काठमाडौँ । नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको छ ।
सोही क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाका अध्यक्षतामा बसेको विशेष बैठकले विसं २०७२ पछि सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई राष्ट्रलाई आवश्यक परेका बखत सेवामा पुनः आउन सक्ने गरी तयारी हालतमा रहन आग्रह गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाको स्वास्थ्य सेवाबाट उक्त अवधिमा अवकाश हुनेको संख्या ३२० हाराहारी छ । सेनामा उपरथी दर्जाका नेतृत्वमा रहेको स्वास्थ्य निर्देशनालय छ । हाल सेनाको स्वास्थ्य सेवा विभागमा दुई हजारभन्दा बढी जनशक्ति कार्यरत रहेको जनाइएको छ ।
सेनाको हाल बाहिनी मातहतका १६ फिल्ड एम्बुलेन्स अस्पताल, इटहरी, पोखरा र नेपालगञ्जमा क्षेत्रिय अस्पताल तथा धनगढी र बर्दिबासमा सेटलाइट अस्पताल सञ्चालनमा छन् ।
काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महाङ्कालमा त्रिचन्द्र मिलिटरी अस्पतालले समेत दुर्घटना तथा अन्य आपत्कालीन अवस्थामा सर्वसाधारणलाई मानवीयरुपमा स्वास्थ्योपचार सेवा प्रदान गर्दै आएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १० गते, २०८३ - २२:०२
कैलाली । सुदूरपश्चिममा कांग्रेसभित्रको शक्ति संघर्ष खुला विद्रोहमा बदलिन थालेको संकेत देखिएको छ। पार्टी सभापति गगन थापाविरुद्ध देउवा पक्ष खुलेरै मैदा...
जेष्ठ १० गते, २०८३ - २१:५०
काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङको सहयोग नलिने घोषणा गरेको छ । आइतबार सम्पन्न एमाले सचिवालय बैठकले गुरुङको सहयो...
जेष्ठ १० गते, २०८३ - २१:४८
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक असार दोस्रो साता बस्ने भएको छ । अध्यक्ष र महासचिवबीच छलफलका आधारमा असार १५ देखि २० को बीचमा बैठक बोलाउन...
जेष्ठ १० गते, २०८३ - २१:२७
काठमाडौं । काठमाडौंमा सत्ता, पैसा, विदेशी कनेक्सन र ‘सेटिङ’को दुर्गन्ध झन् गहिरिँदै गएको बेला एउटा सनसनीपूर्ण खुलासा बाहिरिएको छ। पूर्व गृहमन्त्री तथा...
जेष्ठ १० गते, २०८३ - २०:०५
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले आफ्नै बनाएको शक्ति संरचनाभित्रै घेराबन्दीमा परेका छन् । गुन्डुस्थित निवासमा तीन दिनसम्म चलेको सचिव...
जेष्ठ १० गते, २०८३ - २०:०२
काठमाडौं । नरेफाँट मा दिउँसै एक युवकमाथि धारिलो हतियार प्रहार भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार...
जेष्ठ १० गते, २०८३ - १९:५४
सिन्धुली । सिन्धुलीको सुनकोशी-५ सित्खामा सुनकोशी नदी छुट्टिएर आएको भंगालोमा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्रबहाद...
जेष्ठ १० गते, २०८३ - १९:५१
काठमाडौं । माइतीघर मण्डला मा आइतबार जातीय विभेद, हिंसा र उत्पीडनविरुद्ध प्रदर्शन गरिएको छ । विभिन्न जिल्लाबाट आएका उत्पीडित समुदाय, अधिकारकर्मी, बौद्ध...
जेष्ठ १० गते, २०८३ - १९:४५
हुम्ला । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानब...
जेष्ठ १० गते, २०८३ - १९:४२
काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गर्दै चितवनमा युवाहरूले अनौठो शैलीमा विरोध प्रदर्शन गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम प...



प्रतिकृया लेख्नुहोस्: