काठमाडौं । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले स्पष्टीकरण सोधेको छ । पार्टीको निर्णयलाई उल्लंघन गर्दै थापाले सत्तारुढ दल एमालेलाई नै साथ दिने भएपछि राजमोले उनलाई स्पष्टीकरण सोधेको राजमो गण्डकी प्रदेशले जनाएको छ ।
गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजमोले नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो । तर, थापाले पार्टीको निर्णयलाई चुनौति दिदै कुनै पनि हालतमा कांग्रेसलाई सहयोग नगर्ने अडान लिएपछि विपक्षी गठबन्ध कांग्रेस–माओवादीले बहुमतको सरकार बनाउने प्रयास असफल हुने देखिएपछि पार्टी केन्द्रीय कार्यलयले स्पष्टिकरण सोधेको हो ।
थापालाई पार्टीले एक घण्टाको समय दिएको र समयभित्रै थापाले स्पष्टिकरण दिन लागेको राजमो प्रदेश कमिटीका एक जना सदस्यले बताएका छन् । संसदीय दलका नेता समेत रहेका थापाले पार्टीको निर्देशन अनुसार राजमो गण्डकी प्रदेशका सचेतक पियारी थापाले सोमबार हस्ताक्षर गर्न ह्वीप जारी गरेकी थिइन ।
पियारी र अर्का सांसद खिमविक्रम शाहीले मंगलबार नै हस्ताक्षर गरिसकेका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमतकोलागि ३१ सांसद आवश्यक पर्छ । कांग्रेस–माओवादी गठबन्धनमा जसपा र राजमोका ३० जना सांसदले हस्ताक्षर गरिसकेका छन् ।
निर्णायक भूमिकामा रहेका राजमोका ३ सांसद छन् । उनीहरुको सहयोग जता हुन्छ उतै सरकार गठन हुने अवस्था रहेको छ । गठबन्धनलाई सहयोग गर्नका लागि राजमोका केन्द्रीय महासचिव मनोज भट्टको नेतृत्वमा केन्द्रीय नेताहरु यतिबेला पोखरामा छन् । यस अघि गठबन्धन दल कांग्रेस–माओवादीले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा जनमोर्चाकै खेमविक्रम शाही अनुपस्थित हुँदा प्रदेश सभा बैठक स्थगित भएको थियो ।
अविश्वासको प्रस्ताव संसद्बाट सामना गर्नुअघि नै वैशाख २६ मा मुख्यमन्त्रीको पदबाट पृथ्वीसुव्वा गुरुङले राजीनामा दिएका थिए । मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई सोहीदिन ३ दिनको समय दिएकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: