सुलीकोट। गोरखामा आर्थिक वर्ष २०८२/०८३ को प्रथम चौमासिकमा स्वास्थ्य जाँच गर्दा २८ जना बालबालिका कुपोषण लागेको अवस्थामा भेटिएका छन् । जिल्ला भरका ११ वटा स्थानीय तहमा नियमित स्वास्थ्य परीक्षण गर्दा २८ जना बालबालिकामा कुपोषणको समस्या भेटिएको हो ।
कुपोषित २८ जनामध्ये ६ जनामा अति कुपोषित र २२ जना मध्यम खालको कुपोषण देखिएको छ, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका पोषण शाखाका फोकल पर्सन नबराज खड्काले बताए । उनले गोरखामा कुपोषण वर्षेपिच्छे घट्दै गएता पनि निर्मुल हुन नसकेको जानकारी दिए।
प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका अनुसार आर्थिक वर्ष २०८०र०८१ मा ७३ जनामा कुपोषण भेटिएकोमा २६ जनामा कडा खाले र ४७ जनामा मध्यम खालको कुपोषित देखिएको थियो । आर्थिक बर्ष २०८१र०८२ मा यो सङ्ख्या घटेर ४१ जनामा कुपोषित मध्ये ३ जनामा कडा र ३८ जनामा मध्यम खाले कुपोषण देखिएको थियो ।
यस वर्षको चार महिनाको तथ्याङका हेर्दा २८ जना पुग्नुमा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले गोरखाका सबै पालिकाका प्रत्योक वडामा अभिभावकलाई घरमै तयार गर्न सकिने सन्तुलित आहार, नियमित तौल मापन तथा आवश्यक खोपका बारेमा सचेतना गराईएपछि कुपोषणको सङ्ख्या न्यून हुँदै गएको जनस्वास्थ्य अधिकृत खड्काको भनाइ छ ।
‘‘कुपोषित हुनबाट जोगाउन लागि सरकारले लगानी गरेको छ,’’ जनस्वास्थ्य अधिकृत खड्काले भने, ‘‘गर्भवती, सुत्केरी र उनीहरुको स्याहार सुसार गर्नेहरुमा चेतना वृद्धि भई बालबच्चामा तत्काल उपचार गरी पोषणयुक्त खानेकुराले पनि कुपोषणको दर घट्दै गएको छ ।’’
कुपोषणको अवस्था प्रत्योक वर्ष सुधारन्मुख भए पनि सन्तोषजनक मान्न सकिँदैन । जङ्गफुडको उपभोग अत्यधिक मात्रामा बढिरहेकाले अघिल्लो वर्षभन्दा अहिले नबढ्ना भन्न पनि नसकिने उनको भनाइ छ ।
कुपोषणको रोकथाममा परिवारको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको भन्दै सन्तुलित आहार, सरसफाई, स्वच्छ पानी र नियमित परीक्षणमा ध्यान दिन आग्रह गर्दै समयमै उपचार र उचित पोषण उपलब्ध गराएमा कुपोषण भएका अधिकांश बालबालिका पूर्ण रुपमा स्वास्थ्य हुने प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २५ गते, २०८२ - १७:४४
काठमाडौँ । अन्तर्राष्ट्रिय वायु प्रदूषण मापन संस्था ‘आईक्यू एयर’का अनुसार काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा पहिलो स्थानमा प...
फाल्गुन २५ गते, २०८२ - १७:२३
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख मत पार गर्दै आवश्यक थ्रेसहोल्ड पार गरेको छ। २१ फ...
फाल्गुन २५ गते, २०८२ - १६:५५
गोरखा । गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुधन गुरुङ विजयी भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार गुर...
फाल्गुन २५ गते, २०८२ - १६:४३
काठमाडौं । इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई विजयी भएका छन्। त्रिपक्षीय प्रतिस्पर्धा भएको निर्वाचनमा र...
फाल्गुन २५ गते, २०८२ - १६:३३
काठमाडौँ । सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किश...
फाल्गुन २५ गते, २०८२ - १६:१२
काठमाडौँ । ओखलढुंगा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा प्रत्यक्षतर्फ हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन्। ...
फाल्गुन २५ गते, २०८२ - १५:२६
विराटनगर। झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि आइतबार साँझ अभद्र व्यवहारसहित हातपात भएको छ। प्रहरीका अनुसार, गौरादह–५, राजपति चोक, चप्...
फाल्गुन २५ गते, २०८२ - १५:०८
काठमाडौँ । माघ ११ गतेको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा पद तथा गोपनीयताको ...
फाल्गुन २५ गते, २०८२ - १४:३८
काठमाडौँ । किशोरी साह कमलले राष्ट्रिय स्वतन्त्र पार्टी तर्फबाट धनुषा–१ मा उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट नि...
फाल्गुन २५ गते, २०८२ - १४:२२
काठमाडौँ । प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिक मतमा करिब तीन लाख आठ हजार ६५६ मत प्राप्त गरेको छ। कुल ८८ लाख ४८ हजार १४८ मत ...



प्रतिकृया लेख्नुहोस्: