहुने उनले बताए । तरकारी, अन्नपात जस्तै मह नकुहिने र बिक्री नभएमा तापक्रम मिलाएर राखेपछि अर्को वर्ष पनि बिक्री भइहाल्ने गरेकाले यस पेशामा लाग्न राणाले आग्रह गरे । उनी भन्छन्, “तर ल्याब टेष्ट नगरी मह बिक्री गर्न दिनुहुँदैन । भारतको मह नेपाल आउँदा सरकारले जाँच गर्नुपर्छ ।”
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५७
कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...
बैशाख १५ गते, २०७८ - १३:४८
काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...
बैशाख १५ गते, २०७८ - १३:३२
औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...
बैशाख १५ गते, २०७८ - १३:१५
जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...
बैशाख १५ गते, २०७८ - १३:०४
कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...
बैशाख १५ गते, २०७८ - १२:४७
साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...
बैशाख १५ गते, २०७८ - १२:३८
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...
बैशाख १५ गते, २०७८ - १२:२९
नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...
बैशाख १५ गते, २०७८ - १२:११
बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...
बैशाख १५ गते, २०७८ - १२:०२
दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...


प्रतिकृया लेख्नुहोस्: