Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

माधव समूहमाथि कारबाही रोक्न सर्वोच्चद्वारा अस्वीकार गरेको अन्तरिम आदेशमा के छ ? (पूर्ण पाठसहित)

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपाललगायत नेताहरूले दायर गरेको रिटमा सर्वोच्‍चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले गरेको कारबाही रोक्‍न नेता नेपालसहितका नेताहरूले रिट दायर गरेको रिटमा अहिले नै कारबाही भइनसकेको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा अहिलेको अवस्थामा पार्टीको आन्तरिक कार्य व्यवस्थापनको सिलसिलामा स्पष्टीकरण सोधिएकै भरमा माग गरे अनुसार अन्तरिम आदेश जारी गरिरहनुपर्ने अवस्था नदेखिएको उल्लेख छ ।

ओलीले नेता नेपालसहित २७ सांसदलाई सांसद पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेका थिए ।

आदेशको पूर्ण पाठ
एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना

विषय: उत्प्रेषण

वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य माधव कुमार नेपाल समेत

निर्वाचन आयोग भवन, काठमाडौं समेत

प्रस्तुत निवेदन अध्ययन गरी निवेदन साथ पेश गरिएका स्पष्टिकरण स उपरको जवाफ तथा नेकपा (एमाले) को विधान समेतका प्रमाण कागजात हेरी निवेदकको तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ताहरु श्री शम्भु थापा, श्री हरिप्रसाद उप्रेती, श्री खगेन्द्रप्रसाद अधिकारी र डा. श्री धन्द्रकान्त जवानी तथा विद्वान अधिवक्ताहरु श्री सुरेन्द्र थापा, श्री टिकाराम महराई, श्री गोविन्दप्रसाद शर्मा र श्री अम्बर बहादुर राउतले गर्नु भएको बहससमेत सुनियो।

यसमा के-कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए संयुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षीहरुले महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखितजवाफ पेश गर्नु भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपि साथै रात्री विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी सोको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिई नियमानुसार गरी पेश गर्नु ।

निवेदकले अन्तरिम आदेशसमेत जारी गरी पाउँ भनी माग गरे तर्फ विचार गर्दा, निवेदकलाई नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलको नेताको हैसियतले मितिः २०७८।१।६ गते “तपाईलाई संघीय संसदको सदस्य पदबाट किन तहटाउने | आधार कारण सहित दुई दिन भित्र स्पष्टिकरण पेश गर्नु हुन निर्देशन गर्दछु… थप कडा कारबाही गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराउदै… सहि बाटोमा फर्किने मौका दिन…. नेकपा (एमाले) इसको पक्षमा आउने प्रतिवद्धतासहित सप्रमाण जवाफः प्राप्त भएमा पाटीले विचार गर्ने ने भनी उल्लेख भएको व्यहोराबाट स्पष्टिकरण सोधिएको तर त्यस उपरको जवाफ र कुनै कारवाही भई सकेको अवस्था निवेदन सम्बद्ध मिसिलबाट देखिदैन ।

निवेदकलाई पाटी अध्यक्षले कारबाही गर्न सक्ने नसक्ने ? सोधिएको स्पष्टिकरण विधि सम्मत रहे नरहेको भन्ने कानूनी प्रश्नको निरोपण विपक्षीहरुबाट लिखित जवाफ प्राप्त भई निर्णय समेतका मिसिल आएपछि नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ र ३२ लगायतका राजनीतिक दल सम्बन्धी समग्र सिद्धान्त र कानूनी व्यवस्था अनुकुल छ छैन भन्ने कुरा निवेदनको अन्तिम सुनुवाइ हुँदाका निर्णय हुनसक्ने प्रकृतिको देखिएकोले पछि ठहरे बमोजिम हुने नै हुँदा हालको प्रारम्भिक अवस्थामा पार्टीको आन्तरिक कार्य व्यवस्थापनको सिलसिलामा स्पष्टिकरण सोधिएकै भरमा मात्र माँग गरे अमोजिमको अन्तरिम आदेश जारी गरिरहनु पर्ने अवस्था नदेखिंदा अन्तरिम आदेश जारी गर्नु परेन । कानुन बमोजिम गर्नुहोला ।

विवादको विषय वस्तुको प्रकृतिवाट निवेदनको निर्णय चाँडो हुनु पर्ने देखिएकोले प्रस्तुत निवेदनलाई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार दिई नियमानुसार पेश गर्नु ।

इति संवत् २०७८ साल वैशात्र १३ गते रोज २ शुभम्

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies