सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ ।
कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यलय सप्तरीले जनाएको थियो ।
एक अधिकारीको अनुसार पटक–पटक सम्झाउँदा पनि विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
प्रतिकृया लेख्नुहोस्: