Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

विश्वासको मतको प्रक्रिया यसरी अघि बढ्छ संसदमा !

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् ।

संसदको विशेष अधिवेशन बोलाएर प्रधानमन्त्रीले विश्वासको मत लिने भएका हुन । विश्वासको मतका लागि बोलाइएको संसद बैठकमा कोरोना संक्रमित सांसदहरुलाई समेत सहजै मतदान गर्न सक्ने व्यवस्था गरिएको छ । हाल २ सय ५ जना सांसदले मात्र पीसीआर परीक्षण गराएका छन् । सांसदहरूलाई पीसीआर परीक्षण अनिवार्य गरिएको छ । परीक्षण गर्न बाँकी कतिपय सांसद संक्रमित भएर आइसोलेसनमा बसेको सचिवालयले जानकारी गराएको छ । सार्वजनिक भएका समाचार अनुसार, कम्तीमा ३० जना सांसद संक्रमित भइसकेका छन् ।

आजको बैठकमा मतदानअघि सत्ता र प्रतिपक्षका सांसदहरुको मन्तव्य समेत राखिएको छ । मन्तव्यका लागि २ घण्टा समय विभाजन गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो धारणा राख्नेछन् ।

सम्बोधनका लागि सांसदहरुलाई समय निर्धारण गरिएको भएपनि प्रधानमन्त्रीका लागि समयको बन्देज हुने छैन ।

कोभिड संक्रमण फैलिएका बेला लामो समय हलमा बस्न उचित नभएकाले प्रक्रिया एकै दिन टुंग्याउने सहमति भएको हो । ‘कोभिड विज्ञहरूका अनुसार समूहगत रूपमा लामो समय एउटै हलमा बस्न नहुने भएकाले पनि छोट्याउन खोजिएको हो,’ सचिवालयका एक अधिकारीले भने ।

बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्नेछन् । राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेकाले प्रतिनिधिसभा बैठक बस्न आवश्यक रहेको व्यहोराको पत्र संसद् सचिवालयमा प्राप्त भइसकेको छ ।

पत्र पढेपछि सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली पढेर सुनाउने कार्यक्रम रहेको छ । त्यसपछि सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई मन्तव्यसहित विश्वासको मत लिने प्रायेजनको प्रस्ताव टेबुल गर्न समय दिनेछन् । ओलीले आफूले विश्वासको मत लिनुपर्नाको कारणसहित मन्तव्य राख्नेछन् । उनको मन्तव्य सकिएपछि दलीय आधारमा निर्धारण गरिएको समयअनुसार पूर्वप्रधानमन्त्री र सांसदहरूले मन्तव्य राख्ने छन् । पूर्वप्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतालाई समयसीमा नतोक्ने परम्परा छ । उनीहरूको मन्तव्य सकिएपछि प्रधानमन्त्री ओलीले फेरि प्रतिउत्तर दिनेछन् । प्रतिउत्तर सकिएपछि सभामुखले विश्वासको मत लिने प्रयोजनअन्तर्गत मत विभाजनको कार्यक्रम घोषणा गर्नेछन् । मत विभाजनका लागि सांसदहरूले हस्ताक्षर गर्नुपर्ने छ । हस्ताक्षर गर्ने रजिस्ट्ररमा हुन्छ वा हुन्न र मत दिन्न भन्ने तीन किसिमको व्यहोराको कोलम राखिएको हुन्छ । सांसदहरूले आफूले चाहेको कोलममा हस्ताक्षर गर्न पाउनेछन् ।

हस्ताक्षरपछि मतगणना गरेर सभामुखले परिणाम घोषणा गर्नेछन् । संविधानको धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्न सक्ने व्यवस्था छ । विश्वासको मतको प्रयोजनका लागि मात्र अधिवेशन बोलाउने व्यवस्था भने संविधानमा उल्लेख छैन । बजेट अधिवेशन बोलाउने समयमा विश्वासको मतको प्रयोजनका लागि मात्र बैठक बोलाइएको हो ।

पीसीआर परीक्षणका क्रममा सांसद र सचिवालयका कर्मचारीलाई कोभिड संक्रमण देखिएपछि स्वास्थ्य सुरक्षाको चुनौतीका कारण सांसदलाई प्रतिनिधिसभा बैठक भवनको भुइँतला र माथिल्लो तलामा बस्ने व्यवस्था मिलाइएको छ । सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेका अनुसार सहभागी सांसदहरू अगाडिपछाडि दुई–दुई मिटरको फरक बस्नुपर्ने मापदण्ड बनाइएको छ । त्यसका लागि बीच–बीचमा दुई–दुईवटा कुर्सी खाली छाडेर बस्नुपर्ने छ । भुइँतलामा ३ सय ९६ र माथिल्लो तलामा ४ सय ७८ कुर्सी छन् । हाल प्रतिनिधिसभामा सभामुखबाहेक २ सय ६६ जना सांसद छन् । सांसद नभएकाहरू पनि मन्त्री भएकाले त्यसमा केही संख्या थप हुने सचिवालयले जनाएको छ । चिकित्सकले बैठक चलेका बेला भवनको ढोका बन्द नगर्न, एसी नखोल्न, सांसदहरूले माक्स नखोली मन्तव्य राख्न तथा एकआपसमा नजिकबाट कुरा नगर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रका सांसदलाई यस पटक प्रतिपक्षी दलको कुर्सीमा बस्ने व्यवस्था मिलाइएको छ ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies