Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

नागरिकको जीवन रक्षा सरकारको पहिलो कर्तव्य हो : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्ने भएको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड–१९ को महामारीबाट सबैलाई सुरक्षित रहन आग्रह गरे ।

“सरकारको नागरिकको जीवन रक्षा गर्नु पहिलो कर्तव्य हो, सरकारका लागि जनताको जीवन पहिलो हो”, प्रधानमन्त्री ओली भने, “जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्ने छन्, अर्थतन्त्रभन्दा पनि जीवन पहिलो हो, उद्योग कलकारखाना चल्ने छन् तर नागरिकको जीवन रहेन भने कुनै पनि कुरा चल्न सक्दैन ।” उनले नागरिकहरू सुरक्षित रहेमा बाँकी विषय हुँदै जाने बताए ।

प्रधानमन्त्री ओलीले जीवन सुरक्षालाई प्राथमिक महत्वमा राखरे काम गरिरहेको र महामारीका कारण तुलनात्मक रूपमा असर परे पनि कम क्षति भएको बताए । महामारीका बीचमा पनि कृषिलाई राम्रो र व्यापार घाटाको अन्तर कम गर्न सफल भएको बताए ।

“हिंसाको बाटोमा हिँडेकालाई शान्तिपूर्ण धारमा ल्याउने काम गरियो, अब हिंसा गर्ने कुनै समूह छैन”, प्रधानमन्त्री ओलीले भने, “अब जनतामा सार्वभौमसत्ता छ, जनता र जनताको मन र अभिमत छ, त्यो नै राजनीतिको निर्धारक तत्व हो, यस सन्दर्भ ठूला सफलताहरू प्राप्त गरेका छौँ ।” उनले २०७७ सालमा धेरै सभागृह निर्माण गरेको बताए । प्रधानमन्त्री ओलीका अनुसार गतवर्ष लुम्बिनीमा पाँच हजार क्षमताको ध्यानकेन्द्र, गोदावरीमा तीन हजार क्षमताको सभाहल सम्पन्न भएको छ भने अन्य थुप्रै ठाउँमा सभागृहहरू निर्माण भइरहेका छन् ।

जनप्रतिनिधित्वको युगमा आइपुग्दा पनि जनप्रतिनिधि बसेर छलफल गर्ने निर्णय गर्ने थलो संसद् भवन नभएको हुँदा गतवर्ष नै त्यो काम अगाडि बढाएका उनले जानकारी दिए ।

जनतामा आशा जागेको छ

प्रधानमन्त्री ओलीले सरकारले २०७७ सालमा जनतामा आशा जगाउने गरी काम गरेको बताए । “जनताको आशा जगाउने काम हामीले गरेका छौँ, भविष्यमा आशा र विश्वास जनाउने काम लगातार ग¥यो”, प्रधानमन्त्री ओलीले भने, “प्रतिदिन साढे पाँच किलोमिटर बाटो बनेको छ, एक दिनमा कम्तीमा १२ वटाका दरले आवासहरू तयार भएका छन्, विभिन्न आठ प्रकारका सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या ३० लाख ६० हजारभन्दा बढी छ ।” उनले महिनाको रु १०० बाट शुरु भएको सामाजिक सुरक्षा भत्ता आज दिनको रु १०० मा पुगेको र आउँदो बजेटमा वृद्धि गरिने जानकारी दिए । योगदानमा आधारित सामाजिक सुरक्षा २०७५ मङ्सिर ११ गतेबाटै शुरु गरेकोसमेत उनले बताए ।

दैनिक पुलहरू बनिरहेका र पूर्वदेखि पश्चिमसम्म पुलहरू निर्माण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नाकाहरू खोल्नुका साथै मध्यपहाडी राजमार्ग तीव्रतर ढङ्गले बनिरहेको बताए । उनले मदनभण्डारी राजमार्ग निर्माण तीव्र रहेको, पूर्वपश्चिम राजमार्ग चौडा बनाउने काम भइरहेको र हुलाकी राजमार्ग केही ठाउँमा मात्र निर्माण बाँकी रहेको सुनाए ।

पुनः निर्माणमा असाधारण काम

प्रधानमन्त्री ओलीले भूकम्पपछि बनेको पुनः निर्माण प्राधिकरणले पुनः निर्माणको कामलाई तीव्र रुपमा अगाडि बढाएको बताए । “रानीपोखरी शिलान्यास गरिसक्यो, धरहरा यही महिनाको ११ गते लिफ्टबाट बालबालिका र ज्येष्ठ नागरिक माथि जान सक्ने र माथिबाट काठमाडौँको दृश्यवालोकन गर्न सकिने गरी निर्माण हुँदैछ”, उनले थपे । प्रधानमन्त्री ओलीले नयाँ हवाई मैदानको स्तरन्नोति गर्ने, रात्रि सेवा सञ्चालन गर्ने र त्रिवि विमानस्थलमा झर्ने बित्तिकै नयाँपनको अनुभूति हुनेगरी निर्माण भएको बताए ।

प्रतिकूलताका बीचमा पनि थुप्रै विद्यालयहरू बनेको उल्लेख गर्दै उनले दरबार हाइस्कुल, यही ६ गते पाटन ढोकामा जापनाको सहयोग उच्च माध्यामिक विद्यालय उद्घाटन गर्ने तयारी रहेको जानकारी दिए ।

मेलम्चीको पानी सपनाको गफ होइन

प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौँ उपत्यकाको घरघरमा ल्याउनु सपनाको गफ मात्र नभएको बताए । “मेलम्चीको पानी काठमाडौँमा ल्याउने विषयमा कसैले गफ भने”, प्रधानमन्त्री ओलीले भने, “मेलम्चीको पानी ल्याउने विषय सपनाको गफ होइन, तर अहिले काठमाडौँका धाराधारामा पानी आइसकेको छ ।” उनले देशलाई माथि उठाउन डिजिटल नेपालको अभियान शुरु गरेको र विभिन्न आयोजनाहरू सिंहदरबारबाट हेर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे ।

सकेसम्म बन्दाबन्दी हुन्न

प्रधानमन्त्री ओलीले सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने हल्ला मात्र बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए ।

उनले कतिपय राष्ट्रहरूले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे । विसं २०७७ मा विश्वले पहिला कहिले पनि नदेखेको कोभिड १९को सामना गर्नुपरेको उल्लेख गर्दै उनले त्यसले मुलुकको समग्र सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा अनेक पक्षहरूमा वर्षभर नै आक्रान्त रहनुपरेको बताए ।

“कोभिडलाई कात्तिकदेखि नियन्त्रण गर्दै ल्याएको थियो, चैतदेखि फेरी फैलन शुरु गरेको छ”, प्रधानमन्त्री ओलीले भनेृ, “२०७७ सालको त्यो पीडा त्यसैरूपमा दोहोरिन नपाओस्, फैलिन र जनधनलाई क्षति नपु¥याइयोस् भनेर सरकारले काम गरिहरेको छ ।” उनले कोभिड–१९ को महामारीबाट सुरक्षित रहन सरकार र स्वास्थ्य मन्त्रालयका मापदण्ड पालना गर्न अनुरोधसमेत गरे ।

विसं २०७७ कोभिडको महामारी भए पनि निरर्थक वर्ष नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले उपब्धिको वर्ष रहेको बताए । उनले मेलम्चीको पानी काठमाडौँमा झार्न सफल, पुनः निर्माणका काम सम्पन्नजस्ता धेरै महत्वपूर्ण कामहरू भएको र अनलाइनमार्फत शिक्षालाई अगाडि बढाउने र सामान्य रुपमा जीवन अगाडि बढाउनेतर्फ ध्यान दिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले एमसीसी नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा हुँदा सम्झौता गरिएको भए पनि निर्णयार्थ संसद्मा टेबल गरिएको विषयलाई सरकारले टेबल गरेपछि संवैधानिक अधिकारलाई नमानेको बताए । उनले राष्ट्रिय एकता कायम गरी सम्पूर्ण सार्मथ्य देश विकासमा लगाउन जरुरी भएको बताए ।

मेरो कित्ता कार्यक्रम आजैदेखि

प्रधानमन्त्री ओलीले नयाँ वर्षमा नयाँनयाँ कामहरू थालनी गरेको उल्लेख गर्दै किसानका लागि आजदेखि नै मेरो कित्ता कार्यक्रम शुभारम्भ हुने बताए । उनले किसानले आफ्ना पूर्जा घरबाटै एपमार्फत हेर्नसक्ने र आधुनिक प्रविधिको माध्यमबाट उक्त काम गरेको बताए । प्रधानमन्त्री ओलीले भने, “नयाँ उत्साह, नयाँ आत्मविश्वासका साथ नयाँ वर्षमा प्रवेश गरिरहेका छौँ, हामीले थालेका अपूरा कामलाई पूरा गर्ने र देशलाई विकासको चरणमा छौँ ।”

उनले हुम्लाको सिमीकोटमा पनि अब सडक पु¥याउने, विश्वविद्यालय, अस्पलात, शिक्षालय व्यापक निर्माण अगाडि बढाउने उल्लेख गर्दै नेपालका लगानीका लागि शान्तिपूर्ण वातावरण बनेको र श्रमिक, श्रमदाता र सरकारबीच उपयुक्त कानून निमार्ण गर्ने विषयका काम तीव्रताका साथ अघि बढेको बताए ।

हल्लाका पछि नलाग्न आग्रह

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणका काममा ढुक्क भएर लाग्न र हल्लाका पछि कोही पनि नलाग्न आग्रह गरे । उनले देश र जनता अनि मानव जातिको सर्वपरि हितको रक्षा गर्दै सरकारले काम गरेको र राष्ट्रिय हितका पक्षमा कहिले पनि बिर्सन नहुने बताए । न्यायसहित अन्तर्राष्ट्रिय उत्तरदायित्व, सामाजिक न्यायसहित शान्ति र विकासको आवश्यकता रहेको र शान्तिपूर्ण वातावरण सबैले निर्माण गर्न उनको आग्रह थियो । प्रधानमन्त्री ओलीले विश्वलाई पनि भय, त्रास र सम्मानजकरूपमा बाँच्न पाउने विश्व बनाउन जरुरी रहेको उल्लेख गर्दै युवालाई विदेश असुरक्षित भएको हुँदा उपलब्ध रोजगारीका असरको खोजी गरी उपयुक्तका लागि पनि खोजी गर्न सरकारले वातावरण बनाउने बताए ।

प्रधानमन्त्री ओलीले कोभिडबाट सबैलाई बच्न १८ लाख व्यक्तिले खोप लगाइसकेको र बाँकीलाई लगाउने चरणमा रहेको उल्लेख गर्दै रोगबाट बच्न र बचाउन सबैलाई आग्रह गर्दै देशवासीलाई सफलता र उन्नतिको वर्ष रहोस् भन्ने शुभकामना व्यक्त गरे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy