ताप्लेजुङ । ताप्लेजुङमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । कोरोना महामारीसँगै निषेधाज्ञा लागू भएपछि जिल्लामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको हो । कोरोना भाइरसको सङ्क्रमण तीव्ररूपमा बढ्न थालेपछि सदरमुकाम फुङ्लिङमा गत वैशाख २० देखि जेठ २ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञापछि फुङ्लिङ बजार बन्द भएको र उपभोग्य वस्तु सहजरूपमा ढुवानी हुन छाडेपछि मूल्य आकाशिएको हो । फुङ्लिङ बजारमा अहिले चामल, दाल, खानेतेलजस्ता खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।
निषेधाज्ञा अघिसम्म जुनेली चामल ३० केजीको पोका रु एक हजार ७७५ सम्ममा पाइने अहिले रु दुई हजार पर्न थालेको छ । रु दुई हजार ६२५ पर्ने ५० केजी तौलको किसान चामलको पोकालाई रु तीन हजार पर्न थालेको छ । खानेतेल सूर्यमुखी आधा लिटरको पोकालाई रु १२५ पर्न थालेको छ भने तोरी तेलको पोकालाई रु १३५ पु¥याइएको छ ।
यसरी नै मुसुरी दाललाई प्रतिकेजी रु १४५ सम्म पर्न थालेको छ । यही अनुपातमा हरेक दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको छ । यता स्थानीय व्यापारीले भने उपभोग्य वस्तुको मूल्य नै महङ्गिएको बताएका छन् । चामल र खानेतेलको मूल्य सबैभन्दा बढी वृद्धि गरिएको स्थानीय व्यवसायीको भनाइ छ । सामानको मूल्यसँगै निषेधाज्ञायता ढुवानी पनि वृद्धि गरिएको फुङ्लिङ बजारका व्यापारी दिनेश अधिकारीले बताए।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका अधिकारीले ढुवानी रकम प्रतिकेजी रु दुई वृद्धि गरी अहिले रु पाँच पु¥याइएको बताउनुभयो । केही उपभोग्य वस्तुको मूल्यवृद्धि नभए पनि ढुवानी शुल्क वृद्धि भएकाले सोही अनुपातमा अहिले स्थानीय व्यापारीले महङ्गो मूल्यमा सामान बिक्री गर्नुपर्ने बाध्यता भएको अधिकारीको भनाइ छ ।
यता दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा सर्वसाधारण उपभोक्ता भने मारमा परेका छन् । सदरमुकाम र आसपासका सर्वसाधारण उपभोक्ता कोरोना महामारीका कारण बढी प्रभावित बनेका छन् । निषेधाज्ञापछि उनीहरूको ज्यालादारी पनि गुमेको र बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा समस्या खड्किँदै गएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: