काठमाडौं । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले स्पष्टीकरण सोधेको छ । पार्टीको निर्णयलाई उल्लंघन गर्दै थापाले सत्तारुढ दल एमालेलाई नै साथ दिने भएपछि राजमोले उनलाई स्पष्टीकरण सोधेको राजमो गण्डकी प्रदेशले जनाएको छ ।
गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजमोले नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर, थापाले पार्टीको निर्णयलाई चुनौति दिदै कुनै पनि हालतमा कांग्रेसलाई सहयोग नगर्ने अडान लिएपछि विपक्षी गठबन्ध कांग्रेस–माओवादीले बहुमतको सरकार बनाउने प्रयास असफल हुने देखिएपछि पार्टी केन्द्रीय कार्यलयले स्पष्टिकरण सोधेको हो ।
थापालाई पार्टीले एक घण्टाको समय दिएको र समयभित्रै थापाले स्पष्टिकरण दिन लागेको राजमो प्रदेश कमिटीका एक जना सदस्यले बताएका छन् । संसदीय दलका नेता समेत रहेका थापाले पार्टीको निर्देशन अनुसार राजमो गण्डकी प्रदेशका सचेतक पियारी थापाले सोमबार हस्ताक्षर गर्न ह्वीप जारी गरेकी थिइन ।
पियारी र अर्का सांसद खिमविक्रम शाहीले मंगलबार नै हस्ताक्षर गरिसकेका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमतकोलागि ३१ सांसद आवश्यक पर्छ । कांग्रेस–माओवादी गठबन्धनमा जसपा र राजमोका ३० जना सांसदले हस्ताक्षर गरिसकेका छन् ।
निर्णायक भूमिकामा रहेका राजमोका ३ सांसद छन् । उनीहरुको सहयोग जता हुन्छ उतै सरकार गठन हुने अवस्था रहेको छ । गठबन्धनलाई सहयोग गर्नका लागि राजमोका केन्द्रीय महासचिव मनोज भट्टको नेतृत्वमा केन्द्रीय नेताहरु यतिबेला पोखरामा छन् । यस अघि गठबन्धन दल कांग्रेस–माओवादीले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा जनमोर्चाकै खेमविक्रम शाही अनुपस्थित हुँदा प्रदेश सभा बैठक स्थगित भएको थियो ।
अविश्वासको प्रस्ताव संसद्बाट सामना गर्नुअघि नै वैशाख २६ मा मुख्यमन्त्रीको पदबाट पृथ्वीसुव्वा गुरुङले राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई सोहीदिन ३ दिनको समय दिएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: