Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

अफगानिस्तानबाट सबै अमेरिकी सेना सेप्टेम्बर ११ भित्र फिर्ता गर्ने बाइडेनको तयारी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गरेका उनले निकट अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी इतिहासमै अमेरिकी फौज कुनै मुलुकमा झण्डै २० वर्ष लडेको यो पहिलो घटना हो । कतिपयले अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती भएसँगै तालिबानको विजयका रुपमा लिएका छन् ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिवानी समूहसँग गरेको सम्झौता पश्चात् अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुन थालेको थियो । झण्डै १२ हजार सैनिकमध्ये हाल अफगानिस्तानमा करिब २ हजार ५०० जना मात्र रहेका छन् ।

तर अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि अमेरिकी सेनाको फिर्ती के हुने भन्नेमा अन्यौल भएपछि पाँच महिनायता अमेरिकी सेना फिर्ता हुनेक्रम रोकिएको छ ।

झण्डै ४० वर्षदेखि युद्धमा रहेको अफगानिस्तानमा शान्ति ल्याउने प्रयास स्वरुप टर्कीले सर्वपक्षीय अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने घोषणा लगत्तै सेना फिर्तीबारे अमेरिकी अधिकारीहरुको यस्तो भनाई सार्वजनिक भएको हो । यद्यपी तालिबान समूहले उक्त सम्मेलन बहिस्कार गर्ने बताएका छन् ।

अफगानिस्तानबाट अमेरिकी फिर्तीको घोषणा भने राष्ट्रपति बाइडेनले बुधबार गर्नेछन् । यद्यपि अमेरिकाले अल–कायदा वा इस्लामिक स्टेट अतिवादी समूह समेतका कतिपय परिस्थितिको सामना गर्न सानो संख्यामा सेना राख्ने बारेमा केही समयदेखि विचारविमर्श गरिरहेको थियो ।

अन्त्यमा, राष्ट्रपति बाइडेनले अन्य विकल्पमाथि छलफल गरे पनि अन्ततः सम्पूर्ण सैनिक फिर्ता गर्ने निष्कर्षमा पुगेको एक जना वरिष्ट अमेरिकी अधिकारीले बताएका छन् ।

आफ्नो नाम नबताउने शर्तमा ती अधिकारीले पत्रकारहरुसँग कुरा गर्दै शर्त–सहित अमेरिकी सेना तैनाथ रहने भन्नुको अर्थ अफगानिस्तानमा अमेरिकी सेना अनन्तकाल रहने भन्ने देखिएकाले राष्ट्रपति बाइडेनले हाल सम्पूर्ण सेना फिर्ता गर्नु उपयुक्त हुने निष्कर्षमा पुगेको जानकारी दिए ।

ट्रम्प प्रशासनले फेब्रुअरी २०२० मा तालिबानसँग गरेको सम्झौतामा सम्पूर्ण अमेरिकी फौज मे २०२१ भित्र स्वदेश फर्कने उल्लेख छ । तर यसको बदलामा तालिबानले अल–कायदा र अन्य विदेशी आतंकवादी समूहलाई समर्थन गर्न नहुने रहेको छ । सन् २००१ मा अमेरिकी सेना अफगानिस्तानमा प्रवेश गर्नुको मुख्य कारण पनि अल–कायदालाई तालिबानको समर्थन प्रमुख विषय थियो ।

बाइडेनका ती अधिकारीले सेना फिर्तीको कार्यक्रम आगामी मे महिनाबाट शुरु हुने जानकारी दिए । उनले अफगानिस्तान छाड्न लागेका गठबन्धन मुलुकका सेनामाथि लक्ष गरी आक्रमण नगर्न पनि उनले चेतावनी दिए ।

विश्वस्त तालिबान

विदेशी सेनाले अफगानिस्तान छाडे पनि लडाइँ जारी रहने सम्भावना छ । राष्ट्रिय गुप्तचर निकायका प्रमुखले मङ्गलबार सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदनमा तालिबान समूह आफूहरुले सैन्य विजय हासिल गर्नेमा विश्वस्त देखिएको उल्लेख छ ।

धेरै वटा शहरमा नियन्त्रण कायम गरिरहेका अफगानी सेनाले आफूले पुनः कब्जामा लिएका नयाँ क्षेत्र वा सन् २०२० मा छाडेका क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखिरहन सङ्घर्ष गर्नु परेको प्रतिवेदनमा छ ।

अफगानी नागरिकले युद्धबाट ठूलै क्षति व्यहोर्नु परेको छ र खासगरी अफगान महिलामा तालिबानको सक्रियता र उदयले थप त्रास उत्पन्न गराएको छ ।

सुन्नी इस्लामको बहुसंख्या रहेको तालिबान समूहले सन् १९९६–२००१ मा आफू सत्तामा रहँदा महिलालाई विद्यालय, कार्यालय, संगीत र दैनिक जीवनका धेरै कामहरुमा निषेष गरेका थिए । दुई दशकपछि स्कुले विद्यार्थीमध्ये हाल झण्डै ४० प्रतिशत छात्राहरु छन् ।

संयुक्तराज्य अमेरिकाले महिला अधिकार र बालिका शिक्षालाई प्रबद्र्धन गर्न गैरसैनिक साधनको प्रयोगलाई बढावा दिने नीति लिने अमेरिकी अधिकारीहरुको भनाई छ ।

तालिबान र अफगान सरकारबीच भइरहेका वार्तामा महिलाको सहभागितालाई लगभग निषेध गरिएको छ । महिला अधिकारवादीहरुले अफगानी नेताहरुको यस्तो रबैयाले निकै सङ्घर्षका साथ प्राप्त अधिकार कुण्ठित हुने खतरा औंल्याएका छन् ।

तालिबान समूहलाई परास्त गर्न भन्दै एक दशकअघि अफगानिस्तानमा अमेरिकी सेनाको संख्या एक लाखको हाराहारीमा थियो । तर पूर्व राष्ट्रपति ट्रम्पको कार्यकालमा यो संख्या २ हजार ५०० मा आइपुगेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy