काठमाडौं । सांसदहरुले अदालतमा इजलास तोक्ने क्रममा सेटिङ हुने गरेको भन्दै प्रस्तावित न्यायाधीशसँग सुधारको योजना माग गरेका छन् ।
शुक्रबार संसदको संसदीय सुनुवाई समितिमा प्रस्तावित सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ भइरहेको छ।
प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरूलाई सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिमा उनीविरूद्ध सात वटा उजुरी परेका छन्।
प्रस्तावित न्यायधीशले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । उनीहरुले नागरिकमा अदालतप्रति आशंका र अविश्वास बढेको भन्दै सुधारको योजना पनि मागेका छन् ।
सुनुवाइका क्रममा सांसदहरुले अदालतको इजलास गठन गर्ने क्रममा सेटिङ (बेन्च सेटिङ) हुन्छ कि हुँदैन भनी प्रश्न गरे ।
सांसहरुले न्याय महँगो भएको भन्ने जनगुनासो बढेकाले पैसा नहुनेले पनि न्याय पाउँछ भन्ने मान्यता स्थापित कसरी गर्ने भनेर पनि प्रश्न गरे ।
सांसद सुरेन्द्र पाण्डेले अदालतको भ्रष्टाचार कसरी नियन्त्रण गर्नुहुन्छ भनी चुडाललाई प्रश्न गरे । उनले अदालतको निर्णयका कारण विकास निर्माणमा बाधा परेको गुनासो आएको भन्दै त्यसमा पनि चुडालको धारणा माग गरे ।
यस्तै, सांसद जितेन्द्रनारायण देवले अदालतले राजनीतिलाई प्रभावित पार्ने काम गरिरहेको भन्दै त्यसमा सुधार गर्न के गर्नुहुन्छ भनी प्रश्न गरे ।
‘सांसद भीमसेनदास प्रधानले अदालतप्रति मानिसको विश्वास कम भइरहेको भन्दै कसरी विश्वास दिलाउनुहुन्छ भनी प्रश्न गरे । ‘बहुदल आएपछि न्यायाधीश बदनाम भएको अवस्था छ । यसमा सुधार आओस्’ उनले भने ।
सांसद देव गुरुङले न्यायापालिका अहिले पनि रुपान्तरण हुन नसकेको र भ्रष्टाचारको अखडा भएको गुनासो आएको बताए ।
सांसद निरुदेवी पालले अदालतमा बेन्च सेटिङ हुन्छ कि हुँदैन भनी प्रश्न गरिन् । ‘बेन्च सेटिङका हल्ला आउँछन् यो हुन्छ कि हुँदैन के हो तपाईंले यो विषयमा जानकारी गराइदिए हुन्थ्यो’ उनले प्रश्न गरिन् ।
सांसदहरुले उठाएको जवाफ दिदै न्यायाधीश कुमार चुडालले अदालतमा बेन्च सेटिङ हुने कुराको अस्वीकार गरका छन् । शुक्रबार संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफू सेटिङमा नपर्ने बताएका हुन् ।
‘व्यक्तिगत रुपमा सेटिङमा म हुन्न । यदि त्यस्तो प्रश्न उठेकामा चिन्ता व्यक्त गर्दै रोक्नका लागि भूमिका निर्वाह गर्छु’ उनले भने, ‘विश्वभर नै जुडिसरीमा भ्रष्टाचार नै हुँदैन भन्ने मान्यता छ । सेटिङको कुरा आफैमा बेठीक छ ।’
अहिले उच्च अदालतमा मुख्य न्यायाधीश र सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मुद्दा कुन न्यायाधीशले हेर्ने भनी तोक्ने गरेको भन्दै यसलाई अटोमेसन प्रविधिमा लगेपछि प्रश्न नउठ्ने बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...




प्रतिकृया लेख्नुहोस्: