Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

यस्तो छ संसद्‍मा ओलीको जवाफ : हलो अड्‍काएर गोरु पड्‍काउने काम भयो

संसद्‍ विघटन गर्ने बाटो बन्‍द गर्न विश्‍वासको मत दिनुस् : ओली

फाइल तस्बिर
खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा जवाफ दिएका छन् । सोमबार संसद्‌मा दलका नेताहरूले गरेको प्रश्‍नको जवाफ दिएका हुन् । प्रत्येक जवाफमा ओलीले नेताहरूप्रति व्यङ्‍य गरेका छन् ।

समर्थन पनि फिर्ता लिन नमान्‍ने अनि अविश्वासको प्रस्ताव पनि नगरेर विश्वासको मत लिन ढिला भएको बताए । आफुले डेढ महिना कुरेको उनले दाबी गरे । ओलीले नेपाली उखान सुनाउँदै भने 'हलो अट्‍काएर गोरु पड्‍काउने' काम भयो ।

भीरबाट हामफाल्ने, गुरुत्वाकर्षणलाई दोष दिने ?
‘मैले पाँचै वर्ष चलाउने हो भने मत दिनु मिलेर काम गरौँ,’ ओलीले भने, ‘भीरबाट हामफाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ?’ लोकतान्त्रि प्रणालीको चिन्ता गर्नुभयो, एक जनाले । १०-१५ वर्षअगाडि लडाइँकै मैदानमा हुनुहुन्थ्यो । आज तरकदारी गर्दा मलाई खुसी लागेको छ ।’ 

अचेल पापधर्म भन्ने पनि छैन ?
‘देशमा कुल बेडको संख्या २७ हजार माथि छन् । जसमध्ये सरकारी मात्रै १६ हजार छन् । आठ हजार बेडमा बिरामी छन् । कहीँ चापाचाप होला । विभिन्न ठाउँमा नयाँ नयाँ बेड राख्या छ,’ ओलीले भने, ‘कोभिडको न्यूनिकरणमा सरकारले केहीँ पनि गरेन भन्नु भएन । बरु केहीँ काम गर्न पुगेन भनौं  । भ्याक्सिन निर्माण हुने मुलुकसँगै खोप लगाउने काम सुरु भएको छ । केहीँ पनि गरेन भन्ने ? अचेल पापधर्म भन्ने पनि छैन ।’ 

सस्तोमै कोरोना भ्याक्सिन खरिद
ओलीले कोरोनाको भ्याक्सिन सस्तोमै खरिद गरिएको बताएका छन् । 'यो सोझै कम्पनीसँग डिल गरेर खरिद गर्‍या हो, चार डलरभन्दा बढी खर्च गरी भ्याक्सिन खरिद गरिएको छैन, यो अन्तर्राष्ट्रिय मान्यता अनुसारको रेट हो, यो सार्वजनिक छ', उनले भने,'आउन ढिलो भयो, व्यापारीले कमिसन नपाएर ल्याएनन्, यसबारेमा मलाई जानकारी भएन, जानकारी हुनेले मलाई भन्दिनु होला, म कारबाही गर्न तयार छु ।'

संसद्‍ विघटन गर्ने बाटो बन्‍द गर्न विश्‍वासको मत दिनुस्
त्‍यस्तै ओलीले पाँच वर्ष चलाउने हो भने आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । संसद्‍ विघटन गर्ने बाटो बन्‍द गर्न विश्‍वासको मत दिन आग्रह गरेका थिए ।

आजै संसद्को आदेशसँगै मार्ग प्रसस्त भइहाल्छ
ओलीले आफूमाथि विश्वास नभएको पुष्टि भयो भने मार्ग प्रसस्त गरिदिने बताएका छन् । 'विश्वासको मत भनेको आरोप प्रत्यारोप होइन, यो संदभित्रको प्रक्रिया हो, ममाथि विश्वास छैन भन्ने पुष्टि भयो भने मैले मार्ग प्रसस्त गर्दिनुपर्छ' ओलीले भने 'संसद्ले आदेश देओस् आज, संसद्को आदेशसँगै मार्ग प्रसस्त भइहाल्छ ।'

धरहरा नबनी टुप्पोमा कसरी पुगेँ होला ?
ओलीले धरहरा पूरा निर्माण नभई उद्घाटन गरेको भन्दै आलोचना गर्नेहरुलाई धरहरा निरीक्षण गर्न अनुरोध गरेका छन् । ‘धरहरा तयारै नभई उद्घाटन गर्‍यो भन्ने आरोप आयो । धरहरा नबनी टुप्पोमा कसरी पुगियो होला ? माननीयज्यूहरूलाई टुप्पोमा जान आग्रह गर्दछु,’ माधवकुमार नेपाललाई इकिंत गर्दै ओलीले भने, ‘एउटा मित्रलाई होटलबाट धरहरा देखाएको थिए। धरहरा देखिँदो रैछ भनेर मैले देखाएँ । तर उहाँले भाषणमै धरहरा देखायो भन्नुभयो । धरहरा हेर्नु भन्नै नहुने हो ?’ 

अध्यादेश संवैधानिक व्यवस्था हो
‘अध्यादेश संवैधानिक व्यवस्था हो । स्मरण राखौं । लोकसेवा आयोग रिक्त छ । कर्मचारी प्रशासन ठप्प छ । बढुवा नहुने स्थिती छ । त्यस स्थितिलाई हामीले अन्त्य गर्नुपर्‍यो । यस्तो अवस्थामा सुनुवाई गर्ने सुनुवाइ समिति छ,’ ओलीले भने, ‘अरु अध्यादेश त यसै संसद्‍ले छलफल गर्ने हो । पास गरे संसद्‍ले गर्छ । एसिड आक्रमण जस्तो संवेदनशील विषलाई लिएर अध्यादेश जारी गरिएको थियो । बलात्कार जस्ता घटना रोक्न बनाइएको थियो । संसद्‍ बैठक बसेको पहिलो बैठमा नै पेश गर्नुपर्थ्यो । तर, त्यसलाई अघि बढ्न दिइएन ।’  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending