काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारको पहिलो खेलमा टस हारेर ब्याटिङ गर्ने मौका पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४७ रन जोड्यो।
सुदूरपश्चिम र विराटनगर दुवै टोलीले यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। सुदूरपश्चिम शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्ने पक्का भइसकेको छ। अब यो खेलको नतिजाले सुदूरसँग पहिलो क्वालिफायर खेल्ने टोली पनि निर्धारण हुनेछ।
सुदूरले दिएको लक्ष्य १३ ओभरभित्र पूरा गर्न सके विराटनगर काठमाण्डु गोर्खाजलाई माथि उठाउँदै दोस्रो स्थानमा पुग्नेछ र पहिलो क्वालिफायरमा सुदूरसँग भिड्नेछ। अन्य अवस्थाहरूमा भने काठमाण्डु गोर्खाज नै दोस्रो स्थानमा रहेर सुदूरसँग खेल्नेछ।
सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका र ३ छक्काको मद्दतमा अविजित ४५ रन बनाए। इशान पाण्डेले ३५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिए। दुवैले तेस्रो विकेटका लागि ७२ रनको महत्वपूर्ण साझेदारी गरे।
ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का सहित १९ रन, र विनोद भण्डारीले १३ बलमा १५ रन जोडे।
विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। अन्तिम ओभर बलिङ गरेका प्रतिश जिसीले ४ रन दिएर २ विकेट झारे भने बसिर अहमदले १ विकेट हात पारे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १५:३५
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आजको दोस्रो खेलमा चितवन राइनोजले पहिले ब्याटिङ गरिरहेको छ। टस जितेका चितवनका कप्तान कुशल मल्लले पहिला ब्याटि...
मंसिर २१ गते, २०८२ - १५:१८
काठमाडौँ । काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिक रूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माण...
मंसिर २१ गते, २०८२ - १५:०४
बाँके। रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको ...
मंसिर २१ गते, २०८२ - १४:४२
काठमाडौँ। काठमाडौँको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी वाग्मतीमा मिसाउन दैनिकरूपमा डेढ करोड लिटर पानी प्रशोधन गर्ने क्षमताको केन्द्र निर्माणाध...
मंसिर २१ गते, २०८२ - १४:२९
काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको बलमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पर...
मंसिर २१ गते, २०८२ - १४:१९
मियामी। यूक्रेन र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले शनिबार मियामीमा लगातार तेस्रो दिन वार्ता गर्ने छन् । अमेरिकी पक्षले दुवै पक्षको सहमति अनुसार वा...
मंसिर २१ गते, २०८२ - १३:२५
सर्लाही। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएको छन् । नेपाल प्रेस युनियन ...
मंसिर २१ गते, २०८२ - १३:१३
बागलुङ। बागलुङमा ४२ लाख लगानीमा बेम्बो क्याफे एण्ड किचन सञ्चालनमा आएको छ । युवा पुस्तालाई लक्षित गरी बागलुङ नगरपालिका –९ का शेखर खड्का र सुगम खड्काले ...
मंसिर २१ गते, २०८२ - १३:०४
काठमाडौं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय...
मंसिर २१ गते, २०८२ - १२:५३
ललितपुर। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएको छन् । ललितपुर मह...




प्रतिकृया लेख्नुहोस्: