Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

राजनीतिक अंकगणितमा यसरी निर्णायक बन्यो खनाल–नेपाल समुह

खबरडबली संवाददाता

जनता समाजवादी पार्टी अनिर्णित बन्न पुग्दा माधव नेपाल समूह निर्णायक भूमिकामा देखिएको हो ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन गइरहेको अवस्थामा नेकपा एमालेभित्रकै माधव नेपाल समूह निर्णायक बनेको छ ।

जनता समाजवादी पार्टी अनिर्णित बन्न पुग्दा माधव नेपाल समूह निर्णायक भूमिकामा देखिएको हो ।

माओवादी समूहले ओली सरकारलाई विश्वासको मत नदिएको खण्डमा सरकार अल्पमतमा पर्ने देखिन्छ । यद्यपी यसका लागि या त उनीहरुले भदौ २७ अघि नै सामूहिक राजीनामा दिनुपर्छ या फ्लर क्रस गर्नुपर्ने हुन्छ । दुबै अवस्थामा केही सांसदको पद जाने सम्भावना रहने भएकोले माधव नेपाल समूह अहिले पनि धरमरको अवस्थमा नै रहेको देखिन्छ ।

नेपाल पक्षका सांसदहरुको मत पाउनका लागि ओलीले निकै दौडधुप गरेका छन् । यो बीचमा ओली र राष्ट्रपतिबीच संवाद भएको छ भने दोश्रो र तेश्रो तहका नेताहरुबीच पनि सघन छलफल चलिरहेको छ । तर माधव नेपाल समूहले भने आफ्नो अडान छोडेको छैन । यता कांग्रेस र माओवादीसँग समेत माधव नेपाल समूहको छलफल निरन्तर जारि रहेको छ ।

नेपाल समूहभित्र दोश्रो तहका केही नेताहरु मध्यमार्ग खोजेर एमाले मिलाउनुपर्ने बताइरहेको बेला माधव नेपाल स्व्यम् भने ओलीले सहमति पालना गर्नेमा विश्वस्त देखिँदैनन् ।
माधव नेपाल समूहले स्पष्ट कित्ताकाट नगरेको अवस्थामा सभापति देउवाले अविश्वास प्रस्ताव ल्याउने विषय समेत अनिर्णित बनेको छ ।

देउवाले बिहीबार एमाले नेता नेपालसँग यसबारेमा सोधका थिए । देउवाले नेपालसँगको छलफलमा ‘तपाईंहरूले राजीनामा दिनुहुन्छ भने म अविश्वास प्रस्ताव ल्याइहाल्छु’ भनेका थिए । देउवालाई ढुक्क हुनु भनेर फर्किएका नेपाल त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास छिरेका थिए । तर बिहीबार साँझदेखि शुक्रबार साँझसम्म एमालेभित्र भइराखेको दौडधुपका कारण देउवाले तत्कालै अविश्वासको प्रस्ताव ल्याइ नहालौं भन्ने प्र्रस्ताव प्रचण्डसँग राखेको बताइन्छ । ‘अहिले एमाले नै अनिर्णीत छ, उहाँहरू के निर्णय गर्नुहुन्छ त्यो कुरौं त्यसपछि हेरौंला,’ प्रचण्डसँग देउवाले भनेका थिए ।

शुक्रबार साँझ समेत प्रचण्ड र देउवाबीच छलफल भएको थियो । प्रचण्डले नेपाल पक्षका सांसदले राजीनामा दिने र जसपाका पनि कम्तीमा १८ जना सांसद आउने भएपछि बहुमत पुग्ने हिसाब पेस गरेका थिए । देउवाले भने नेपालपक्षीय नेताहरूले राजीनामा दिन्छन् भन्ने आफूलाई नलागेको बताए । ‘उहाँहरूको विश्वास हुनुपर्‍यो, मैले अविश्वास प्रस्ताव पेस गर्ने, नेपालजीहरूले राजीनामा नदिने भयो भने के हुन्छ रु’ देउवाले सोधेका थिए ।

लुम्बिनी र गण्डकी प्रदेशमा सत्तापक्षले खेलेको भूमिकामा आधारमा देउवाले आलीको नेतृत्वमा निर्वाचन भने चाहेका छैनन् । त्यसैले माधव नेपाल समूहले के गर्छ भन्ने चासो उनले प्रकट गरेका हुन ।

यही कुरालाई मध्यनजर गरेर राष्ट्रियसभा निर्वाचनमा समेत नेपाल पक्षको सहमतिकै आधारमा खिमलाल देवकोटालाई उम्मेदवार बनाइएको थियो । यसपछि ओलीलाई समेत चिन्ता थपिएको र उनले माधव नेपाल समूहसँग सघन छलफल अघि बढाएका थिए । नेपाल पक्षका नेताहरुले यसलाई ओलीविरुद्धको संघर्षको मोडेलका रुपमा समेत प्रस्तुत गरेका थिए ।

यो परिस्थितिमा नेपालका सामु ओलीलाई विश्वास गर्न सकिन्छ कि सकिन्न भन्ने प्रश्न टडकारोरुपमा उठेको छ । उनले एकताबद्ध एमाले हुनका लागि एमाले ब्यूँतिएपछिका कथित बैठकहरुका निर्णय खारेज हुनुपर्ने शर्त अघि सारेका छन् । तर विश्वासको मत लिन र सरकार जोगाउनका लागि ओलीले ती माग पुरा गर्छु भनेर भनेको अवस्थामा त्यो भनाईलाई विश्वास गर्न सकिने आधार भने नेपाल पक्षले खोज्ने देखिन्छ । नत्र ओलीले यसरी धोका दिने कुरा नौलो भने होइन ।

शुक्रबार नेपालले सामाजिक सञ्जालमार्फत यो विषयमा धारणा सार्वजनिक गर्दै लेखेः

“हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं किनकि यो हामीले निर्माण गरेको पार्टी हो, यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं तर अहिलेसम्म कुनै सहमति भएको छैन, । २०७७ फागुन २८ र तत्पश्चात बसेका कथित बैठकहरू र तिनले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ, २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’

ओलीपक्ष र नेपालपक्षका नेताहरूबीच शुक्रबार भएको छलफल पनि एकताबद्ध पार्टीको सैद्धान्तिक आधार के हो भन्नेमा कुरा नमिलेपछि निचोडमा पुग्न सकेन । पार्टीलाई एकताबद्ध बनाउन पहल गरिरहेका दुवै समूहका दोस्रो तहका नेताहरू छलफलमा सहभागी थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टी मिलाऔं भन्नेबारेमा सबैको चासो भए पनि त्यसको ठोस आधारबारे कुरा नमिलेको सचिव योगेश भट्टराईले बताए 

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies