गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब १० करोड ६१ लाख २० हजार ६३३ रुपियाँ बजेट विनियोजन भएको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीको बिहीबार सार्वजनिक गरिएको प्रारम्भिक प्रतिवेदन अनुसार विनियोजित बजेटमध्ये यहाँ कुल १० अर्ब १० करोड ३० लाख छ हजार २४८ रुपियाँ बजेट निकासा-खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख कोष नियन्त्रक महेन्द्र प्रसाद भण्डारीका अनुसार यस जिल्लामा एक अर्ब ३१ लााख १४ हजार ३८५ रुपियाँ बजेट खर्च भएको छैन् ।
गत वर्ष गुल्मीमा संघीय सरकारको चालु र पुँजीगत गरी कुल नौ अर्ब एक करोड ७६ लाख ५७ हजार २२ रुपियाँ बजेट विनियोजन भएको थियो । जसमध्ये आठ अर्ब ५२ करोड आठ लाख ९६ हजार ३३६ रुपियाँ अर्थात् ९४ दशमलव ४९ प्रतिशत बजेट मात्रै निकासा-खर्च भएको छ ।
गत वर्ष संघीय सरकारको चालु तर्फ सात अर्ब ९० करोड नौ लाख ७४ हजार २२ रुपियाँ विनियोजन भएको बजेटमध्ये सात अर्ब ५९ करोड ६१ लाख ३३ हजार ६६३ रुपियाँ अर्थात् ९६ दशमलव १४ प्रतिशत बजेट निकासा(खर्च भएको पाइएको छ । पुँजीगत तर्फ एक अर्ब ११ करोड ६६ लाख ५७ हजार २२ रुपियाँ विनियोजन भएको बजेटमध्ये ९२ करोड ४७ लाख ६२ हजार ६७३ रुपियाँ अर्थात् ८२ दशमलव ८१ प्रतिशत बजेट निकासा/खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेश सरकारको चालु र पुँजीगत गरी कुल दुई अर्ब आठ करोड ८४ लाख ६३ हजार ६११ रुपियाँ बजेट विनियोजन भएको थियो । जसमध्ये एक अर्ब ५८ करोड २१ लाख नौ हजार ९१२ रुपियाँ अर्थात् ७५ दशमलव ७५ प्रतिशत बजेट मात्रै निकासा(खर्च भएको छ ।
चालु तर्फ ७९ करोड ३२ लाख ६९ हजार ६११ रुपियाँ विनियोजन भएको बजेटमध्ये ६३ करोड ११ लाख ७६ हजार २१८ रुपियाँ अर्थात् ७९ दशमलव ५७ प्रतिशत बजेट निकासा-खर्च भएको छ । पुँजीगत तर्फ एक अर्ब २९ करोड ५१ लाख ९४ हजार रुपियाँ विनियोजन भएको बजेटमध्ये ९५ करोड नौ लाख ३३ हजार ६९४ रुपियाँ अर्थात् ७३ दशमलव ४२ प्रतिशत बजेट निकासा-खर्च भएको छ ।
गत वर्ष यस जिल्लामा ४१ करोड एक लाख १५ हजार ८६५ रुपियाँ राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीका सूचना अधिकारी राजु अर्यालले जानकारी दिनुभयो । सूचना अधिकारी अर्यालका अनुसार संघीय सरकार अन्तर्गत रहेका कार्यालयहरुले गत वर्ष ३८ करोड ३७ लाख ७६ हजार ९०३ रुपियाँ राजस्व सङ्कलन गरेका छन् ।
त्यसैगरी प्रदेश सरकार अन्तर्गत रहेका कार्यालयहरुले दुई करोड ६३ लाख ३८ हजार ९६२ रुपियाँ राजस्व सङ्कलन गरेका कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ८ गते, २०८३ - १७:४९
काठमाडौं । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले आफूलाई थुनामा पठाउने आ...
श्रावण ८ गते, २०८३ - १७:३७
काठमाडौं । प्रहरी हिरासतमा रहेका निहारिका राजपुत र बिनु यादवलाई हाजिरी जमानीमा रिहा गरिएको छ। उनीहरूलाई तीन दिनसम्म प्रहरी वृत्त सिंहदरबारको हिरासतमा ...
श्रावण ८ गते, २०८३ - १७:०४
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारसम्बन्धी नीतिगत तथा कानुनी जटिलता शीघ्र समाधान गरी कार्यान्...
श्रावण ८ गते, २०८३ - १६:४७
विराटनगर। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीब...
श्रावण ८ गते, २०८३ - १६:२६
गुल्मी। गुल्मीमा गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्बभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । गत वर्ष यस जिल्लामा संघ, प्रदेश तहको स्थानीय तहको ११ अर्ब...
श्रावण ८ गते, २०८३ - १६:०९
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसाय सञ्चालनका लागि तोकिएको २५ लाख रुपैयाँ धरौटीको व्यवस्था सरकारले फिर्ता नलिने...
श्रावण ८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन सत्ता र सरकार सञ्चालनको सीमित दायरामा केन्द्रित हुँद...
श्रावण ८ गते, २०८३ - १५:५८
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले साताको दुई दिन (शनिबार र आइतबार) दिइँदै आएको सार्वजनिक बिदाले निरन्तरता पाउने...
श्रावण ८ गते, २०८३ - १५:५२
दृश्य नम्बर १ उनी मेरा पुराना चिनारु हुन्, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय। केही वर्षअघि उनले दसैंमा टीका लगाएको मेरो एउटा तस्बिरमा...
श्रावण ८ गते, २०८३ - १५:०७
काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १ हजार ८७१ जनाको प्रहरीले प्रोफाइल तयार पारेको छ। जिल्ला प्रहरी परिस...



प्रतिकृया लेख्नुहोस्: