काठमाडौं । बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा एक साता थप गरिएको छ । बुधबारदेखि एक साता निषेधाज्ञा थपिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञा लम्बाइएको बताएका छन् । उनका अनुसार थपिएको निषेधाज्ञालाई अघिल्ला दिनहरुको भन्दा कडा बनाइने निष्कर्ष निकालेका छन् । जिल्ला प्रशासन कार्यलयले जनाए अनुसार यस अघि दिएको सुविधालाई रोक लगाएको छ ।
१. साँझपख पनि पसल खोल्न पाउने यस अघिको व्यवस्था हटाएर बिहान ९ बजेसम्म मात्र खाद्य वस्तुका पसलहरु खोल्न पाइने छ ।
२. यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको छ । अबदेखि जिल्ला प्रशासन कार्यालयहरुले नयाँ पास जारी गर्नेछन् ।
३.पत्रकारहरुका लागि सूचना विभागको पास अनिवार्य गरिएको छ । सूचना विभागको पास नभएकाहरुको हकमा जिल्ला प्रशासन कार्यलयलाई जानकारी गराएरमात्रै अफिसको परिचयपत्र लिएर हिडन पाउनेछन् ।
४.सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमालगायतका कार्यालयमा एक चौथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्ना शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् । केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति मात्र राखेर काम गर्नुपर्नेछ ।
५. सम्बन्धित पालिकाले अनिवार्य रुपले १० दिन क्वारन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस दिए मात्रै काठमाडौं उपत्यका छाड्न पाइनेछ ।
६.अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने छ । विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दुरी कायम गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिइएको छ ।
७.फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार व्यवसाय र कवाडी संकलन गर्न पनि रोक लगाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - ०९:१४
बैतडी । बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फर...
पौष २४ गते, २०८२ - ०९:१०
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनले पार्टी विभाजन नगर्ने विश्वास व्यक्त गरेका छन्। उनले काठमाडौंमा ...
पौष २४ गते, २०८२ - ०८:५५
काठमाडौं । सुशीला कार्की नेतृत्वको चुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले ११४ दिनपछि पदबाट राजीनामा दिएका छन्। घिसिङले ...
पौष २४ गते, २०८२ - ०८:०५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरीको भर्ना प्रक्रिया सुरु गरिएको छ। सरकारद्वारा जारी सूचनाअनुसार, प्रह...
पौष २४ गते, २०८२ - ०७:५१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, बहराइ...
पौष २४ गते, २०८२ - ०७:४५
काठमाडौँ । करिब ११५ दिन मन्त्री भएर राजीनामा दिएका कुलमान घिसिङले हालसम्म आफू कुनै पनि दलमा सहभागी भएको वा सदस्यता नलिएको दाबी गरेका छन् । प्रधानमन...
पौष २४ गते, २०८२ - ०७:४०
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाका बारेमा तयार गरिएको वृत्तचित्र ‘दिमाग घोच्न...
पौष २४ गते, २०८२ - ०७:१५
काठमाडौँ । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको...
पौष २४ गते, २०८२ - ०७:१३
काठमाडौँ। निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम आज उम्मेदवारको विरोधमा उजुर...
पौष २३ गते, २०८२ - ०९:१०
गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरू एउटै पुस्तकमा समेटिएका छन् । नेपाल पर...




प्रतिकृया लेख्नुहोस्: