गण्डकी । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने बताएका छन् । प्रदेश प्रमुखबाट सोमबार पदमुक्त शेरचनले आज आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र प्राप्तिका संघर्षमा आफू निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि देश र जनतालाई केन्द्रमा राख्दै प्राप्त उपलब्धिको रक्षार्थ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
संविधान, नियम र कानूनलाई आफूले सधैं प्राथमिकतामा राखेको बताउँदै उहाँले प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा पनि त्यही जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढेको स्पष्ट पारे ।
आफू पदका लागि कहिल्यै नलागेको स्पष्ट पार्दै शेरचनले मनमोहन अधिकारीपछि नेकपा(एमाले)का अध्यक्ष र राष्ट्रपति डा रामवरण यादवपछि राष्ट्रपतिको जिम्मेवारीका लागि आएको प्रस्तावलाई आफूले अस्वीकार गरेको जिकिर गरे ।
माक्र्सवाद, लेनिनवाद र माओ विचारधाराप्रति आफू सधैँ प्रतिबद्ध भएको तथा सिद्धान्त र निष्ठाको राजनीतिलाई निरन्तरता दिंदै आएको धारणा उनले राखे ।
राजनैतिक अस्थिरता र भ्रष्टाचार आदि बढ्दा देशलाई अघि बढ्न नदिने उनले स्पष्ट पारे ।
कोरोना महामारीका परिस्थितिमा सम्पूर्ण राजनीतिक दलबीच साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्नेमा जोड दिंदै उहाँले वर्तमान अवस्थामा पार्टीपार्टीबीचको फुट तथा पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाउन नहुने विचार उनले व्यक्त गरे ।
प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा सहयोग गर्ने प्रदेश सरकार, राजनीतिक दललगायत सम्पूर्णमा उनले धन्यवाद व्यक्त गरे । सोमबारको मन्त्रिपरिषद्को बैठकले शेरचनलाई गण्डकी प्रदेश प्रमुखबाट मुक्त गरी सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: