NTC Banar
Khabar Dabali १५ चैत्र २०७९ बुधबार | 29th March, 2023 Wed

ओली मुलुकलाई दुर्घटनामा लैजाने मुडमा छन्, प्रतिवाद गर्नुपर्छ 

देवेन्द्र पौडेल

प्रधानमन्त्री ओलीबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन सबै राजनीतिक दल निष्कर्षमा पुग्नै पर्ने हुन्छ ।

प्रधानमन्त्री ओली विधि, पद्धति, संविधानलाई सिध्याउने हिसावमा जादै हुनुहुन्छ । यस्तो महामारीको समयमा ओलीले प्रतिपक्ष लगायत अन्य दललाई पनि संगै लिएर जानु पथ्र्यो  । त्यसको विपरीत उहाँ दल फुटाउने, नचाहिदो उपद्रो गर्ने, पार्टी, सिद्धान्तलाई ध्वस्त गर्ने, मुलुकमा अराजकता सिर्जना गरी सत्ता कब्जा गर्ने मिसनमा हुनुहुन्छ । उहाँले बोलाएको संसदको विशेष अधिवेशनले मुलुकलाई निकास दिने होइन कुनै अप्रिय निर्णय लिन बोलाएको हुन सक्छ । 

यस्तो गम्भिर अवस्थामा एमाले भित्र माधव समूहको भूमिका कस्तो रहन्छ भन्ने अनुमान गर्न नसकिए पनि प्रतिपक्ष दल नेपाली कांग्रेस, माओवादी र जसपा यी तीन दल एक ठाउँमा उभिएर संस्थागत निर्णय गर्ने हो भने गणितीय हिसाबले अझै सहज छ । प्रधानमन्त्री ओलीबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन सबै राजनीतिक दल निष्कर्षमा पुग्नै पर्ने हुन्छ ।

प्रधानमन्त्री ओली चुनावबाट मुलुकलाई सहज निकास दिन होइन । उहाँको भित्री चाहना सत्ता लम्ब्याउने, षड्यन्त्र गर्ने, दलहरुलाई फुटाउने जस्ता अशोभनीय क्रियाकलापमा तल्लिन छन् । त्यसको लागि उहाँलाई सत्ता चाहिएको छ । त्यसैलाई बचाउन उहाँ विभिन्न तानबाना बुनिरहनुभएको छ । कसैले विशेष अधिवेशन माग नगरेको बेलामा एकाएक विशेष अधिवेशन बोलाएर विश्वासको मत लिन्छु भन्नुको भित्रि उदेश्य सकेसम्म उनको आफ्नै सरकारलाई निरन्तरता दिने नसके आफु अनुकुल राष्ट्रपतिलाई प्रयोग गरेर कुनै अप्रिय निर्णय लिने रणनीतिमा उहाँ भएको प्रष्ट हुन्छ ।

यो संकटपूर्ण निर्णायक घडिमा अरुलाई दोष दिएर होइन अब प्रतिपक्षमा रहेका दलहरुले गम्भिर समिक्षा गरेर जनतामा देखिएको वितृष्णा समेतलाई ध्यान दिएर दलहरुले मुलुकलाई एउटा निकास दिनुपर्छ ।

प्रधनमन्त्रीको अहिलेको षड्यन्त्रपूर्ण चालबाजी हेर्दा उहाँ देशमा अस्थिरता मच्चाएर संकटकाल लगाउने, संविधान, संघीयता, संवैधानिक अंगहरुलाई समाप्त पार्ने कुनै अप्रिय निर्णय लिन उद्धत देखिन्छन् ।  त्यसमा प्रतिपक्षमा रहेका सबै दलहरु सचेत हुनु जरुरी छ । 

(पौडेल नेकपा माओवादी केन्द्रका स्थायी समितिका सदस्य हुन्)

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात दिनभित्र सवारी अनुमति पत्र दिने तयारी गर्दैछौं –उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमति पत्र प्रदान गर्ने तयारी गरिएको...

यस्तो छ मन्त्रालय बाँडफाँडको तयारी, कसलाई कुन मन्त्रालय

काठमाडौं ।  सरकार विस्तार गर्ने तयारी भइरहेको बेला नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ । बैठकमा पछिल्लो समयको राजनीतिक घटनाक्रम र मन्त्र...

गृहद्वारा एआइजी बढुवा गर्न ४ जनाको सिफारिश : कोको परे ?

काठमाडौं। गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ।  सोमबार मन्त...

प्रचण्ड, देउवा र नेपालबीच छलफल, के कुरा भयो ?

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफ...

संक्रमणकालीन न्यायको विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्ध - शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति अस...

बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त

काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्म...

आजदेखि मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी। मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म च...

कोशी प्रदेश नामाकरण विवाद : चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गरिने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको घटनाको छानविन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

कस्तो छ उपमहासचिव पुनको स्वास्थ्य अवस्था ?

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी रोग बल्झिएपछि गत फागुन १ दे...

सुर्खेत उडेको बुद्दको जहाजमा समस्या आएपछि काठमाडौंमा अवतरण

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि उडेको केही समयमै अवतरण गरेको छ ।   शनिबार बिहान बुद्ध एयरको यु–४१३३ ...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page