Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

चितवनमा जेठ १३ गते सम्म निषेधाज्ञा जारी, अत्यावश्यक बाहेक सबै सेवा बन्द

खबरडबली संवाददाता

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले  निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरेको छ । पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै छ । बैशाख १५ गतेदेखि लागू गरिएको निषेधाज्ञा अवधिमा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा नआएपछि थप निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको समय थप गरिएको जनाइएको छ । पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न केही सहयोग गरेको निष्कर्षसहित थप दुई साता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको जानकारी लामिछानेले दिए ।

जारी आदेश अनुसार निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक कोही व्यक्ति घरबाट ननिस्कने तथा हिँडडुल नगर्ने, अत्यावश्यक काममा हिँड्नुपर्ने भएमा मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र तोकिएको जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ । यस्तै, सभा, समारोह, भेज भत्तेर, रात्रिकालिन व्यवसाय, सभाहल, लोकदोहोरी, हेटेल व्यवसाय तथा मानिस भिडभाड हुने सम्पूर्ण क्षेत्रलाई निषेध गरिएको छ । 

यस्तै अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधनलाई रोक लगाइएको छ । साथै कुनै चाड पर्व, घरमा हुने शुभकार्यमा १० जना र मृत्यु संस्कारमा १५ जना भन्दा बढी सहभागि हुन नपाउने आदेशमा उल्लेख गरिएको छ । अत्यावश्य कार्य, एम्बुलेन्स, शव बहान, दुध तथा खाध्य प्रदार्थ बोकेको गाडिलाई आवत जावतमा रोक नलगाएपनि अन्य उपभोग्य पसल व्यवसाय सञ्चालन बिहान ६ बजेदेखि ९ बजेसम्म गर्न पाइने आदेशमा उल्लेख छ । 

यस्तै स्वास्थ्य मापदण्ड पुरा गरी सिमित कर्मचारी राखेर बाणिज्य बैंक बाहेक अन्य वित्तिय तथा कार्यलय खोल्न रोक लगाइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending